Author: महेन्द्रनगर पोष्ट

धनगढीः संयुक्त राष्ट्र संघीय शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली सेनाको अवस्था बुझ्न उपरथी दिपककुमार बानियाको नेतृत्वमा छ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ। आज कतार एयरवेजको उडान नम्बर क्यूआर ६४७ मा दोहा हुँदै टोली त्यता उडेको गएको बताइएको छ। भ्रमण दलमा उपरथी बानियासँगै जनरल जोतिन्द्र महत, रक्षा मन्त्रालयका सहसचिव मनोजकुमार आचार्य र परराष्ट्र मन्त्रालयका प्रतिनिधि छन्। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली सेनाको सञ्चालन र बन्दोबस्तीको निरीक्षण गर्न आज त्यता गएको टोली शुक्रबार फर्किने कार्यक्रम रहेको जनाइएको छ।

Read More

धनगढी : सशस्त्र प्रहरी बल मुख्यालयले मधेस प्रदेशको कमाण्ड सम्हालेका डिआइजी दिपेन्द्र शाहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । छिन्नमस्ता वाहिनी बर्दिबासमा कार्यरत डिआइजी शाहलाई आठ बाहिनीपति मध्ये उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो । देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनीपतिहरू मध्ये छिन्नमस्ता बाहिनीमा कार्यरत शाह उत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी बल हल्चोक मूख्यालय स्रोतले जनाएको छ । आठ वटा जिल्लाको कमान्ड रहेको सो बाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर गरेको थियो । मधेस प्रदेश सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा राजश्व छलीलाई समेत न्यूनीकरण गरेको भन्दै सो…

Read More

धनगढी : सुदूरपश्चिमसहित देशभर सशस्त्र प्रहरी बल नेपालले आफ्नो २३ औं सशस्त्र प्रहरी वार्षिकोत्सव मनाइरहेको छ। अस्तीबाट थालिएको वार्षिकोत्सबको कार्यक्रम माघ ९ गते समापन गरिने जनाइएको छ। जसमा अहिलेसम्म विभिन्न कार्यक्रमहरु सम्पन्न भएको र केही कार्यक्रम जारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका सूचना अधिकारी एसएसपी रमेश कुमार पाण्डेले जानकारी दिए। उनका अनुसार वार्षिकोत्सबको अवसरमा बाहिनी अन्तरगत कैलाली तथा मातहत गणहरु, गुल्महरु र बेस, विओपीहरुले रक्तदान, स्वास्थ्य शिविर, लागुऔषध सम्बन्धिका कार्यक्रम, लैङ्गिक हिंसा, मानव अधिकार तथा विपद् व्यवस्थापन सम्बन्धि विभिन्न स्कुल, कलेज, क्लब तथा समुदायमा जनचेतनामुलक कक्षा संचालन, न्यानो कपडा तथा खाद्यान्न वितरण, विभिन्न मठमन्दिर…

Read More

काठमाडौं : अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या गरेको मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले पञ्चा सिंहलाई जिल्ला अदालत सुर्खेतले पक्राउ गर्न अनुमति दिएको जानकारी दिए । २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरिएको घटनामा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यता सिंहले भने आफूलाई पक्राउ पुर्जी जारी गरिएको विषयमा आधिकारिक जानकारी नपाएको बताइन् । आफूले पनि बाहिरी हल्ला सुनेको भएपनि यसबारे औपचारिक जानकारी नआएको उल्लेख गरिन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ। सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरिसकेको सरकारले अहिले विभिन्न चरणमा छलफल सुरु गरेको हो । सुदूरपश्चिममा शिक्षासम्बन्धी विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको अन्तरक्रिया गरिसकेको प्रदेश सरकारले अहिले यस विषयमा काठमाडौँमा थप छलफल र अन्तरक्रिया गरिरहेको छ। सरकारले प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी मस्यौदा निर्माणमा सल्लाह सुझाव प्रदान गर्न, विश्वविद्यालयको स्थान यकिन तथा जग्गा प्राप्तिसम्बन्धी कार्यमा मन्त्रालयलाई राय सुझाव दिन र विश्वविद्यालय स्थापना तथा सञ्चालनका लागि आवश्यक पर्ने अन्य व्यवस्थापकीय कार्यमा मन्त्रालयलाई सहयोग गर्ने सेवा सुविधा पाउने गरी डा। लवदेव अवस्थी संयोजक रहने गरेर तीन सदस्यीय कार्यदल गठन…

Read More

धनगढी : नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा न्युजिल्यान्डले दिएको ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा तेस्रो विकेट गुमाएको छ । कप्ताल देव खनाललाई ३४ बलमा ३६ बनाएर आउट भएका छन् । यसअघि नेपालले आकाश त्रिपाठीलाई २ रनमा र इनिङको तेस्रो बलमै ओपनर दीपक बोहरालाई गुमाएको थियो । जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल १६ ओभरमा ३ विकेटको क्षतिमा ७७ रन बनाएको छ । अर्जुन कुमाल ४५ बलमा २१ रन बनाउदै क्रिजमा छन् । उनलाई साथ दिन उत्तम थापा मगर आएका छन् ।

Read More

धनगढी : पूर्वसांसद तथा संविधानसभा सदस्य इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । उनीहरुलाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो । तामाङसँगै उनकी श्रीमती सिर्जना शाक्य तामाङमाथि सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको अर्को गम्भीर आरोप पनि छ । आज विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरेको हो । आज भएको ठहरको कसूर निर्धारण माघ २१ गतेको इजलासमा हुने बताइएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन्। आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभाले आइतबार प्रदेश सभा दिवस मनाएको छ । सो अवसरमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी र जवाफदेही हुनु पर्ने बताए । सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सरकारका कारण सङ्घीयता र गणतन्त्र कमजोर भइरहेको बताए । उनले प्रदेश सभालाई सरकारले कामविहीन बनाएको बताउदै प्रदेश सभाका कर्मचारीले अझै मर्यादाक्रम बारे जानकारी नराखेर काम गरिरहेको बताए । छोटो बोल्नु पर्यो भन्दै दिइएको चिटमा पनि नेता रावलले आक्रोश पोख्दै, म नबोलौ छोडेर जाउ, आजको दिनमा पनि बोल्न नदिने भनेका…

Read More

धनगढी : आइसिसी यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले स्नेहिथ रेडीको शतकमा ८ विकेटको क्षतिमा ३०२ रन जोड्यो । रेडीले नटआउट १४७ रन जोड्ने क्रममा १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। कप्तान ओस्कार ज्याकसनले पनि उत्कृष्ट ब्याटिङ गरे।ज्याकसनले ७५ रन जोड्ने क्रममा ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। ४१.५ ओभरमा आउट हुनुअघि उनले चौथो विकेटका लागि रेडीसँग १५७ रनको साझेदारी गरेका थिए। ज्याकसनलाई चौथो विकेटको रुपमा आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बोल्ड गरे। त्यसअघि न्युजिल्यान्डले १४.३ ओभरमा…

Read More