काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासङ्घका अनुसार मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
चाँदी हिजो तोलाको १३७० रुपैयाँमा कारोबार भएको थियो।
Facebook Comments Box