Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुरमा लागुऔषध मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। बेदकोट नगरपालिका–७ सुडाका मदन भट्ट बुधवार पक्राउ परेका हुन्। मदनलाई अदालतले २०७८ चैत्र ९ गते लागुऔषध मुद्दामा ५ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। मदनलाई सजाय भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नावव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

धनगढी : अछामको बलयपाटा अस्पताललाई सरकारले अनुदान नदिएको भन्दै अछामका जनप्रतिनिधि सरकारसँग रुष्ट भएका छन् । मंगलवार कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले तत्काल आवश्यक बजेटको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका हुन् । प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री शेरबहादुर कुवरले अहिले अछाम सङ्कटमा परेको बताउँदै सरकारले त्यहाँको माग सम्बोधन गर्नु पर्नेमा जोड दिए । यस अघि पनि तीन पटक सम्म प्रदेश सरकारले अनुदान दिएको स्मरण गर्दै उनले अहिले पनि अनुदान दिन समस्या नरहेको स्पष्ट पारेका थिए । ‘प्रदेश सरकारको मातहतमा रहेको अस्पताललाई अनुदान दिने प्रचलन होइन निरन्तर ३ वर्ष देखी चल्दै आएको कुरा कसरी छुट्यो किन समावेश…

Read More

धनगढी : दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह ‘डी’ मा रहेका पाकिस्तान र नेपालको खेल जारी छ। टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललले एक सय रन पूरा गरेको छ। यो समाचार तयार पर्दासम्म ३२ ओभरमा ५ विकेट गुमाएर नेपालले एक सय ३ रन बनाएको छ। अहिले क्रिजमा गुल्सन झा र दिपक डुम्रे छन्। झा ८ र डुम्रे ३ रन बनाएर खेलिरहेका छन्। नेपालले विपिन रावल ३९ रन, उत्तम मगर ४ रन, कप्तान देव खनाल २३ रन, आकाश त्रिपाठी ६ रन ओपनर अर्जुन कुमाल ६ रनमा आउट भए। नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। नेपालले आज…

Read More

काठमाडौं : नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। आज (बुधबार) सुनील र विकललाई अख्तियारको टोलीले पत्राउ गरेको हो। दुवै जना भ्रष्टाचार मुद्दामा मुछिएका छन्। शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टदोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको छ। २०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो। २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो। मुद्दा दायरपछि दुवै निलम्बनमा छन्। तर,…

Read More

धनगढी : दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह ‘डी’ मा रहेका पाकिस्तान र नेपालको खेल जारी छ। टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललले यो समाचार तयार पर्दासम्म २७ ओभरमा पाँच विकेट गुमाएर ९६ रन बनाएको छ। पावर प्ले अर्थात् सुरुवाती १० ओभरमा नेपालले २ विकेट गुमाएको थियो। नेपालले पाँचौ विकेटका रूपमा विपिन रावललाई गुमाएको हो। २६.४औं आभेरमा ३९ रन बनाएर उनी क्याच आउट भए। उत्तम मगर २१ औं आभेरमा ४ रन बनाएर क्याच आउट भए। कप्तान देव खनाल १७.१ ओभरमा २३ रन बनाएर क्याच आउट भए। नेपालका आकाश त्रिपाठी ६.५ ओभरमा ६ रनमा क्याच आउट भए। नेपालले…

Read More

धनगढी : दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह ‘डी’ मा रहेका पाकिस्तान र नेपालको खेल जारी छ। टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललले यो समाचार तयार पर्दासम्म २१ ओभरमा चार विकेट गुमाएर ८५ रन बनाएको छ। पावर प्ले अर्थात् सुरुवाती १० ओभरमा नेपालले २ विकेट गुमाएको थियो। नेपालले चौथो विकेटका रूपमा उत्तम मगरलाई गुमाएको हो। २१ औं आभेरमा मगर ४ रन बनाएर क्याच आउट भए। त्यसअघि तेस्रो विकेटमा रुपमा नेपालले कप्तान देव खनाललाई गुमाएको थियो। देव १७.१ ओभरमा २३ रन बनाएर क्याच आउट भए। नेपालका आकाश त्रिपाठी ६.५ ओभरमा ६ रनमा क्याच आउट भए। नेपालले पहिलो विकेटको…

Read More

बझाङ: बझाङमा जीपको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ। जिल्लाको केदारस्युँ गाउँपालिका- ४ बागथलाकी ६४ वर्षीया महेश्वरीदेवी मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। बुधबार बिहान घर अगाडिको धारामा पानी लिन जाने बेलामा बागथलाबाट चैनपुरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३१६ नम्बरको जीपले ठक्कर दिएको थियो। जीपले ठक्कर दिँदा मल्लको टाउको र छातीमा चोट लागेको थियो। घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचारपश्चात् थप उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए।

Read More

धनगढी : दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह ‘डी’ मा रहेका पाकिस्तान र नेपालको खेल जारी छ। टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललले यो समाचार तयार पर्दासम्म १८ ओभरमा तीन विकेट गुमाएर ८० रन बनाएको छ। पावर प्ले अर्थात् सुरुवाती १० ओभरमा नेपालले २ विकेट गुमाएको थियो। त्यसपछि तेस्रो विकेटमा रुपमा कप्तान देव खनाललाई गुमाएको हो। देव १७.१ ओभरमा २३ रन बनाएर क्याच आउट भए। नेपालका आकाश त्रिपाठी ६.५ ओभरमा ६ रनमा क्याच आउट भए। नेपालले पहिलो विकेटको रूपमा ४.२ ओभरमा ओपनर अर्जुन कुमाललाई गुमाएको थियो। न्युजिल्यान्डबिरुद्ध उत्कृष्ट ब्याटिङ गर्दे अर्जुनले ९० रन बनाएका थिए। नेपालले आजको…

Read More

धनगढीः सुदूरपश्चिममा सशस्त्र प्रहरीले एक वर्षमा ८ करोड ३६ लाख ३३ हजार मूल्यका अबैध सामान बरामद गरेको छ। एक वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गर्दै सशस्त्र प्रहरील उक्त जानकारी दिएको हो। सोही क्रममा तीनवटा हतियार र तीन दशमलव ५ किलोग्राम ब्राउन सुगर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका बाहिनीपति कुमार न्यौपानेले बताए। उनका अनुसार सशस्त्र प्रहरीले मानव बेचिविखन सम्बन्धी ३१ वटा घटनाहरु निराकरण गरेको छ। गत वर्षको माघदेखि सशस्त्र प्रहरी बल नेपाल बैद्यनाथ बाहिनी र मातहतका कार्यालयहरुबाट २० हजार २०१ वटा एकल र ६२५ वटा संयुक्त गस्तीहरु गरिएको प्रगति विवरणमा उल्लेख छ। १६९ वटा सीमा स्तम्भ मर्मत, २४९…

Read More

धनगढीः अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रहरीलाई बुझाइएको छ। अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाएको हो। संघको बुधबार विहान बसेको कार्यसमिति बैठकले नक्कली टिकट ठेली प्रहरीलाई बुझाउने निर्णय गरे अनुसार प्रहरीलाई बुझाइएको संघका अध्यक्ष कल्याण सिह बोहराले बताए। उनका अनुसार २८ वटा नक्कली टिकट ठेली भेटिएकोमा एक टिकट ठेली जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाइएको र बाँकी २७ ठेली मालाखेती प्रहरीलाई बुझाएको हो। ‘प्रहरीलाई बुझाइएका सबै टिकट ठेली सिल गरेर बुझाएका छौं। दुबै पक्षको रहोबरमा बुझाइएको हो,’ उनले भने। हिजो (मंगलबार) नक्कली टिकट प्रकरणको छानबिनको माग गर्दै अत्तरिया उद्योग वाणिज्य…

Read More