काठमाडौं : जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् ।
कोरियन विमानमा २८९ यात्री सवार थिए । प्यासेफिक एयरको विमानमा भने यात्रुहरु थिएनन् । यो दुर्घटनापछि न्यु चितोस एयरपोर्टमा विमानहरुको उडान रद्द भएका थिए ।
दुई हप्ता अघि हानेदा विमानस्थलको रनवेमा दुई वटा विमान ठोक्किएर आगलागी हुँदा कोस्ट गार्डको विमानमा सवार चालक दलका ६ सदस्यहरुमध्ये ५ जनाको ज्यान गएको थियो ।
Facebook Comments Box