Author: महेन्द्रनगर पोष्ट

धनगढी : गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको हो । २०४६ साल जेठदेखि सार्वजनिक पदमा पुगेका उनले यो अवधिमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दावी छ । अख्तियारले सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती गीता पौडेल कोइरालाबिरुद्ध पनि मुद्दा दायर गरेको छ ।

Read More

कञ्चनपुर : कञ्चनपुरबाट मोटरसाइकलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। बेलडाडी गाउँपालिका–१ सिद्धचोकका २१ वर्षीय प्रशान्त सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई से ५ प ६३९७ नम्बरको मोटरसाइकलसहित आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। धामीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ। प्रहरीका अनुसार यही पुष १९ गते बेलडाँडी–२ स्थित साना किसान कृषि सहकारी संस्था अगाडि पार्किङ गरी राखेको बेलडाँडी–३ सिमलडाँडीका खुसीराम चौधरीको मोटरसाइकल चोरीको आरोपमा उनलाई पक्राउ गरेको हो। उक्त मोटरसाइकल पुस १९ गते चोरी भएको थियो।

Read More

धनगढी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको ट्रफी सार्वजनिक गरिएको छ।आयोजक सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आज ट्रफी सार्वजनिक गरेको हो। सार्वजनिक कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहरालगायतको सहभागिता रहेको थियोे ।उक्त कार्यक्रममा दुई टोलीका कप्तानहरूले आफूहरू ट्रफी जित्न तयार रहेको बताएका छन्। उपाधिका लागि मंगलबार बैतडी र कैलाली भिड्दैछन्।समूह चरणका ४ खेलबाट ३ खेल जित्दै अंकतालिकाको शिर्ष स्थानमा रहदै फाइनल पुगेकाले उपाधि जित्नेमा ढुक्क रहेको बैतडीका कप्तान वसन्त खत्रीले बताउनुभयो । समूहचरणमा खेलमा गरेका गल्तीलाई सुधार्दै ट्रफी उचाल्नेमा ढुक्क रहेको कप्तान खत्रीको दाबी छ।राष्ट्रिय प्रतियोगिता खेलेका सिनियर र जुनियर खेलाडी…

Read More

धनगढी : नेपालमा सोमबार पहिलो पटक कोभिड १९ को पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट जेएन १ संक्रमण पुष्टि भएको छ । भारतमा भने यो भेरियन्ट पहिलो पटक मंसीर २२ मा कारकुलमामा फेला परेको थियो । भारतमा यो भेरेयन्टका कारण केहीको मृत्युसमेत भइसेकेको छ । तर नयाँ भेरियन्ट जेएन–१ त्यति धेरै घातक भने नभएको बताइन्छ । कोभिड विशेषज्ञ समितिका सदस्य डा अनिश टीएसले भनेका छन्, ‘ १०० पोजिटिभ केसमध्ये ५० प्रतिशतमा यो भेरियन्टले कुनै लक्षण देखापर्दैन। यो भेरियन्ट घातक नभएता पनि अत्यधिक संक्रामक रहेको छ । जेएन– १ एक व्यक्तिबाट अर्को व्यतिमा फैलन भने समय लाग्दैन् । विश्व स्वास्थ्य संगठनले…

Read More

धनगढी : कैलालीको भजनी क्षेत्रबाट अवैध रुपमा भित्र्याइएको करिब ६० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।सोमबार अवैध रुपमा नेपाल भित्रीदै गरेको सुर्तीजन्य पदार्थ तथा प्लास्टिक सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोलीले बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। जिल्ला अदालतले आइतबार उनीहरूलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थुनामा पठाउने आदेश गरेको हो। यो सँगै उनीहरूलाई कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकर बहादुर राईको इजलासले सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। यो मुद्दामा २ जना फरार रहेका छन्। दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि थप तस्करीबारे खुलेको थियो। विमानस्थल भन्सार कार्यालयले अनुसन्धानका क्रममा यो समूहले १३८ किलो सुन तस्करी गरेको भन्दै सोही बराबर बिगो र जरिवाना दाबी गरेको छ।…

Read More

धनगढी : ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन-१ नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन-१ को सङ्क्रमण पुष्टि भएको हो । प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन १ नेपालमा पहिलो पटक पुष्टि भएको छ । हाल विश्वका केही देशहरुमा कोभिड-१९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ को जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी…

Read More

धनगढी : गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला बाजुराको त्रिवेणी नगरपालिकामा भएको हत्याका आरोपीलाई साधारण तारेखमा छाड्ने सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै संसदमा निवेदन परेको छ । मृतकका बुबा गगने अयडीले सभामुखलाई सम्बोधन गरिएको पत्र संसद सचिवालयमा बुझाएका छन् । प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आरोपीलाई साधारण तारेखमा छाड्न पुस १९ गते आदेश गरेको थियो । उक्त आदेशमा न्यायधीशबाट न्यायिक विचलन भएको तथा कानूनमन्त्री धनराज गुरुङ र सरकारको दबाब देखिएको निवेदकको दाबी छ । २०७९ मंसिर ४ गते चेतन अयडीको सुतिरहेको अवस्थामा हत्या भएको थियो । त्यसपछि मृतकका…

Read More

काठमाडौं : आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक वाम अप खेलमा स्कटल्यान्डविरूद्ध २८४ रन जोडेको छ। पहिले ब्याटिङ गरेको खेलमा नेपाल ४९.२ ओभरमा २८४ रनमा अलआउट भयो। नेपालका लागि गुल्सन झाले शतक प्रहार गरे। उनले ११४ रन जोडेका हुन्। यस्तै दिपक बोहराले नटआउट ५८ रन जोडेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ। यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ुडीु मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्। नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग औपचारिक…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गितादेवी माल सोमबार कार्यालय समयमै ‘मोडल अवतारमा’ देखा परिन् । राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेद्धारहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने समयमा मन्त्री माल मोडल अवतारमा देखिएपछि सबै चकित परे । मन्त्रीको गाडीमा झण्डा हल्लाउदै प्रदेश निर्वाचन कार्यालय पुगेकी मन्त्री मालले औपचारिक पोसाक समेत लगाएकी थिइनन् । उनी जुत्ता, फिटिङ पाइन्ट, स्वीटर र ज्याकेटसहित झण्डावाला गाडीमा त्यहाँ पुगेकी थिइन् । मन्त्री मालले पदीय मर्यादा बिर्सिएको र अनौपचारिक पोशाक लगाएर राष्ट्रियसभाको निर्वाचन कार्यालयमा पुगेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । माओवादी केन्द्रबाट राष्ट्रियसभामा मनोनयन दर्ता गराएकी रेनु चन्दको प्रस्तावक बनेकी माल…

Read More