Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। शुक्रबार अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन्। अध्यक्ष ओली र सभापति लामिछानेबिच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ। उक्त मुद्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते दर्ता गरेका थिए। मुद्दाको पेसी न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ। तत्कालीन समयमा प्रचण्डले अदालतले समेत आफूहरुलाई घेराबन्दी पारिरहेको र षडयन्त्रमा अदालतको पनि हात रहेको अभिव्यक्ति दिएका थिए। शुक्रबार न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको मात्र पेसी तोकिएकाले फैसला हुने सम्भावना छ।

Read More

डडेल्धुरा: नेपाल सरकारले देशका विभिन्न १० वटा सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुरूप सदरमुकाम अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन भएको छ । अमरगढी सहरभित्रका सडक स्तरोन्नतिका लागि नयाँ सहर आयोजना समन्वय कार्यालयमार्फत ९१ करोड रुपियाँ बजेट विनियोजन भएको हो। २०७५ सालमा अमरगढी स्मार्ट सिटी निर्माण गुरु योजना (मास्टर प्लान) तयार गरिएको थियो। नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौँले अमरगढी स्मार्ट सिटी अन्तर्गत बागबजार–टुँडिखेल–हस्पिटल–रिङ रोड र लिङ्क रोडहरू गरेर १६.८४४ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्य भइरहेको कार्यालयका इन्जिनियर मोनिका महर्जनले जानकारी दिइन्। पर्यटकीय, व्यापारिक र कृषि उत्पादनका लागि प्रख्यात ठाउँहरूलार्ई थप व्यवस्थित बनाइ स्मार्ट सिटीको परिकल्पना…

Read More

काडमाडौं : भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। जयशङ्करले ट्वीट गरी नेपाली क्रिकेट टोलीका पदाधिकारी तथा सदस्यसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको र नेपालमा क्रिकेटको विकासका लागि पनि सहयोग गर्ने बताएका छन्। उनले हिजो बेलुका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र खेलाडीलाई भेटेका थिए। नेपालले यसैवर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्दैछ।

Read More

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं : नेकपा एमालेका नेता डा भीम रावलले भारतीय दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको विरोध गरेका छन्। नेता रावलले सामाजिक सञ्जालमा लेख्दै दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको भर्त्सना गरेका हुन्। उनले नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सशक्त रूपमा निन्दा र विरोध गर्न सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफुखुशी २० करोडका आयोजना संचालन गर्नपाउने कुकृत्य भारतीय विदेशमन्त्री एस् जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदांग…

Read More

धनगढीः कैलालीमा पार्किङ गरेर राखेको मोटरसाइकलमा आगलागी भएको छ। जिल्लाको कैलारी गाउँपालिका–३ रानामुडाँका हरिप्रसाद चौधरीको मोटरसाइकलमा बुधवार आगलागी भएको हो। घरको आगनमा पार्किङ गरेर राखेको से २ प २९९४ नम्बरको मोटसाइकलमा एक्कासी आगलागी भई जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा भन्सार छलिका सामानसहित डोटीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ ब्यारेल अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको सामानसहित डोटी शिखर नगरपालिका-१ का ३० वर्षीय पदमबहादुर साउँद बिहीवार साँझ पक्राउ परेका हुन्। उक्त मूल्य बराबरका गाडीका पार्टपुर्जा (ब्लकहोल्डर, ग्लयान्डर मेसिन, गाडीको हर्न, रेगुलेटर, फोर पिन रिले, टर्मिनल, बेरिङ्ग लगायत सामानसहित साउँद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए। यस्तै धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अन्दाजी २४ हजार ४ सय १० मूल्य बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामान बरामद गरिएको छ।…

Read More

काठमाडौं : सरकारले समयमा काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले ठेक्का तोडेको जनाएको हो। श्री देव निर्माण एण्ड सप्लायर्स प्रालि गढी ६ सुनसरी र श्री डाइनामिक कन्स्ट्रक्सन तार्केश्वर काठमाडौंको ठेक्का तोडिएको सूचनामा उल्लेख छ। उक्त कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नुका साथै बाँकी काम सम्पन्न गर्न सरकारी नियम अनुसार असुल उपर गरिने भएको छ।

Read More

धनगढीः सुदूरपश्चिममा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीवार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदुरपश्चिम भित्रिएका छन्। सुदुरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल २५६ जनामा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार प्रदेशभित्र यो सँगै कोरोना संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ।

Read More