Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। शनिबार साँझ जिल्लाको पुर्नवास नगरपालिका–१० पगडीयाकी ४३ वर्षीया लक्ष्मी जोशी हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी हुन्। सब डिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेशकुमार यादवका अनुसार गम्भीर घाइते भएकी जोशीलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। 

Read More

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, राति बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हिमपातको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा…

Read More

काठमाडौं : आगामी सोमबार अर्थात जनवरी २२ तारेख भारतका लागि विशेष हुनेवाला छ । किनकि त्यसदिन अयोध्यास्थित राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने तयारी भैरहेको छ । तर उता उत्तरप्रदेशको लखीमपुरमा जनवरी २२ तारेखले डाक्टरहरुलाई आपत् पारेको छ । आखिर राममन्दिरको प्राणप्रतिष्ठासँग डाक्टरहरुको समस्या कसरी जोडियो त रु समाचार अनुसार युपीको लखिमपुरका गर्भवती महिलाहरु सोमबार २२ तारेखका दिन नै बच्चा जन्माउने भन्दै अस्पतालमा पुगेका छन् । जनवरीको अन्तिम हप्ता प्रसवको मिति भएका धेरै महिलाहरुले जसरी भएपनि २२ तारेखमै आफ्नो डेलीभरी गराउन डाक्टरहरुसँग अनुरोध गरेका छन् । राममन्दिरको प्राणप्रतिष्ठाको दिनमै आफुले आफ्नो नयाँ बच्चाको स्वागत गर्न चाहेको उनीहरुको भनाई छ । यसका लागि…

Read More

काठमाडौं : चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपिएको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआईएम) अर्थात् मुन स्‍नाइपर चन्द्र मिसन सफल भएसँगै जापान उक्त सूचीमा थपिएको हो । यससँगै अमेरिका, तत्कालीन सोभियत संघ, चीन र भारतपछि चन्द्रमाको सतहमा पुग्ने पाँचौँ देश जापान बनेको छ । जापानी यान नेपाली समयअनुसार शुक्रवार बेलुकी ९ः०५ बजे यानले चन्द्रमाको सतह टेकेको हो । तर यानको सोलार सेलले भने विद्युत् उत्पादन गर्न बन्द गरेको बताइएको छ । त्यसो हुँदा चन्द्र सतहमा वैज्ञानिक परीक्षण गर्न यान सक्षम हुने छैन । “यानले ब्याट्रीको भरमा मात्र काम गरिरहेको छ । हामीले यसको…

Read More

धनगढी : कुटपिटमा संलग्न रहेको भन्दै एक जना सेनाका मेजर कारबाहीमा परेका छन्। कालीध्वज गणमा कार्यरत रोशन लामिछाने कारबाहीमा परेका हुन्। उनको पद घटुवा गरी क्याप्टेन कायम गरिएको छ। ब्याच नम्बर ४७१४ भएका उनले बिना अनुमति ब्यारेकबाहिर निस्किएर गैरसैनिक व्यक्तिहरूलाई हात हालेका थिए। श्री आपूर्ति तथा परिवहन निर्देशनालयका निर्देशक, सहायक रथी प्रेमबहादुर पुनको अध्यक्षतामा छानबिन गर्न गठित समरी जनरल सैनिक अदालतको सिफारिशअनुसार उक्त कारबाही भएको हो। आफ्नो काम इमान्दारिताका साथ नगर्ने प्राविधिकतर्फका लेफ्टिनेन्ट कर्णेल पनि दण्डित भएका छन्। फिल्ड निरीक्षण नगरिकन प्राप्त सुझावको आधारमा रिटेनिङ वाल थप गरी पठाउने प्राविधिक प्रमुख सेनानी लक्ष्मणप्रसाद शाहलाई सैनिक अदालतले नसिहत दिएको छ। पूर्वी…

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन्। अठार महिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गर्दै आएका छन्। घरपरिवार आफन्तले निकै दबाब दिएपछि रानाले अष्ट्रेलिया जान तयारी गरेका थिए। ‘स्वदेशै स्वरोजगार भएर बस्ने मनभित्रकै इच्छा थियो,’ उनले भने, ‘त्यही भएर कृषि जेटिए पढेँ, विदेश जानका लागि निकै दबाब दिए पनि प्रवेशाज्ञा नै रद्द गरी च्याउ खेतीमा लागें।’ रानाले वर्षमा २० लाखदेखि २७ लाखसम्मको च्याउ बिक्री गर्दै आएको बताए। सोबाट उनले च्याउ उत्पादन गर्दा लाग्ने खर्च कटाएर १० लाख जति रकम बचत गर्दै आएको बताए।…

Read More

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । लेखापरीक्षण प्रतिवेदन अनुसार पार्टीको आम्दानी गत आर्थिक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ देखिएको छ । पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ । सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रुपैयाँ बचत भएको छ । चालु आर्थिक वर्षको…

Read More

धनगढी : कञ्चनपुरमा शनिबार (बिदाको दिन) अनुमति बिना चलाइएका सरकारी गाडी युवाहरुले नियन्त्रणमा लिएका छन् । कञ्चपुरको दैजी बजारमा स्थानिय युवाहरुले प्रशासनको पास बिना चलाएका गाडीहरु नियन्त्रणमा लिएका हुन् । उनीहरुले पासबिनाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका स्वकिय सचिव रामबहादुर बिष्टले चढ्ने गाडी (सुपप्र ०१ ००१ झ ३३२) र जिल्ला अदालत कञ्चनपुरको (बा १ झ ८१७६) नम्बरको गाडी नियन्त्रणमा लिएका हुन् । यस्तै अन्य मोटरसाइकलहरु समेत युवाहरुले समातेका थिए । उनीहरु गाडी चालकहरुलाई सम्झाई बुझाई पठाएका थिए भने जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराएका थिए ।

Read More

धनगढी: कैलालीको धनगढीमा राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सब मनाइदै छ। हिजो (शुक्रबार) बाट बैंकको ५९ औं वार्षिकोत्सब मनाउन थालिएको हो। सुदूरपश्चिमभरका शाखाहरुसहितले बैंकको प्रादेशिक कार्यालय रहेको धनगढीमा वार्षिकोत्सब मनाइरहेको बैंकका प्रादेशिक प्रवन्ध राजेन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार हिजो रक्तदान कार्यक्रम गरिएको थियो। जसमा १०० जना कर्मचारीले रक्तदान गरेको उनले बताए। यस्तै आज (शनिबार) बिहान प्रभातफेरी कार्यक्रम, स्वास्थ्य शिविर  खेलकुदका कार्यक्रम गरिएको छ भने वार्षिकोत्सबको दिन माघ १० गते सबै कार्यक्रम समापन गरिने बताइएको छ। सुदूरपश्चिममा २४ शाखा रहेको यस बैंकको राम्रो नाफा, निक्षेप र कर्जा प्रवाह रहेको बुझिन्छ।

Read More