Author: महेन्द्रनगर पोष्ट

धनगढीः टीकापुरको ललिता निवास भनेर चर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ। आज (बिहीबार) बसेको अख्तियारको बैठकले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो। अख्तियारको निर्णयअनुसार उक्त जग्गा घोटाला प्रकरणको फाइल बिहीबार नै विशेष अदालतमा पठाइसकिएको छ। टीकापुरको जग्गा घोटाला प्रकरणमा २ सयभन्दा धेरैजनालाई प्रतिवादी बनाउने निर्णय भएको अख्तियारका एकजना अधिकारीले जानकारी दिए। अख्तियारले काठमाडौंको ललिता निवासभन्दा ठूलो मानिएको यो घोटाला प्रकरणमा मुद्दा चलाउने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि लिएर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसमेत तानिने बुझिएको छ। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका…

Read More

धनगढी : पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेको समाचार बाहिरीएपछि जोशीले स्पष्टीकरण दिएका छन्। जोशीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रहरीले आफ्नो घरमा छापा नमारेको प्रष्ट पारेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको समाचार बाहिरीएपछि जोशीले निजी निवासमा नभएर शंखमुलमा अवस्थित एक व्यावसायिक सम्पत्तिमा छापा मारेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘मेरो परिवार, साथीभाइ र शुभचिन्तकहरूलाई। अनलाइन समाचार पोर्टलहरूमा भर्खरै प्रकाशित समाचारहरूको लागि यो स्पष्टीकरण हो। लेखमा उल्लेख गरिएको घर मेरो निजी निवास होइन। यो शंखमुलमा अवस्थित एक व्यावसायिक सम्पत्ति हो।’ नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर…

Read More

काठमाडौंः प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष तोकिएको भएपनि विभिन्न २१ जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को सरुवा रोकीएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण एसपीको सरुवा अलपत्र परेको हो। प्रहरी उपरीक्षकसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षक (आईजीपी)लाई दिइएको छ। तर, कुनैपनि आईजीपीले गृहमन्त्रीको अनुमतिबिना सरुवा गर्ने परम्परा नै नबसाल्दा प्रहरीको सरुवा–बढुवामा गृहमन्त्री हाबी हुँदै आएका छन्। झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपीले कमान्ड सम्हालेको १३ महिना पूरा भएको हो। उनीहरूको २०७९ पुसमा सरुवा भएको थियो। मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ,…

Read More

धनगढी : एकजना मुस्लिम महिलाले नेपालमा पहिलो पटक संस्कृतमा विद्यावारिधि (पिएचडी) गरेकी छन्। नेपालगञ्ज घर भएकी तबस्सुम सिद्धिकीले नेपालमा संस्कृतमा पहिलो पटक पिएचडी गरेकी हुन्। सिद्धिकीले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृतमा विद्यावारिधि (पिएचडी) गरेकी हुन्।

Read More

काठमाडौं : क्यानडाविरुद्धको तीन खेलको ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आरिफ शेख पनि ३८ रन बनाएर पेभेलियन फर्केका छन्। ३९ ओभरको पाचौँ बलमा ५० बलमा ४ चौका हानेका आरिफ उदय भगवानको बलमा बोल्ड आउट भए। त्यसअघि कुशल मल्ल २० रन बनाएर क्याच आउट भए। ३२ बलमा १ चौका र १ छक्का हानेका कुशल मल्ल क्याच आउट भए। नेपालले चौथो विकेटका रुपमा भिम सार्कीलाई गुमायो। २३ ओभरको तेस्रो बलमा भिम साद विन जफरको बलमा एलबीडब्लु धरापमा परे। २६ बलमा २ चौका हानेका भिम १७ रनमा बनाउँदै पेभेलियन फर्के। १९ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ६२ रन बनाउँदै आउट भएका थिए। ५७…

Read More

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो। महासंघका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

काठमाडौं : प्रहरीले ललितपुरको चाँगाथलीबाट लागुपदार्थ कारोबारीहरुलाई पक्रेको छ। गोलीसहितको पेस्तोल बोकेर महालक्ष्मी नगरपालिका–७ मा रहेको लायोक कङ्दङ्वा (लिम्बू) को घरमा ब्राउन सुगरको कारोबार गरिरहेका चार जनालाई रंगेहात पक्राउ गरिएको बताइएको छ। प्रहरी नायव निरीक्षक सन्तोष बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले उनीहरुको साथबाट झण्डै १७ ग्राम ब्राउनसुगर, दुई राउण्ड ९ एमएमको गोली, पेस्तोल, फलामको रड, एटीएम कार्डहरु बरामद गरेको छ। हिजो साँझदेखि प्रहरी बृत्त सात दोबाटोमा राखिएकामा स्थानीय ३१ वर्षीय सुरेश उप्रेती, घरबेटी लिम्बू, प्युठान घर भई भक्तपुरको सिरुटार बस्ने २५ वर्षे मनोज थापा र भारतको मधुवनी काठमाडौंको सिनामंगल बस्ने सञ्जय मेहता हुन्।

Read More

काठमाडौं : अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ‘विवादित’ इन्सपेक्टर बिनु शाहीलाई कारबाही गर्न दुईपटक प्रधान कार्यालयबाट पत्र आएको खुलेको छ । गत बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कुँवरलाई त कुटपिट समेत गरिएको थियो। सो घटनापछी प्रहरीको व्यापक आलोचना हुनका साथै कारबाहीको माग गरिएको थियो। घटनाको छानविन गरी प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गर्न प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट पत्र नै आएको थियो । तर, कञ्चनपुर…

Read More

डडेल्धुरा : डडेल्धुराको स्याउलेमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना६ख ५४५० नम्बरकाे बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ । प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले बताए ।

Read More

कैलाली : कैलालीम दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएका छन्। घोडाघोडी नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकोे घोडाघोडी नगरपालिका-१ का २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से७प ४२१९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका-१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०–१२ प ५६३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ४ जना घाइते भएका छन्। ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुवै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे तथा दिपेन्द्रको पछाडी सवार २८ वर्षीय अशोक सुनार घाइते भएका छन्। घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप…

Read More