Author: महेन्द्रनगर पोष्ट

धनगढी: बझाङको तल्कोट गाउँपालिका सुनिकोटका भन्टु धामी यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। धामीको ड्रेस, टेबलमा मदिराको गिलास र छेउमा मदिरा सेवन गरिरहेकी युवतिसहितको तस्वीरले धामी भाइरल भएका हुन्। यो तस्वीर भाइरल भएपछि धामीको पहिचान र चरित्रमाथि विभिन्न प्रश्न उठेका छन्। धामी बझाङको दारे मष्टो र लाटो मष्टोका धामी हुन्। स्थानीयबासीका अनुसार यो तस्बीर १३/१४ वर्ष पुरानो हो। उनी काम विषेशले नेपालगन्ज गएका बेला एकजना आफन्तको होटलमा गएका थिए। तिनै आफ्न्तले झुक्काएर यो तस्बीर खिचिएको उनको भनाई छ। धामी व्यक्तिगत कामले नेपालगन्ज गएका बेला एक जना आफन्त होटलमा युवतीसँग मदिरा सेवन गरिरहेका थिए। त्यहीँ समयमा त्यहाँ पुगेका धामीलाई टेबलमा आग्रह…

Read More

काठमाडौं : नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो । ठगीसम्बन्धि मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबी स्रोत बताउँछ । करिब नौ वर्षअघि अवकाश पाएका डीएसपी शर्मा सेवामा रहँदा पनि चर्चा र विवादमा आइरहने व्यक्ति हुन् ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ अ‍ैँ नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । रानाले अगामी वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाख ३२ हजार २२० रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिइन् । उनकाअनुसार चालु खर्चतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ । चालु खर्चतर्फ कुल बजेटको ५५ प्रतिशत र पुँजीगततर्फ…

Read More

धनगढी : धनगढीमा आँप टिप्दा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान धनगढी उपमहानगरपालिका ५ तारानगरका ४५ वर्षीय सिद्वराज जोशीको घर नजिकैको आँपको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले रूखबाट खसेर गम्भीर घाइते भएका जोशी उपचारका क्रममा निसर्ग हस्पिटलमा मृत्यु भएको जानकारी दिए । जोशीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Read More

काठमाडौं : बिरामीलाई क्लिनिकमै बलात्कार गरेको आरोपमा ललितपुरबाट प्रहरीले एक चिकित्सकलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दायर गरेको छ । डा।राम गोपाल नेम्कुललाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको हो । महालक्ष्मी नगरपालिका–५ सानागाउँस्थित आफ्नै घरमा उपेन फर्मा चलाउँदै आएका डा.नेम्कुलले फर्मामै एक स्थानीय महिलालाई बलात्कार गरेको उजुरी परेको थियो । आफुलाई लठ्याउने सुई लगाई बिरामी जाँच्ने बेडमा बलात्कार गरेको ती महिलाको उजुरी छ । डा.नेम्कुलले भने जग्गा कारोबारको विषयमा ती महिलाले आफुलाई फसाएको दाबी गरेका छन् । महिलासँग आफुले जग्गा खरिद गरेको र त्यसवापत थप पाँच लाख माग्दै आएकाले पैसा नदिदा फसाएको दाबी गरेका छन् । चीनबाट इन्टर्नल मेडिसिनमा…

Read More

काठमाडौं : सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो । एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वसचिव चन्द्र घिमिरे र बेलायतका लागि डा विजन पन्त सिफारिस भएका छन् । अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतानिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र…

Read More

धनगढी : कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–७ काङ्ला पुलस्थित खोलामा डुबेर सोही ठाउँ बस्ने ४३ वर्षीय दिल बहादुर रैकालको बिहीबार राति मृत्यु भएको छ। खोलामा पिसाब फेर्न गएका बेला एक्कासि खोलामा ढलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी : डोटीमा प्रहरीले जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरेको छ । जिल्लाको शिखर नगरपालिका-११, तिल्तालीमा बाढीको जोखिममा रहेका घरबस्तीको जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायलबाट प्रहरी नायव निरक्षक धिरेन्द्र रावलको कमान्डमा खटिएको टोलीले तटबन्ध निर्माण गरेको हो । उक्त टोलीले सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र नगरपालिकासँगको समन्वयमा तिल्ताली क्षेत्रको जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माणको काम सम्पन्न गरेको छ। तटबन्ध निर्माणले बाढीको उच्च जोखिममा रहेका घरबस्तीलाई सुरक्षामा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। तटबन्ध निर्माणका लागि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र नगरपालिकाको सक्रिय सहभागिता रहेको थियो। प्रहरी नायव निरक्षक रावलको नेतृत्वमा काम भएको…

Read More

धनगढीः कैलालीमा एक पुरुषको सर्पको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको हो। पदमलाई गएराति शौचालय जानेक्रममा सर्पले टोकेको थियो। सर्पले उनको दायाँ खुट्टामा टोकेको थियो। सर्पको टोकाइबाट घाइते भएका पदमको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी शाहीको एरियामा गुण्डागर्दी बढेको पाइएको छ। हालै प्रहरी प्रधान कार्यालयले शाहीलाई भैंसेपाटीको इन्चार्जको कमाण्ड दिएर पठाएपछि सो क्षेत्रमा गुण्डागर्दी मौलाएको पाइएको हो। कमजोर कमाण्डकी अधिकृत मानिने शाहीले कमाण्ड सम्हालेपछि दिनदहाडै गुण्डागर्दी र खुकुरी प्रहारका घटनाहरु बढ्न थालेका हुन्। उनको कमजोर कमाण्डकै कारण घटनाहरु बढेको बताइएको छ। आज (शुक्रबार) मात्रै उनको एरियामा एक व्यापारीमाथि खुकुरी प्रहार भएको छ। कटेज सञ्चालन गर्नका लागि कटेज बनाउने क्रममा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको हो। ललितपुर प्रहरी परिसरका अनुसार स्थानीय व्यापारी ४२ वर्षीय मनोज कुमार बानियाँमाथि दिउँसो खुकुरी प्रहार भएको हो। बानियाँले कटेज रङरोगन गर्ने क्रममा २ वटा…

Read More