Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । लेखापरीक्षण प्रतिवेदन अनुसार पार्टीको आम्दानी गत आर्थिक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ देखिएको छ । पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ । सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रुपैयाँ बचत भएको छ । चालु आर्थिक वर्षको…

Read More

धनगढी : कञ्चनपुरमा शनिबार (बिदाको दिन) अनुमति बिना चलाइएका सरकारी गाडी युवाहरुले नियन्त्रणमा लिएका छन् । कञ्चपुरको दैजी बजारमा स्थानिय युवाहरुले प्रशासनको पास बिना चलाएका गाडीहरु नियन्त्रणमा लिएका हुन् । उनीहरुले पासबिनाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका स्वकिय सचिव रामबहादुर बिष्टले चढ्ने गाडी (सुपप्र ०१ ००१ झ ३३२) र जिल्ला अदालत कञ्चनपुरको (बा १ झ ८१७६) नम्बरको गाडी नियन्त्रणमा लिएका हुन् । यस्तै अन्य मोटरसाइकलहरु समेत युवाहरुले समातेका थिए । उनीहरु गाडी चालकहरुलाई सम्झाई बुझाई पठाएका थिए भने जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराएका थिए ।

Read More

धनगढी: कैलालीको धनगढीमा राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सब मनाइदै छ। हिजो (शुक्रबार) बाट बैंकको ५९ औं वार्षिकोत्सब मनाउन थालिएको हो। सुदूरपश्चिमभरका शाखाहरुसहितले बैंकको प्रादेशिक कार्यालय रहेको धनगढीमा वार्षिकोत्सब मनाइरहेको बैंकका प्रादेशिक प्रवन्ध राजेन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार हिजो रक्तदान कार्यक्रम गरिएको थियो। जसमा १०० जना कर्मचारीले रक्तदान गरेको उनले बताए। यस्तै आज (शनिबार) बिहान प्रभातफेरी कार्यक्रम, स्वास्थ्य शिविर  खेलकुदका कार्यक्रम गरिएको छ भने वार्षिकोत्सबको दिन माघ १० गते सबै कार्यक्रम समापन गरिने बताइएको छ। सुदूरपश्चिममा २४ शाखा रहेको यस बैंकको राम्रो नाफा, निक्षेप र कर्जा प्रवाह रहेको बुझिन्छ।

Read More

काठमाडौं : सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसर्जन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । ‘खोप प्रयोग नभएपछि म्याद सकिएको छ,’ उनले भने, ‘धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदै छौँ ।’ प्रवक्ता डा बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटा भट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ । बुस्टर…

Read More

काठमाडौं : मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । यो सँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । २३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले । एक समय कर्णाली २८.२ ओभरमा १०४–७ को अवस्थामा पुगेको थियो । आठौं विकेटका लागि दिनेश अधिकारी र अर्जुन घर्तीले ६१ रनको साझेदारी…

Read More

धनगढी : कञ्चनपुरको बेलौरी स्थित नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दादागिरी शैलीमा हातहतियार सहित आएर सीमाङ्कन गर्ने प्रयास गरेका छन । एसएसबीले आज बिहान जिल्लाको बेलौरी नगरपालिका –१० भुडा स्थित हातहतियार सहित नेपाली भूभागमा सिमाङ्कनको प्रयास गरेका हुन । नेपाल तर्फ जानकारी बिना सीमा पिल्लर नम्बर ३३ आसपासको नेपाली भूभागमा हतियार सहित एसएसबीले नेपालको भूमि नापिरहेको अवस्थामा देखेपछि सशस्त्र प्रहरी र स्थानीयले फिर्ता पठाएका थिए । सशस्त्र प्रहरीका अनुसार एसएसबीले हराएको सीमा पिल्लर खोजिरहेको बताएका थिए । तर यसबारे सशस्त्र प्रहरीलाई खबर थिएन । जिल्लाको दक्षिणी क्षेत्रमा बिगत देखि सीमा बिवादको समस्या छ । २०७६ तिर भारतीय…

Read More

धनगढी : माओवादी निकट जनसांस्कृतिक महासंघका पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले सुदूर पश्चिममा माओवादी निकट कसैलाई पनि राजनीतिक नियुक्तिमा अवसर नदिएको आक्रोशमा महासंघ छाडेको बताएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री सुदन किराँतीले नेपाल प्रज्ञा प्रतिष्ठान,संगीत तथा नाट्य प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,साँस्कृतिक संस्थान र नेपाल ट्रष्टमा सुदूर पश्चिमका कसैलाई पनि अवसर नदिएको उनीहरुको आरोप छ । हिजो बुझाइएको सामूहिक राजीनामामा पार्टी अध्यक्षको नेतृत्वमा रहेको वर्तमान सरकारले त्यस्ता नियुक्तिमा सबै प्रदेशबाट प्रतिनिधित्व नगराएको उल्लेख छ । कुनै प्रदेशबाट धेरै जना र कुनैबाट शून्यको स्थितिमा भएको नियुक्तिलाई उनीहरुले एकात्मक सामन्ती व्यवस्थाको संज्ञा दिएका छन् । लेखिएको…

Read More

धनगढी : कलाकार ध्वज महराले ल्याएको देउडा गीत ‘गडबड गाउँपालिका’ को म्युजिक भिडियो विवादीत बनेपछि युटुबबाट हटाइएको छ। महरा र भाइरल देउडा गायिका इब्सल सञ्ज्यालले गाएको ‘गडबड गाउँपालिका’ गितको म्युजिक भिडियोमा राखिएको ‘हरुवा ढाँट’ शब्दलाई लिए ढाँट समुदायका मानिसले आपत्ती प्रकट गरेका थिए। उनीहरूले म्युजिक भिडियोको विरोध गर्दै गायक महरालाई अनेक धम्की समेत दिइएपछि विवाद कैलाली प्रहरीमा पुगेको छ। डोटीको पूर्वीचौकी गाउँपालिका–७ घर भएर हाल धनगढी बस्दै आएका तुलाराम ढाँटले ‘हरुवा ढाँट’ शब्दलाई लिएर ‘ढाँट’ समुदायको अपमान भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि अरुले समेत विरोध जनाएका थिए । सोही विषयलाई लिएर गायक ध्वज महरालाई लक्षित गर्दै अपशब्द लेखेर गालीबेइज्जती…

Read More

बैतडी : बैतडीमा चितुवाको बच्चा मृत फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–७ को कोइराली सामुदायिक वनमा चितुवाको बच्चा मृत फेला परेको हो। हिजो (शुक्रबार) बेलुका ५ बजेको समयमा स्थानीयहरुले वनमा चितुवाको बच्चा मृत फेला परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। शनिबार बिहान डिभिजन वन कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले मृत चितुवाको बच्चलाई मृत फेला परेको स्थानबाट डिभिजन वन कार्यालयमा ल्याएर व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। चितुवाको बच्चा करिब ५ महिनाको रहेको बुझिएको छ। मृत्युको कारण खुल्न सकेको छैन्।

Read More