Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा सर्वाधिक धनराशिको पुरुष र महिला खुला भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ। भागेश्वर माध्यमिक विद्यालय कटालको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको सोमबार एक कार्यक्रमका बीच प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले उद्घाटन गरे। विशिष्ट अथितिको रूपमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, उपप्रमुख विमलाकुमारी बोहरा महता, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की रहेका थिए। उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा लोक डेउडा गायक रमेश मल्ल, सुधीर जैरू, डेउडा तथा हास्य कलाकार जेआर भट्ट, मोडेल डान्सर…

Read More

काठमाडौं : बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले उनीहरुलाई १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो । यो अवधिमा प्रहरीले तीनै जनाको बयान सकेको छ । तर, थप अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले फेरि…

Read More

धनगढी : कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका विद्यार्थीहरू बिच झडप भएको छ । पशुपति मा.वि. गोप्काका विद्यार्थीहरू बिच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थी पक्राउ गरिएको र उनीहरूको साथबाट खुकुरी र नक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुददीप चन्दले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Read More

धनगढी : रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले प्रहरीमा जाहेरी बुझाएका छन् । पीडितहरुले कास्की प्रहरीमा जाहेरी बुझाएका हुन् । उनीहरूको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भएको छैन । जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन् । संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्ध पनि आरोप छ ।यसबाहेक उनीहरू निकटका सहकारीविरुद्ध पनि जाहेरीमा नाम छ । छानबिन समितिको प्रतिवेदन अनुसार मनपरी रुपमा पैसा गएको देखिन्छ…

Read More

काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् । चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । व्यक्तिगत कारणले भन्दै चन्दले शनिबार राजीनामा दिएका थिए । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो । उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ । डीआईजी चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको फिर्ता गएइएको बुझिएको छ । विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट…

Read More

कञ्चनपुरः कञ्चनपुरमा भारतीय नम्बरको जीप बरामद गरिएको छ। जिल्लाको बेदकोट नगरपालिका-५ घुर्सुवा खोलाबाट यूपी १४ बीएम ४७८६ नम्बरको भारतीय जीप हिजो (आइतवार) बरामद गरिएको हो। बेवारीसे अवस्थामा फेला परेको १५ लाख मूल्य बराबरको उक्त जीप भन्सार कार्यालय गडुडाचौकी पठाइएकोजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।

Read More

काठमाडौं :भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल स्टेशन को प्रमुखको रूपमा सुब्रत दास आउने भएका छन्। राघवप्रसाद भट्नागर कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेसँगै नयाँ प्रमुखका रूपमा दास नेपाल आउन लागेका हुन्। दास यसअघि भुटान प्रमुख थिए। हाल बंगलादेशमा रहेका उनलाई काठमाडौं ल्याउन लागिएको स्रोतले बतायो। भट्नागर जिम्मेवारी सम्हाल्न तीन वर्षअघि २०७७ माघ ३० गते नेपाल आएका थिए। विशालनगरस्थित उनको निवासमा आइतबार राति बिदाइ पार्टीको आयोजना गरिसकिएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि नेपाल भ्रमण गर्ने सम्भावना बढेको छ। उच्च स्रोतका अनुसार आगामी अप्रिल र मे महिनामा हुने भारतीय लोकसभा निर्वाचनअघि उनले आशिर्वादका लागि पशुपतिनाथको दर्शन गर्न खोजेको बताइएको…

Read More

काठमाडाैं: निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा गरी रिक्त २३ स्थानमा निर्वाचन हुने भएकाले यसअघि नाम छुटेका वा उमेर पुगेका नागरिकलाई नाम दर्ता गर्न आह्वान गरेको हो। २०७९ साल वैशाख १० गते स्थानीय तह र २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी २३ पद रिक्त रहेको आयोगले जनाएको छ। आयोगले रिक्त पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक…

Read More

काठमाडाैं : गोपाल दियालले बिहे गरेको एक वर्ष मात्रै भएको छ । लगनगाँठो कसेपछि श्रीमती पुनमसँग छुट्टिएर उनी रोजगारीका लागि विदेश गए । तर, बिहे गरेर कतार गएका उनी आज घर फर्किदैछन् । किनकी उनको घरमा ठुलो बज्रपात परेको छ । उनले आमा र श्रीमतीलाई सँगै गुमाएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–१ मालममा उक्त दुःखद घटना भएको हो । महिनावारी भएकी २६ वर्षीय पुनम हिजो राति घरको तल्लो कोठामा सुतेकी थिइन् । उनलाई एक्लै बसाउनु हुन्न भन्ने सोचेर ६० वर्षीया सासु धौलीदेवी दियाल उनको कुरुवा बसिन् । डडेल्धुराको चिसोलाई छल्न उनीहरुले कोठामा आगो बालेका थिए । तर, उनीहरुले थोरै झ्याल…

Read More

कञ्चनपुर : थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । “अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका राजेश रानाले भने, “पुराना काठका घर विस्थापित हुँदैछन् ।” काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन् । घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन् । तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन् । धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडीका मदन…

Read More