धनगढीः संयुक्त राष्ट्र संघीय शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली सेनाको अवस्था बुझ्न उपरथी दिपककुमार बानियाको नेतृत्वमा छ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ।
आज कतार एयरवेजको उडान नम्बर क्यूआर ६४७ मा दोहा हुँदै टोली त्यता उडेको गएको बताइएको छ। भ्रमण दलमा उपरथी बानियासँगै जनरल जोतिन्द्र महत, रक्षा मन्त्रालयका सहसचिव मनोजकुमार आचार्य र परराष्ट्र मन्त्रालयका प्रतिनिधि छन्।
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली सेनाको सञ्चालन र बन्दोबस्तीको निरीक्षण गर्न आज त्यता गएको टोली शुक्रबार फर्किने कार्यक्रम रहेको जनाइएको छ।
Facebook Comments Box