धनगढी : नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा न्युजिल्यान्डले दिएको ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा तेस्रो विकेट गुमाएको छ । कप्ताल देव खनाललाई ३४ बलमा ३६ बनाएर आउट भएका छन् । यसअघि नेपालले आकाश त्रिपाठीलाई २ रनमा र इनिङको तेस्रो बलमै ओपनर दीपक बोहरालाई गुमाएको थियो ।
जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल १६ ओभरमा ३ विकेटको क्षतिमा ७७ रन बनाएको छ । अर्जुन कुमाल ४५ बलमा २१ रन बनाउदै क्रिजमा छन् । उनलाई साथ दिन उत्तम थापा मगर आएका छन् ।
Facebook Comments Box