Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक समातिएका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, खरिबोट बस्ने सर्लाहीका २६ वर्षीय अनमोल रामलाई प्रहरी कुटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले चन्द्रागिरी–३, थानकोट बसपार्कस्थित सवारी चेकजाँचमा खटिएका प्रहरीलाई कुटपिट गरेको बताइएको छ। हिजो राति प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरी टोलीले त्यहाँ चेकजाँच गरिरहेको थियो। सो क्रममा नागढुंगाबाट आउँदै गरेको बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुई पक्षबीच हात हालाहालको अवस्था हुँदा प्रहरीको एक थान हेण्ड सेट फुटेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Read More

धनगढी : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतकाे कार्यालय पुगेर सत्तारूढ गठबन्धनले उम्मेदवारी दर्ता गराएकाे हाे। अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बाेहरा(कञ्चनपुर) र महिलातर्फ माओवादी केन्द्रकि रेनु चन्दले उम्मेदवारी दर्ता गराएका हुन्।

Read More

धनगढी :  ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतकाे कार्यालय पुगेर एमालेका उम्मेदवार ले उम्मेदवारी दर्ता गराएका हुन्। अल्पसंख्यक तथा अपांगतातर्फ रामचन्द्र जाेशी (कैलाली), अन्यतर्फ ईश्वरीेप्रसाद खरेल (कञ्चनपुर) र महिलातर्फ सावित्रा घिमिर(कैलाली)ले उम्मेदवारी दर्ता गराएका हुन्।

Read More

धनगढीः नेपाली र भोजपुरी सिनेमाहरूमा अभिनय गरेका डडेल्धुरा घर भएका कलाकार पुष्कर भट्ट सम्मानित भएका छन्। एक सयभन्दा बढी फिल्महरूमा गुण्डाको अभिनय गरेका भट्टलाई गुरूङ ल्होसारको अवसरमा सम्मान गरिएको हो। भट्टलाई २२ गते क्यानाडाको गुरूङ कोअपरेटिभ सोसाइटी लन्दन ओन्टारियोले गुरूङ ल्होसारको अवसरमा सम्मानित गरेको हो। सोसाइटीको तर्फबाट आयोजित कार्यक्रममा भट्टलाई अध्यक्ष शान्ति गुरुङ र उपाध्यक्ष लाल गुरुङले सम्मान गरेका हुन्। कला र समाजसेवाको माध्यमबाट योगदान पुगाएको भन्दै कलाकार भट्टलाई सम्मानित गरिएको सोसाइटीले जनाएको छ।

Read More

काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग कर्णाली पराजित भएको छ। सोमबार भएको सुदूरपश्चिम र कर्णालीको खेलमा सुदुरपश्चिमले कर्णालीलाई पराजित गरेको हो। सुदूरपश्चिमले पहिलो सेट २५–२१ ले जित हात पार्दा दोस्रो सेट भने कर्णालीले २५–२१ ले नै खेल आफ्नो पक्षमा फर्काएको थियो। त्यसपछिका दुई सेट सुदूरपश्चिमले २५–१८ र २५–२३ ले नतिजा हात पारेको थियो। यसअघि भएको खेलमा सुदूरपश्चिम आर्मी र गण्डकी प्रदेशसँग पराजित भएको थियो। आजै भएको अर्को खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो। तीनवटै विभागीय टोली आर्मी, नेपाल प्रहरी, साबिक विजेता एपीएफ तथा गण्डकीले प्रतियोगितामा समान २ खेल जितेका छन्।…

Read More

काठमाडौं : चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको छ। चितवन प्रहरीले उनीहरु दुबै जना भारतीय नागरिक रहेको खुलेको जनाएको छ दुबै जना भारतको मोतिहारीका रहेको प्रहरीले जनाएको हो। गत मंसिर ६ गते चितवन महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको थियो। अन्दाजी २८-३० वर्षका महिला र पुरुषको शव भेटिएको तर पहिचान हुन नसकेपछि प्रहरीले उनीहरुको स्केच सार्वजनिक गरेको थियो। हुलिया र स्केच सार्वजनिक गरेको करिब डेढ महिनापछि शवको पहिचान भएको प्रहरीले जनाएको छ। शवको पहिचनासँगै उनीहरुको हत्यामा संलग्न व्यक्तिको समेत पहिचान भएको प्रहरीले जनाएको छ। हत्या गर्ने व्यक्ति भारतीय नागरिक नै रहेको र उनी…

Read More

काठमाडौं : सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।   प्रहरीका अनुसार भारत तस्करी हुन लागेको तीन क्विन्टल गाँजा र दुई जनालाई आइतबार राति कोशी गाउँपालिका ६ कोशी कटानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशी गाउँपालिका ५ का मोहम्मद सागर मियाँ छन्। को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा गाँजा बरामद गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। ८ वटा बोरामा राखिएको गाँजाका साना पोकाहरूमा पनि बरामद भएको प्रहरी भनाइ छ। भोजपुरबाट सप्तकोशीको जलमार्ग हुँदै गाँजा सुनसरी ल्याइपुर्याएको प्रहरीको भनाइ छ। ट्याक्टरमाथि बालुवा र तल गाँजा राखेर…

Read More

बेदकोट: भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ। हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए। ‘भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ-छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ’, उनले भने , ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ।’ हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ । गौरिफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन्। कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना संकलन गरेर…

Read More

धनगढी: भारतबाट सुदूरपश्चिममा ड्रग्स (लागुऔषध) सप्लाई गर्ने डिलरका मालिक र तस्करलाई प्रहरीले पछिल्लो समयमा धमाधम पक्राउ गर्दे आएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड डीआईजी भरतबहादुर बोहराले सम्हालेपछि ड्रग्स तस्कर र डिलरलाई नियन्त्रण गर्नमा थप तीव्रता दिइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणअनुसार २०७७ फागुन १७ गतेदेखी हालसम्म १८ जना ड्रग्स सप्लाई गर्ने डिलर र तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीआइजी भरतबहादुर बोहराले दिएको जानकारी अनुसार १६ जना भारतीय नागरिक नेपाली जेलमा छन्। जसमा उत्तर प्रदेशका नितिन गुप्ता, धर्मेन्द्र कुमार, शुभम भासीन र महेन्द्र सिंह रहेका छन्। पिलिभित भारतका सुच्चा सिंह, मनतोष हिरा, सोना सिंह, सुखदेव सिंह, बलजित सिंह र…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई अयोध्या श्रीराम जन्मभूमिमा हुने प्राण प्रतिष्ठा समारोहमा निमन्त्रणा आएको छ । पौष, शुक्ल द्वादशी बिक्रम सम्बत २०८० सोमवार ९२२ जनवरी २०२४० मा हुने उक्त समारोहमा नगर प्रमुख गोपाल हमाललाई निमन्त्रणा आएको हो । उनलाइ श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट निमन्त्रणा आएको हो । श्रीरामलिलाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघका संघचालक मोहन भागवत, उत्तर प्रदेश सरकारका राज्यपाल श्रीमती आन्नदी बेन पटेल, उत्तर प्रदेश सरकारका मुख्य मन्त्री आदित्यनाथ योगी, श्रीराम जन्मभूमी तीर्थ क्षेत्रका अध्यक्ष पुज्य महन्त नृत्यगोपाल दास, सन्त समाज, समाजिक आध्यात्मिक व्यक्तित्वहरूको उपस्थितिमा…

Read More