Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना प्रहरी अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले रिट दायर गरेका थिए। पद अनुसारको उमेरहदका कारण उनीहरू अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी किताबखानाले उनीहरूलाई अवकाशको पत्रसमेत पठाइसकेको छ। सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गरेको छ। प्रहरी अधिकृतहरूले दर्जागत उमेरका कारण अवकाश रोक्न अन्तरिम आदेश माग गरेका थिए। एआईजी ज्ञवालीसहित पाँच प्रहरी अधिकृतहरूले भदौ १२…

Read More

धनगढी: नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले आफू निर्मला पन्त हत्या प्रकरणलाई लिएर गम्भीर बनेको बताएका छन्। आज (बिहीबार) महेन्द्रनगर आयोजित एक पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले सो प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि बताए। पत्रकार सम्मेलनमा बोल्दै उनले सो विषय गम्भीर भएको जनाए। “यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ,” उनले भने। त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने पनि बताए। यस अगाडि निर्मला प्रकरणमा खासै बोल्नै नचाहेका लेखकले चर्को आलोचना भएपछि आफू अनुसन्धानका लागि गम्भीर बनेको बताएका हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३…

Read More

धनगढी: बैतडीमा बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ परेका छन्। जिल्लाको सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी बलात्कार आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता बलराम पाण्डेका अनुसार ३१ वर्षीया युवतीले आफूमाथि धामीले जबरजस्तीकरणी गरेको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी थिइन्। बिहीबार जाहेरी परेको र आजै धामीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले बताए। पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धामीले विभिन्न प्रलोभनमा पारी पटकपटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ। पीडित युवती…

Read More

काठमाडौं: नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहोराले उपत्यकाका प्रहरीका कार्यालयहरुको नामलाई लिएर प्रश्न उठाएका छन्। पूर्वआईजी बोहोराले सामाजिक सञ्जालमार्फत् प्रहरी ईकाईका विभिन्न नामलाई उपत्यका प्रहरी नामलाई पुनर्विजित गराएकोमा असन्तुष्टी प्रकट गर्दै अग्रगमनको नारायाले नथाल्ने सरकारले करिब ६ दशक अघि फर्किएको आभाष भएको जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले बुझ्न सकिन ! काठमाडौं उपत्यका भित्रका प्रहरी इकाईहरुका नाम परिसर , प्रभाग र वृत्त देखिन्छन । यी नाम महानगरीय प्रहरी ( Metropolitan police system ) का अवशेष हुन्। मित्र रास्ट्र भारतमा महानगरीय प्रहरी भएका शहरहरुमा यी नाम प्रचलित छन । ठुला शहरका लागि उत्तम ठानिएको यो प्रणाली विश्वभरीका शहरहरु…

Read More

धनगढी: नेपाल प्रहरीका चिफ (आइजीपी) पश्चिमका प्रहरी कर्मचारीसँग रिसाएका छन्। हिजो (बुधबार) कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयमा आइजी वसन्त बहादुर कुँवर प्रहरीसँग रिसाएका हुन्। गोप्य स्रोतका अनुसार आइजी सो कार्यालयको भवन उद्घाटनपछि आन्तरिक ब्रिफिङ तथा निर्देशन कार्यक्रममा प्रहरीका आचरणलाई लिएर रिसाएर चुर भएका थिए। उनले त्यस क्रममा नाम नलिएर एक एसएसपी जड्याहा भएको रिपोर्ट आफूलाई पुगेको पनि बताएका थिए। स्रोतको भनाईअनुसार आइजीले एक एसएसपीले दारुका बोतल च्याप्दै लगेर अफिसमै कुखुरा र दारु खाने गरेको कुरा सुनाएका थिए। यस्तै ती एसएसपीले व्यापारीबाट मदिरा लिने गरेको पनि आइजीले बताएका थिए। यस्तै फरक सन्दर्भमा आइजीले सुदूरपश्चिमका प्रहरीहरुले गुटबन्दी गर्ने गरेको बताएका थिए…

Read More

महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालय लफडा भएको छ। आज (बुधबार) परिक्षा केन्द्र रहेको सो विद्यालयमा ४ जना विद्यार्थीलाई निकालेपछि लफडा भएको हो। स्रोतका अनुसार जिल्लाको भीमदत्त नगरपालिका-४ मा रहेको महाकाली बहुप्राविधिक शिक्षालय प्राविधिकतर्फका विषयको परिक्षाको सेन्टर थियो। परिक्षा केन्द्र रहेको सो शिक्षालयमा गार्ड (निरीक्षक) ले ४ विद्यार्थीलाई हलबाट निकालेका थिए। आज प्राविधिक विषयतर्फका भेटेरिनरी र कृषितर्फको परीक्षा थियो। जसमा वैजनाथ मावि र फारवैस्टर्न स्कुल अफ मेडिसिनका विद्यार्थीहरुको परीक्षा थियो। शैक्षिक क्षेत्रका जानकारहरुले शिक्षा ऐनमा निरीक्षकले परिक्षार्थीलाई निकाल्न नपाइने बताएका छन्। तर निरीक्षकले ४ जनाको कापीमा रातो साइन हानेर निकालेको बताइएको छ। जुन शिक्षा ऐनविपरीतको कुरा हो। यस्तै शिक्षालय प्रमुख…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटी र नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डम्मरी महराबीच विवाद भएको छ । बुधबार स्थानीय सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी माग ल्याएर प्रदेश सभा सचिवालयमा पुगेका प्रदेशका ९ वटै जिल्लाका कर्मचारीसँगको छलफलमा उनीहरुबीच वादविवाद भएको हो । छलफलका क्रममा प्रदेश सभा सदस्य महराले करारका कर्मचारीलाई पनि स्थायी सरह सेवा सुविधा दिनेगरी कानून बनाउनुपर्ने बताएकी थिइन् । सोही बेला प्रदेश सभा सचिवालयका सचिव बोगटीले ‘पढेर आउनु पर्‍यो नि’ भनेपछि दुवै जनाबीच बोलाबोल भएको थियो । सचिव बोगटीलाई महराले ‘तपाईंको र मेरो क्वालिफिकेसनलाई अगाडि टेबलमा राखौं, के सोच्नुभएको…

Read More

धनगढी : सुदूरपश्चिममा बजेट शुन्यताको अवस्था भदौ अन्तिमसम्म रहने निश्चित भएको छ । सरकारले असोज पहिलो हप्ता सम्म मात्रै बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट ल्याउन केही समय लाग्ने बताएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले २१ भदौभित्र बजेट ल्याउने भने पनि आर्थिक मामिला मन्त्री थापाले तयारी नपुगेका कारण ढिला हुन सक्ने बताए । अघिल्लो सरकारले प्रदेशसभामा पेश गरेको बजेटका कार्यक्रम परिमार्जन र पुनरावलोकन गर्नुपर्ने भएकाले मन्त्रालयहरुले निर्धारित समयमा कार्यक्रम पेश गर्न सकेका छैनन् । ‘मन्त्रालयगत छलफल चलिरहेको छ । २२ गतेसम्म सबै मन्त्रालयको छलफल सकिन्छ होला । त्यसपछि २/३…

Read More

धनगढी : गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका छन्। बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका हुन् । मन्त्री लेखकले तिंकर नाका भएर मानसरोवरसम्म जाने धार्मिक पर्यटकलाई भित्र्याउनका लागि कार्यालय खोल्न लागेको बताए । ‘सरकारले कार्यालय खोलिदिन्छ, व्यवसायीले त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ,’ मन्त्री लेखकले भने, ‘धनगढीदेखि सीधै तिंकरसम्म हेलिकप्टर लिफ्ट गराउनुपर्ने हुन्छ ।’ मन्त्री लेखकले असोज दोस्रो साताभित्रै तिंकरमा अध्यागमन कार्यालय उद्घाटन गर्ने बताए । ‘मैले देशका तीन स्थानमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छु,’ उनले भने, ‘भारतसँगको बेलिया, चीनसँगको तिंकर र मस्ताङ पोरलाका छिट्टै नाका खोल्छौँ…

Read More

धनगढी : अछामको साँफेबगर नगरपालिका–८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै गरेको सुपप्र ०१००१ ज१२३८ नम्बरको जीप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । जीपमा नवदुर्गा गाउँपालिका–४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए । त्यसमध्ये आठ घाइते भएका छन् । घाइते हुनेमा चौरपाटी गाउँपालिका–१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८…

Read More