Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अनुसार मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको १३७० रुपैयाँमा कारोबार भएको थियो।

Read More

काठमाडौं : तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुवाको सवारी दुर्घटनामा मृत्यु भएको छ। मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुवा गम्भीर घाइते भएका थिए। घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले बताए। एसपी सिलवालका अनुसार उनी जाहेरीकर्ताको बुवा थिए। प्रहरीका अनुसार, डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो। दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल…

Read More

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विनाब्याज ५ लाख रुपैयाँ कर्जा दिने भएको छ। नगरपालिकाले एसईई वा सोभन्दा माथिको शैक्षिक तहलाई प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि उक्त कर्जा दिन लागेको हो। नगरपालिकाले विनाब्याज शैक्षिक प्रमाणपत्र धितो राखेर अध्ययनका लागि ऋण दिने व्यवस्था गरेपछि आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई राहत हुने अपेक्षा गरिएको छ। नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई एसईई परीक्षाको प्रमाणपत्र धितो राखेपछि उच्च शिक्षा अध्ययन गर्न पाँच लाखसम्म कर्जा उपलब्ध गराइने नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिए। स्वदेशमै उच्च शिक्षा अध्ययनमा सुविधा दिन नगरपालिकाको १४ औं नगरसभाबाट ऐन…

Read More

अछाम : अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएका छन्। घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर ५ की २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन्। खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडाअध्यक्ष केशरबहादुर शाहले जानकारी दिए। उनीहरुको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानका लागि हेलिकाेप्टरको व्यवस्था गरिरहेको उनले बताए।

Read More

बझाङ : बझाङमा जीपको ठक्करबाट एक महिला घाइते भएकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जीपले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीया महेश्वरी मल्ल घाइते भएकी हुन् । बुधवार बिहान बागथलाबाट चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३१६ नम्बरको जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ। घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन्। साथै उनले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरे। कार्यक्रममा प्रहरी नायब महानिरीक्षक कडायतले भवन निर्माणको कार्यलाई त्रुटीरहित तवरले सम्पन्न गर्ने ईन्द्रधनु अछाम निर्माण सेवा टिकापुरका प्रतिनिधि बाँधुराम चौधरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालय आवास तथा भौतिक शाखाका प्रहरएए वरिष्ठ नायब निरीक्षक श्याबहादुर बलायरलाई प्रशंसा-पत्र प्रदान गर्नुका साथै जिल्लाभरी उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गरे। उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक कडायतले स्रोत साधन र संरचनाहरूको…

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-१० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको हो। करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा लग्दा मृत घोषणा गरिएको थियो। करेन्ट लागेर एक जना घाइते पनि भएका छन्। घाइते हुनेमा मोहन्याल गाउँपालिका-३ की ३६ वर्षीया दुर्गा खत्री रहेकी छिन्। खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

Read More

काठमाडौँ : चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका लागि बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी छनौट गरी पठाउन आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३ / २४ मा स्नातक तहको मबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगको भनाई छ । 

Read More

डडेल्धुराः डडेल्धुराबाट फरार प्रतिवादी पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–१ का ४३ वर्षीय प्रेम साउँदलाई मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले अमरगढी–५ बसपार्कबाट पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७१ मा १ वर्ष ९ महिना १९ दिन कैद सजाय तोकेपछि साउँद फरार रहेका थिए।  

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।  झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ  । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा पर्ने नदीको पुरानो बहाव क्षेत्रमा स्थानीय बासिन्दाले विगत १० वर्षदेखि पुलको माग गर्दै आएका छन् । अर्को वैकल्पिक सडक नहुँदा स्थानीय बासिन्दा, विद्यालय जाने विद्यार्थी, बिरामीलाई अस्पताल पुर्याउनुपर्दा सोही सडक भएर जानुपर्ने अवस्था रहेको स्थानीय धनसिंह ठगुन्नाले बताए । “चुनावकै बेला प्रचारप्रसार गर्न आएका उम्मेदवारले गाडी सडकमै फस्दा स्थानीयले घचेटेर निकालेका थियौँ”, उनले भने, “सडकको दुरावस्था देख्दा उम्मेदवारले चुनाव जितेपछि यस क्षेत्रमा पक्की पुल निर्माण…

Read More