Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा सशस्त्र प्रहरीले निर्घात कुटपिट गर्दा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको बेदकोट नगरपालिका-१ हात्तीथालाका बसन्तबहादुर धामी रहेका छन्। बनबासाबाट घरका लागि समान ल्याउदै गरेका धामीलाई नेपाल-भारत सीमा क्षेत्र ७ नं. पिलर नजिक बीओपी गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार कर्णबहादुर बोहराले कुटपिट गरेका हुन्। घटना हिजो (बिहिबार)साँझ साढे ६ बजे तिरको हो। सिभिल पोसाकमा रहेका हवल्दार बोहराले धामीलाई जथाभावी गाली गलाैच गर्दै टाउकोमा टर्च लाइटले हिर्काएको पीडित धामीले बताएका छन्। घाइते धामीको महाकाली प्रादेशिक अस्तालमा उपचार भइरहेको छ। धामीको टाउको दुई ठाउँमा फुटेको छ भने उनको टाउकोमा १० टाका लागेको महाकाली…

Read More

धनगढी : हिलारी हिक्मत बोहरा खेलकुद महासंघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। लामो समयदेखि राजनीतिमा रहेका उनी खेलकुद महासंघको केन्द्रीय सदस्यमा चुनिएका हुन्। उनी लामाे समयसम्म राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य समेत रहेका थिए। राजनीतिमा लागेका उनले खेलकुदलाई माया मार्न नसकेर फेरि खेलकुदमै फर्किएकाे बताएका छन्। खेलकुदबाट नै ख्याति कमाएका हिलारीले जिल्ला स्तरीय, क्षेत्रीय र राष्ट्रिय स्तरसम्म भाग लिएर खेल खेलेका छन्।

Read More

डडेल्धुरा : नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले पाँच बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो। लामो रुटमा चल्ने सार्वजनिक सवारीका साधनमा विद्यार्थीलाई छुटको व्यवस्था गरिनुपर्ने, महिला, बृद्ध तथा अपाङगता भएका व्यक्तिका लागि छुट्टै सिटको व्यवस्था गरिनुपर्ने, ट्राफिक नियमको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने, डडेल्धुरा–धनगढी रुटमा चल्ने बिजुलीका सवारी साधनको निश्चित भाडादर कामय गर्नुपर्ने र डडेल्धुरा जिल्ला सदरमुकाममा व्यवस्थित पार्किङको व्यवस्था गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष ऐरले बताए। ‘पाँच वटै माग तत्काल कार्यान्वयन गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सर्वपक्षिय बैठक बोलाउन…

Read More

दार्चुला : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना हुदा घाइते १५ जनाको पहिचान खुलेको छ। दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रालिको सूप्रप्र ०२ ००१ ख १०३१ नम्बरको दिवा सेवाको यात्रुवाहक बस आज विहान महाकाली नगरपालिका-५ को फोहरमैला विसर्जन केन्द्र नजिक दुर्घटना भएको थियो। जसमा चालक सहित १४ जना घाइते भएका थिए। घाइतेहरुमध्ये ११ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ भने ४ जनालाई रेफर गरिएको छ। घटना के कति कारणले हुन पुग्यो त्यसको अनुसन्धान प्रहरीले गरिरहेको छ। घाइतेको नामावली :

Read More

काठमाडौं : राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ। विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन्। ‘बरामद रकम अझै गनिरहेका छौं’, उनले भने। ढुंगानाका अनुसार बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ। अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो। पक्राउ परेकाहरुविरुद्ध शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ।

Read More

काठमाडौं : राजतन्त्रको आलोचना गरेको आरोपमा थाइल्यान्डमा एकजना युवालाई ५० वर्षको जेल सजाय सुनाइएको छ। उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई सामाजिक सञ्जालमा राजतन्त्रको आलोचना गरेको आरोपमा अहिलेसम्मकै सबैभन्दा लामो ५० वर्षको जेल सजाय सुनाएको हो। उनलाई शुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको बीबीसीले जनाएको छ। उनले विभिन्न राजनीतिक मुद्दाहरू लिएर यसअघि पनि प्रदर्शन गर्दै आएका थिए। थाइल्याण्डमा राजा महा बजिरालोङकोर्न र उनका परिवारको आलोचना गर्नेविरुद्ध ‘लेज–म्याजेस्टे’ कानुन लागू गरिएको छ। सन् २०२० र सन् २०२१ मा युवाहरूको…

Read More

काठमाडौं : आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस्करण हो। सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो। तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो। विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना हुँदैछ। यू१९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा आज दुई खेल हुँदैछ। समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुनेछ। दुवै खेल नेपाली…

Read More

काठमाडौं: नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो। महासङ्घका अनुसार शुक्रबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १३९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको हो। ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगाण्डाको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा सम्बोधन गरेपछि उनी त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्। शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गरेका प्रधानमन्त्री आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।

Read More

दार्चुला : शुक्रबार बिहान दार्चुलामा भएको बस दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुइजनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएका हुन्। अन्य १४ जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। महेन्द्रनगरतर्फ गइरहेकाे सुपप्र०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको थियो। अन्य १४ घाइते: १) बैतडीको पाटन नगरपालिका–१० खोड्पे बस्ने १७ वर्षको लक्ष्मण महरा२) बैतडीको दशरथचन्द नगरपालिका–४ खलंगा बस्ने…

Read More