Author: महेन्द्रनगर पोष्ट

धनगढी :नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ। सुदूरपश्चिम प्रदेशमा तीनै सिटमा एमालेले उम्मेदवार टुंग्याएको हो। ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए। नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको छ। राष्ट्रियसभा चुनावका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

Read More

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु आदेश जारी भएको छ। नगर अस्पताल स्वामित्वका विषयमा झडप हुँदा गएकाे शुक्रवार एक जनाको ज्यान गएपछि कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो शनिवार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको थियो। तर स्थानीयले प्रदर्शनलाई जारी राखेपछि प्रशासन कार्यालयले आज आइतवार फेरि कर्फ्यु आदेश जारी गरेको हो। आज दिउँसो पौने १ बजेदेखि लागू भएको कर्फ्यु भोलि साेमवार बिहान ८ बजेसम्म कायम रहने प्रशासन कार्यालयले जनाएको छ। शुक्रवार भएको झडपमा बरहथवा–५ का जयशंकर शाहको ज्यान गएको थियाे। उहाँको शव अझै सडकमै रहेको छ। स्थानीयले आफूहरूकाे माग पूरा नभएसम्म शव उठाउन नदिने अडान राखेका छन्।…

Read More

पोखरा- नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए। “पछिल्लो समय बैंकिङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा बढेका छन्। गण्डकी प्रदेशमा मात्र गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई सय प्रतिशतले त्यस्ता घटनामा वृद्धि आएको पाइएको छ”, महानिरीक्षक कुँवरले भने, “आर्थिक अपराधका घटनाले व्यक्ति वा कुनै संस्थालाई मात्र नभइ…

Read More

काठमाडौं : चन्द्रागिरि नगरपालिका-४को कार्यालय नयाँ नैकापमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार पन्तविरूद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। उनले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना पाएपछि खटिएको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले आइतबार मुद्दा दायर गरेको हो। अख्तियारले २५ हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार तीन महिना कैद र जरिवाना मागदाबी गरेको छ।

Read More

बैतडी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे आजकाे खेलमा बैतडी र कैलाली भिड्दैछन्। फाप्ला मैदानमा कैलालीले टस जितेर पहिला ब्याटिङ गरिरहेकाे छ। बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३० ओभरमा झारिएकाे छ। लगातार तेस्रो जित हात पारेकाे बैतडी आजकाे खेल जित्दै फाइनलमा सुरक्षित हुन चाहन्छ। यसअघि खेलेका तीनमध्ये दुई खेलमात्रै जितेकाले कैलालीलाई फाइनल पुग्न आजकाे खेल जित्नै पर्ने दबाव छ। यद्यपि आजकाे खेल बैतडीले जितेमा कञ्चनपुर फाइनलमा पुग्नेछ। कञ्चनपुरले चारमध्ये तीन खेल जितेकाे छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि शुरू भएको…

Read More

काठमाडौं : सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो। नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।

Read More

काठमाडौं : साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य आइतबार पनि स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४६ अमेरिकी डलरमा कारोबार…

Read More

काठमाडौं : संयुक्त अरब इमिरेट्सको दुबईबाट काठमाडौं आएकी श्रीलंकाली महिला अवैध एक किलोग्राम सुनसहित फेला परेकी छन्। फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा मध्यरात साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेकी कान्थीमाथि काभास्कारले शरीरभित्र लगाइरहेको ब्रा र पेन्टीभित्र हालेर उक्त परिमाणको धुलो सुन ल्याएको बताइएको छ। श्रीलंकाली राहदानी नम्बर ८१५१३८५ वाहक ती महिलालाई विमानस्थलको भन्सार क्षेत्र कटेर बाहिर निस्कने क्रममा प्रहरीले शंकाको आधारमा चेक जाँच गरेको थियो। सुनसहित ती महिलालाई राति नै प्रहरी वृत्त गौशाला पठाएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : लडाकु समूह हमास र इजरायलबीच भइरहेको युद्धको तीन महिना पूरा भएको छ। गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो। त्यसबेला १० जना नेपालीसहित केहीले ज्यान गुमाएका थिए। हमासले नेपालका विपीन जोशीसहित २ सय ५० जनालाई बन्धक बनाएको थियो। पछि अस्थायी युद्धविरामका क्रममा केहीलाई मुक्त गरे पनि विपीनसहित एक सय ३२ जना अझै हमासको नियन्त्रणमा रहेका अनुमान छ। नेपालले यो बीचमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका जोशीको रिहाइका लागि केही प्रयास गरे पनि अवस्था अझै थाहा हुन सकेको छैन। परराष्ट्रमन्त्री एनपी साउदले जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउँदै आएका छन्। इजरायल…

Read More

काठमाडौं : गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ। गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको छ। कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव प्रदान गर्न सार्वजनिक अनुरोध गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। मन्त्रालयले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा उक्त समिति बनाएको छ। समितिले अहिले अध्ययन गरिरहेको छ। अध्ययनपछि समितिले गृह प्रशासन सुधारका लागि चाहिने योजना र रायसहितको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाउने छ। सोही प्रतिवेदनका आधारमा सुधारका काम अघि बढाइने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्। सुझावमा…

Read More