Author: महेन्द्रनगर पोष्ट

दाङ : तुलसीपुरमा बालक दुई दिनदेखि सम्पर्कविहीन छन्। तुलसीपुर उपमहानगरपालिका– ५ विशालनगरका १३ वर्षीय युवराज वली दुई दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा उजुरी दिएका छन्। उनी त्रिदेव बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिए। हिजो बिहान साढे ५ बजे ट्युसन पढ्न हिँडेका युवराज अझै घर नफर्किएपछि परिवारले प्रहरीमा उजुरी दिएको उनकी आमा सिता वलीले बताइन्। ‘हिजो बिहानै टिउसन पढ्न भनेर दिदी भाइ संगै घर बाट निस्किएका थिए,’ सीताले भनिन् ‘ तर, दिदी मात्रै स्कुल गइछन् र ऊ स्कूल नै गएनछ।’ छोरा सम्पर्कविहीन भएपछि बुवा मोहवीर वली विहीबार बिहानै खोजीका लागि भनेर काठमाडौंतर्फ लागेको सीताले बताइन्। वली परिवारले बुधबार नै इलाका…

Read More

काठमाडौं : सुनको भाउ आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ। सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ। यो हिजोको भाउभन्दा तोलामा दुई हजार ८ सय रुपैयाँले धेरै हो। यसअघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातारजसो घटेको भाउ आज फेरि एकै पटक दुई हजार ८ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५५ रुपैयाँले बढेर…

Read More

काठमाडौं :  नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ। खाणको मुद्दामा यसअघि दुई न्यायाधीशबीच राय बाझिएकाले आज अर्का न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुन लागेको हो। जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो। अब न्यायाधीश कोइरालाको इजलासले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छ, त्यही आदेश कार्यान्वयन हुन्छ। तेस्रो राय दिएमा भने निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) को बढुवा प्रकाशित गरेको छ । सशस्त्रका अनुसार साधाण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका १५ जना असईका लागि बरिष्ठ हवल्दारहरूको बढुवा सिफारिस प्रकाशित गरेको हो । सशस्त्रका अनुसार उक्त बढुवा सिफारिस विरुद्ध सात दिनभित्र उजुरी दिन सकिने पनि जनाइएको छ । सूचीः

Read More

कैलाली: दार्चुलाका लोकेन्द्रसिंह धामीको हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो । श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छन् । ६ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उनलाई सधैँ छटपटी हुन्छ । ‘एउटा घटना जुन नहुनु थियो त्यो भयो । त्यसलाई बिर्सन निकै प्रयास गर्दा सकिरहेकी छैन,’ मञ्जुले भनिन्, ‘छोराछोरीको भविष्यको चिन्ताले सताउँछ । बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिँन ।’ आफ्नो क्षमताअनुसारको रोजगारी पाएको भए छोराछोरीको भविष्यका बारेमा हुने चिन्ता कम हुने उनी बताउँछिन्। ‘राज्यले क्षमताअनुसारको रोजगारी दिएको भए मन भुलाउने बाटो हुन्थ्यो । त्यो घटना बिर्सने आधार बन्थ्यो,’…

Read More

काठमाडौं : प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। बैठक बिहीबार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ। बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने एक मन्त्रीले बताएका छन्।

Read More

बैतडी : बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको पाटन नगरपालिका–२ बिनोडास्थित जयन्ती पन्तको घरमा बुधबार राति साढे ११ बजेतिर आगलागी भएको स्थानीय ईश्वरदत्त पन्तले बताए। आगलागीबाट पन्तको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। दुईकोठा र एक भान्सा भएको काठको भुँइतले घरमा आगलागी भएको र आगलागीबाट घरमा भएको सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। भान्सा कोठामा बालेको आगो घरमा सल्किएपछि आगलागी भएको हो। जयन्ती पन्त र उनका दुई छोरा तल्लो घरमा रहेकाले मानवीय क्षति नभएको पन्तले बताए। आगलागीबाट पन्तको घरभित्र रहेका अन्नपात, भाँडाकुडा, गरगहना र नगद २५ हजार जलेर नष्ट भएका प्रारम्भिक जानकारी आएको छ।

Read More

दोधारा चाँदनी : कञ्चनपुर भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन् । उनको कौसीमा बाँसले बनाएका र्याकमा गोलभेँडा, काउली, हरियो खुर्सानी, रायो र चाइनिज सागलगायत हिउँदे तरकारीले हराभरा छ ।  उनको बारीमा विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देख्निछ । गाउँका धेरैले उनको बारीलाई अशोक बाटीका भन्ने गर्दछन् । उक्त बारीमा नभएको कुनै बिरुवा छैन । “२०६६ सालमा प्रहरीबाट सेवानिवृत्त भएपछि मैले खेती सुरु गरेको हुँ ।” उनले भने “सुरुआतमा घरमा खानलाई उत्पादन गर्न खोजेको हुँ अहिले बिक्री गर्न थालेको छु मासिक चार÷पाँच हजार आम्दानी हुन्छ ।” उनले आफुसँग जग्गा नभएका कारण…

Read More

धनगढीः कैलालीको धनगढीमा आगलागीबाट विभिन्न सामान जलेर नष्ट भएको छ। बुधबार धनगढी उपमहानगरपालिका–१ शिवनगरस्थित मोहनराज भट्टको ३ तले पक्की घरको बिच तलामा बिजुलीको लाइन सट भएर आगलागी भएको हो। आगलागी हुँदा कोठामा रहेका अन्नपात, भाडावर्तन, लुगाकपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुर: पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ। राजमार्गको झलारी बजार क्षेत्रमै राखिएको दुई सय केभिएको ट्रान्सफर्मर जमिनभन्दा दुई फिट मात्रै माथि रहेको छ। ट्रान्सफर्मरका तारमा यात्रु, घरपालुवा जनावर वा सवारी साधनले छोए करेन्ट लागेर दुर्घटना हुने सम्भावना छ। राजमार्ग चौडा गर्ने क्रममा माटो भर्दा खम्बामा राखिएको ट्रान्सफर्मर जमिनमै छुने अवस्थामा पुग्दा पनि सम्बन्धित निकायले सुरक्षाका लागि चासो नदेखाएको स्थानीयवासी गणेशबहादुर ऐरले बताए। ‘पटक–पटक जनप्रतिनिधि र सम्बन्धित निकायको ध्यानाकृष्ट गर्दा पनि खम्बा व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छैन’ उनले भने, ‘ट्रान्सफर्मरका नाङ्गो तारमा छोएमा जुनसुकै बेला पनि अप्रिय घटना हुनसक्छ।’ पूर्वनगर प्रमुख दिलबहादुर…

Read More