Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई अयोध्या श्रीराम जन्मभूमिमा हुने प्राण प्रतिष्ठा समारोहमा निमन्त्रणा आएको छ । पौष, शुक्ल द्वादशी बिक्रम सम्बत २०८० सोमवार ९२२ जनवरी २०२४० मा हुने उक्त समारोहमा नगर प्रमुख गोपाल हमाललाई निमन्त्रणा आएको हो । उनलाइ श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट निमन्त्रणा आएको हो । श्रीरामलिलाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघका संघचालक मोहन भागवत, उत्तर प्रदेश सरकारका राज्यपाल श्रीमती आन्नदी बेन पटेल, उत्तर प्रदेश सरकारका मुख्य मन्त्री आदित्यनाथ योगी, श्रीराम जन्मभूमी तीर्थ क्षेत्रका अध्यक्ष पुज्य महन्त नृत्यगोपाल दास, सन्त समाज, समाजिक आध्यात्मिक व्यक्तित्वहरूको उपस्थितिमा…

Read More

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडाैंकाे भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत आठ हजारलाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। उनले विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा हुने चियापान समारोहमा विशिष्ट व्यक्तिहरू सहभागी हुने जानकारी दिए। सोही दिन सो पार्टीले सिंहदरबारस्थित पृथ्वीनारायण शाहकाे सालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ। भृकुटीमण्डपमा भेला भइ अध्यक्ष…

Read More

काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अनुसार आइतबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

धनगढी : राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ। सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ। महिला कोटाबाट निर्वाचित नेकपा (एमाले) का इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी ( कैलालीका) को पदावधि आगामी फागुनमा सकिँदैछ । प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्ष रहेको निर्वाचनमण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न…

Read More

कैलाली: गोदावरी नगरपालिकाका तत्कालीन दुई प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशीसहितका कर्मचारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । प्रमुख प्रशासकीय जोशीसहित ८ र ७ जनामाथि दुई वटा र विष्टसहित सात, पाँच र छ जनामाथि तीन वटा मुद्धा दर्ता गरिएको थियो । जोशी र विष्टसहितका सबै कर्मचारीलाई सबै मुद्दामा विशेषले सफाई दिएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत…

Read More

डोटी : डोटीमा सुन्तलाको उत्पादन बर्सेनि बढ्दो अवस्थामा रहेको छ । नौ वटा स्थानीय तह रहेको डोटीमा तिन वटा स्थानीय तह सुन्तला उत्पादनको दृष्टिकोणले प्रख्यात मान्ने गरिन्छ । गत वर्ष भन्दा यस वर्ष उत्पादनमा वृद्धि भएको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । डोटीमा आर्थिक वर्ष २०७८।०७९ मा सुन्तला उत्पादन २ हजार ९ सय ३२ मेट्रिक टन रहेको थियो भने आर्थिक वर्ष २०७९।८० मा आउँदा उत्पादन बढेर ३ हजार २ सय ४० मेट्रिक टन रहेको ज्ञान केन्द्र प्रमुख अवस्थीले बताए । गत वर्षको तुलनामा यस वर्ष ३ सय ८ मेट्रिक टन बढी रहेको पाइन्छ । किसानहरूले पछिल्लो समयमा…

Read More

धनगढी : नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका हकिमले घुस माग्ने गरेको आरोप लागेको छ । डिपोका प्रमुख मोहनकुमार साहले घुस नदिए पेट्रोलियम व्यवसायीलाई इनधन नै नदिने गरेको आरोप लागेको हो । उनले डिपोबाट पेट्रोल पम्पसम्म इन्धन लग्ने निजी ट्यांकरधनीबाटे मासिक एक लाख रुपैयाँसम्म असुल्ने गरेको आरोप लागेको छ । एक व्यवसायीका अनुसार साहले धेरै तेलको कारोबार गर्ने पम्पले माग गरेअनुसारको तेल लैजान डिपो प्रमुख साहलाई एक लाख रुपैयाँसम्म घुस दिनुपर्छ । महिनैपिच्छे रकम दिनुपर्दा आफूहरु पीडित बनेको उनले बताए । भनेअनुसार रकम नदिए तेल नै नदिने भएका कारण धनगढीमा पटक–पटक इन्धनको अभाव हुँदै आएको छ । डिपोमा तेल…

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाएकाे छ । सत्ता गठबन्धनमा भएकाे सहमतिअनुसार एसले दुई सिटमा भाग पाएकाे छ ।  आफूले पाएकाे दुई सिटमध्ये एसले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनाेनयन दर्ता हुँदैछ ।

Read More

धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। आइतबार धनगढी उपमहानगरपालिका-१३ शिबटोलबाट १२० मिलिग्राम खैरो हेरोइनसहित सोहि ठाउँका २२ वर्षीय शंकर रानासहित दुई जना पक्राउ परेका हुन्। प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा ५ किलो बढी चरेससहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-३ तिलकपुरबाट ५ किलो १०४ ग्राम चरेशसहित बझाङको केदास्युँ गाउँपालिका ६ का ६३ वर्षीय नरबहादुर धामी आइतवार राति पक्राउ परेका हुन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धामीले बोकी राखेको झोलाबाट चरेस फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

Read More