Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मंगलबार दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढी : आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । आजकै तिथि पारेर बोलाइएको बझाङको सुनकुडा माध्यामिक विद्यालयको अभिभावक भेलामा गजबको रमाइलो भएछ । विद्यालय व्यवस्थापन समिति गठन गर्न बोलाइएको अभिभावक भेलामा रोचक कुरा त यो छ कि ? त्यहाँ अभिभावक भन्दाबढी सुरक्षाकर्मी देखीए । सत्तापक्षका जनप्रतिनिधीहरुलाई सुरक्षा दिन बोलाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल र प्रवक्ता हरिचन्द्र जोशीलाई दुई घेरामा सुरक्षा दिईरहेका थिए । उक्त तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ भने विभिन्न टिकाटिप्पणीहरु आइहरेका छन् । तर त्यो तस्बीर भन्दा त्यहाँ भएको आज दिउँसोको दृश्य (घटनाक्रम) साच्चिकै रोचक छन् । विद्यालयमा बोलाइएको अभिभावक…

Read More

धनगढी : डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्। स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले सुर्खेतकी ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्। ३ छोरी र एक छोरा भएको उक्त दम्पत्ती लामोसमय प्रेम सम्बन्ध थियो। उनीहरूबाट सन्तानसमेत भएपनि श्रीमतीको रूपमा घर भित्रिएकी भाटको खडायतले सिउँदो भने भरेका थिएनन्। तर, जोरायल ५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिले जनाएको छ विवाहमा बेहुला/बेहुलीका पनातिसमेत सहभागी थिए भने यसलाई वैवाहिक रुपमा नौलो अभ्यास मानिएको छ।

Read More

काठमाडौं :  नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै भारतको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारतको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्थाबारेमा जानकारी गराएको हो । भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड खरिद गर्न पाउने जनाइएको छ । त्यस्तै भारतस्थित नेपाली दूतावासले जारी गरेको फोटोसहितको प्रमाणपत्रले पनि सिम कार्ड खरिद गर्न सकिने बताइएको छ ।

Read More

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिका २ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना भएको छ । आइतबार साँझ ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२००१ त १४२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही निमार्ण सेवा कम्पनीका ओभरसियर धनुषाको नारायण नगरपालिका ५ गमरखोली बस्ने ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ट्याक्टर ब्रेक फेल भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर आईतवार साँझ दुर्घटना भएको थियो। ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षीय बिजेन्द्र सिंह…

Read More

धनगढी : धनगढी बसपार्क नजिक नवजात शिशु मृत फेला परेका छन् । धनगढीमा ४ का बसपार्क नजिक कम्बलमा बेरेर राखेको अवस्थामा शिशु मृत फेला परेका हुन् । शिशुकी आमा भने फरार रहेकी छन् । उनी भाडामा बस्दै आएकी बुझिएको छ । दुई महिलालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : कञ्चनपुरमा भन्सार छलिको सामान बरामद गरिएको छ । पुर्नवास नगरपालिका ११ डोकेबजारबाट सुदूरपश्चिम प्रदेश प्रहरी धनगढीबाट खटीएको आरआईटी र प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको सुर्तिजन्य सामान र कपडा बरामद गरेको हो । भन्सार छलि ल्याएको ७४ हजार रुपैयाँ बराबरको सुपर पावर सुर्ति, बिडी, प्लास्टीक र कुर्ति बेवारिसे अवस्थामा बरामद गरी भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

कास्की : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न आएको केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी)को टोली पुर्पक्षका लागि कारागारमा रहेकाहरूबाट सूचना संकलन गरेको छ । शुक्रबार प्रहरी निरीक्षकको कमाण्डमा पोखरा आएको सीआईबीको प्राविधिक टोलीले कास्की प्रहरीसँगको समन्वयमा सूचना संकलन गरेको हो । माघ २४ गते ग्यालेक्सी टेलिभिजनका पूर्व साझेदार एवं पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मार्दै सीआईबीले चारवटा सर्भर बरामद गरेको थियो । उक्त सर्भरमा भएका सूचनारविवरणहरू निकाल्नका लागि सिआइबीको सहयोग लिइएको बताइएको छ । सर्भरमा भएका महत्वपूर्ण सूचनाहरूमा थप अनुसन्धान आवश्यक देखिएको र मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीमै दर्ता भएकाले सीआईबीको टोली पोखरा आएको हो। प्रहरीले नै सीआईबीलाई थप अनुसन्धानको…

Read More

काठमाडौं : प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवा छन् । तिरुवाले प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर माघ ७ गते काठमाडौंको सुन्धारास्थित सिक्लेस गेष्ट हाउसमा लगेर बलात्कार गरेको पीडित युवतीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । घटनाबारे अनुसन्धान सकेर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भैसकेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : मकवानपुरकी एक बालिका बलात्कारको अभियोगमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् । फागुन ४ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए । उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी भण्डारीले दिए । जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।

Read More