Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन एक लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौंः पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको पहिचान भएको ६८ वर्षपछि ‘ब्रेक थ्रु’ भएको छ। गत साता भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच पञ्चेश्वर परियोजनामा सहमति भएको हो। हस्ताक्षर हुन बाँकी सम्झौतामा अहिले प्राविधिकहरुले अन्तिम रुप दिने तयारी गरेका छन्। त्यसलगत्तै एक महिनाभित्र विवादहरु सम्बोधन गरेर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) कार्यान्वयनको चरणमा लैजाने सहमति भएको छ। गोप्य राखिएको सहमति भारतमा सम्झौता गरिने छ। अहिले प्राविधिक र भाषागत विषय लेख्ने काम भइरहेको छ। हस्ताक्षारपछि मात्रै सार्वजनिक गरेर कार्यान्वयनमा लैजान नेपाल र भारत दुवैपक्ष सहमत भएका छन्। रणनीतिक महत्वको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा भारत र नेपाल सहमति भएको हो। ६८ वर्षदेखिको…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए । बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, ‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष…

Read More

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले १२ प्रहरीमाथि कारबाही गर्न सिफारिस गरेको छ । मानव अधिकार उल्लंघनको घटनामा आयोगको सिफारिसपछि उनीहरुलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको हो । सिराहाका तत्कालीन एसपी उमा चतुर्वेदी, खोटाङका डिएसपी नारायण चिमोरिया, सोलुखुम्बुका डिएसपी टेकुनन्द इवा लिम्बु, जिप्रका खोटाङका इन्स्पेक्टर गोविन्द शाह, सोलुखुम्बुका इन्स्पेक्टर महेन्द्र दर्नाल, सिराहा इन्स्पेक्टर दीपेन्द्र श्रेष्ठ कारबाहीमा पर्न लागेका हुन् । त्यस्तै, उदयपुरका सई श्याम राउत, सोलुखुम्बुका असई असई नवराज दाहाल, उदयपुरका असई ऋषी खनाल, खोटाङका असई राजन नेपाल, सिराहाका असई रामकुमार यादव र उदयपुरका हवलदार भुवनसिंह कार्कीमाथि पनि कारबाही हुने भएको छ । यस्तै सिराहाका…

Read More

काठमाडौं : जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् । कोरियन विमानमा २८९ यात्री सवार थिए । प्यासेफिक एयरको विमानमा भने यात्रुहरु थिएनन् । यो दुर्घटनापछि न्यु चितोस एयरपोर्टमा विमानहरुको उडान रद्द भएका थिए । दुई हप्ता अघि हानेदा विमानस्थलको रनवेमा दुई वटा विमान ठोक्किएर आगलागी हुँदा कोस्ट गार्डको विमानमा सवार चालक दलका ६ सदस्यहरुमध्ये ५ जनाको ज्यान गएको थियो ।

Read More

धनगढी: कैलालीको कालाकुण्डामा तस्करी मौलाएको र तस्करबाटै असुली भइरहेको आरोप लागेको छ। भजनी क्षेत्रका एक स्थानीय एवम् बुढा थरका पत्रकारले सो आरोप लगाएका हुन्। उनले कालाकुण्डामा सुदूरपश्चिमका नयाँ डीआइजीका लागि भन्दै तस्करबाट असुली भइरहेको र तस्करी बढेको आरोप लगाएका छन्। हालै नेतृत्व फेरिएको कालाकुण्डा प्रहरीले तस्करी नियन्त्रणमा काम नगरेको उनको आरोप छ। तर, कालाकुण्डा प्रहरी स्रोतले भने ती आरोप लगाउने मान्छेले रिसिइबी फेरेको जनाएको छ। निजका भाई प्रहरी जवान रहेको र उनको सरुवा नगराइएपछि प्रहरीमाथि तथानाम आरोप लगाइरहेको स्रोतको दाबी छ।

Read More

कैलाली : राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् । जिल्लाको १३ वटै स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्त गर्नका लागि निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगले जनाएको छ । जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोवासीले एक लाख १० हजार ६५, भूमिहीन दलितले आठ हजार नौ सय ७३ तथा ११ हजार एक सय २३ जना भूमिहीन सुकुम्बासीले निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए ।  धनगढी उपमहानगरपालिकाका १९ हजार…

Read More

काठमाडौं : नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कलेजले मंगलबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो। सूचनाअनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ। यसैगरी, सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ।

Read More

कैलाली : कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका-३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यू भएको हो। तीन तलाको घरको छतबाट लडेर गम्भिर घाइते भएका माझीको उपचारको क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको हो। उनको मृत्यु हिजो राति भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : दक्षिण  कोरियामा  उत्पादनमूलक  क्षेत्रको  रोजगारीका लागि लिइने रोजगार अनुुमति प्रणाली (इपिएस) भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले  मानव  संसाधन  विभाग  (एचआरडी)  कोरियाले  यसअघि  तोेकेको  समय  माघ  २१  गते  (फेब्रुवरी) मा गर्ने तयारी भएको जनाएको छ ।  सो शाखाका निर्देशक मैयाँ कँडेलले परीक्षा तोकेकै समयमा परीक्षा सञ्चालन गर्ने गरी तयारी भएको जानकारी दिए। एचआरडी कोरियाले इपिएस  शाखालाई  माघ  २१  गते  (फेब्रुअरी  ४)  मा सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ ।

Read More