धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलन सरेको छ।
आउँदो फागुन २३ र २४ गते हुने भनिएको लगानी तथा विकास सम्मेलनको तयारी नपुग्ने भन्दै मिति सारिएको हो।
सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री तथा परिषद्को माघ १२ गते बसेको बैठकले तत्कालको लागि सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।
तर, सो निर्णय भने प्रदेश सरकारले हालसम्म सार्वजनिक नगरेको पाइएको हो।
एक कार्यक्रममा मुख्यमन्त्री शाहले आउँदो वर्ष २०८१ असोज २१ र २२ गते आयोजना गर्ने गरी मिति सारिएको जानकारी दिए।
पछिल्लो समय लगानी सम्मेलनको विरोध हुँदै आएको थियो। प्रदेश सभामा पनि सांसदहरुले सम्मेलनको विरोध गर्दै आएका थिए।
Facebook Comments Box