Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्कमण बढ्न थालेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाएको छ। तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति सङ्क्रमित भएका छन्। निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिक महिनासम्म यस रोगको जोखिम बढी हुने गरेको बताए। उनले भने, ‘आसारदेखि कात्तिक महिनामा पानी पर्ने र रोकिनेक्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धिविकास भई सङ्क्रमणको जोखिम बढी रहन्छ। त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’…

Read More

काठमाडौं : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशनको अवज्ञा गरेको छ । प्रचण्डले गत असार १२ गते सुदूरपश्चिम पार्टीलाई प्रदेश संसदीय दलको नेताका स्थायी कमिटी सदस्य खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न लिखित निर्देशन दिएका थिए । तर, निर्देशन पालना हुन सकेको छैन । भट्ट सुदूरपश्चिममा माओवादीका सबैभन्दा सिनियर नेता हुन् । सुरुमा दल नेता भट्ट नै भएपनि पछि सांसद मानबहादुर धामीले बहुमतबाट भट्टलाई दल नेताबाट हटाउँदै आफु नेता भएका थिए । सभामुखबाहेक १० सांसद सांसदमध्ये धामीको पक्षमा ६ जना पुगेका थिए भने भट्टको पक्षमा ४ जना थिए । तर अहिले भट्ट र धामी दुवैको…

Read More

काठमाडौं : द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षीया उनको बिहीबार निधन भएको होटल संघका अध्यक्ष विनायक शाहले बताए। अम्बिकालाई नेपालको सक्रिय महिला उद्यमीका रूपमा चिनिन्छ। सन् १९९१ मा श्रीमानको निधन भएपछि उनले सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। उनका दुई छोरी छन्। श्रीमान् र छोराको निधन भइसकेको छ।

Read More

धनगढी: कैलालीको गाेदावरीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। गाेदावरी नगरपालिका- ३ खमाैरा बस्ने २१ वर्षीया पूर्णिमा महता अस्ति राति साढे १२ बजे आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी आफ्नै सुत्ने काेठाकाे पंखामा दाेपट्टाले झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। उनी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको मृत्युपछि गोदावरी नगरपालिकामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले भोलि शोक बिदा दिएको छ। उनी त्यहाँ स्नातक तह द्वितीय सेमिष्टरमा अध्ययनरत थिइन्।

Read More

धनगढी: कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा एसबिआई बैंकको काउन्टर खुलेको छ। बैंकले भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको हो।   बैंकका प्रबन्ध निर्देशक एंव प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र भन्सार कार्यालय प्रमुख राजनबाबु काफ्लेले हिजो संयुक्त रुपमा काउन्टर उद्घाटन गरे। सो अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकूमार पाण्डे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्यालसहित बैंक र भन्सार कार्यालयका अन्य पदाधिकारीहरु सहभागी भएका थिए। एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीलाई उनीहरूको वित्तीय तथा भन्सारसम्बन्धी बैंकिङ सेवाको सुव्यवस्थित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ। भीमदत्त नगरपालिका–०५, महेन्द्रनगरस्थित कञ्चनपुर क्याम्पस रोडमा अवस्थित शाखा…

Read More

काठमाडौं: नेपाल प्रहरीका २९३ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका २९३ जना सहायक हवल्दारहरुको बुधबार पदस्थापन गरेको हो। उनीहरु प्रहरी उपरीक्षकको असार १ गतेको निर्णयानुसार प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका थिए। उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सूचीः ahc_8013_padasthapanDownload

Read More

काठमाडौं: नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये २० जनाको शव फेला परेको छ। जसमा २ महिला र १८  पुरुष छन्। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार १४ शवको सनाखत भएको छ भने ६ जनाको सनाखत हुन सकेको छैन्। रिजालका अनुसार अन्यको खोजी कार्य निरन्तर जारी छ। बसको कुनै संकेत अझै फेला परेको छैन्। वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए। ती बसमा ६५…

Read More

काठमाडौं: गृहमन्त्रालयले नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई ७ दिने सूचना प्रकाशित गरेको छ। मन्त्रालयले प्राविधिक इन्स्पेक्टर डा. पवन श्रेष्ठलाई स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित नभए जागिरबाट हटाउने तयारी गरेको हो। मन्त्रालयका अनुसार खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० स्थायी घर भएका डा. श्रेष्ठले वैशाख २३ गतेदेखि कार्यालयमा बिना जानकारी अनुपस्थित रहेकोले प्रहरी नियमावलीअनुसार खोज तलास गर्दा पनि सम्पर्कमा नआएकोले यो सूचना प्रकाशित गरिएको हो। मन्त्रालयले बाटोको म्यादबाहेक सूचना प्रकाशित भएको ७ दिनभित्र कार्यालयमा सम्पर्कमा नआएमा सेवाबाट बर्खास्त गर्ने पनि जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ भीमदत्त नगरपालिका–४ स्थित भाँसीमा म १ प ११४५ र म २ प ७६७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा शुक्लाफाँटा नगरपालिका–५ बनसमितका रुद्र बहादुर ओलीको मृत्यु भएको हो। महेन्द्रनगरबाट पूर्वतर्फ गइरहेका दुबै मोटरसाइकल आपसमा ठोक्किदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेशप्रसाद जोशीले बताए। दुर्घटनामा भीमदत्त नगरपालिका–६ का ५२ वर्षीय हरिदत्त जोशी घाइते भएका छन्। मृतक ओली शुक्लाफाँटा नगरपालिकाका कर्मचारी हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा घाइते हुने प्रहरीको सङ्ख्या ३० जना पुगेको छ । जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् । कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी अबिनारायण काफ्लेका अनुसार घाइते हुनेहरुमा आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर, योगेन्द्र मगर, सञ्जय ओझा, सौगात थापा, सुमन भुजेल र पुष्पराज श्रेष्ठको नाम खुलेको छ । अन्यको विवरण आउन बाँकी छ । बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको हो । घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो…

Read More