धनगढी: बैतडीका पत्रकार कृष्ण बिष्टलाई पितृशोक परेको छ। उनका ५५ वर्षीय बुवा मन्धीर विष्टको बिहीबार राति ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो।
बैतडीको सुर्नयाबाट खोडपे गईरहेको से२त ३६७८ नम्बरको टयाक्टर रातको ११ बजेतिर जयपृथ्वी सिंह राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक राजेश चौधरी र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।
राति भएको दुुर्घटनाको शुक्रबार रिपोर्टिङ गर्न गएका बेला सम्बाददाता विष्टले आफ्नै बुवाको दुर्घटनामा निधन भएको थाहा पाएका हुन्। प्रहरीले चालक राजेश केसी र सनाखत हुन नसकेका एकजनाको मृत्यु भएको समाचार पठाएर, विष्ट रिपोर्टिङका लागि मोटरसाईकलमा घटनास्थल गएका थिए।
‘समाचार बनाए, स्थानीय रेडियोमा पढे पनि, अनी घटनास्थल जाँदा आफ्नै बुवाको शव देखेपछि सम्हाल्न गारो भईरहेको छ’ बैतडीका अर्का पत्रकार सिपि लोहियाले भने। ‘बुवा सुर्नया क्षेत्रमा काठको काम गर्नुहुन्थ्यो, राती घर फर्किरहनु भएको रहेछ। घरमा आईरहेको खबर पनि भएनछ।’