धनगढी : कञ्चनपुरमा शनिबार (बिदाको दिन) अनुमति बिना चलाइएका सरकारी गाडी युवाहरुले नियन्त्रणमा लिएका छन् । कञ्चपुरको दैजी बजारमा स्थानिय युवाहरुले प्रशासनको पास बिना चलाएका गाडीहरु नियन्त्रणमा लिएका हुन् ।
उनीहरुले पासबिनाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका स्वकिय सचिव रामबहादुर बिष्टले चढ्ने गाडी (सुपप्र ०१ ००१ झ ३३२) र जिल्ला अदालत कञ्चनपुरको (बा १ झ ८१७६) नम्बरको गाडी नियन्त्रणमा लिएका हुन् । यस्तै अन्य मोटरसाइकलहरु समेत युवाहरुले समातेका थिए ।
उनीहरु गाडी चालकहरुलाई सम्झाई बुझाई पठाएका थिए भने जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराएका थिए ।
Facebook Comments Box