Author: महेन्द्रनगर पोष्ट

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधन भएको छ। ५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन्। पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो। उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

Read More

बझाङ : बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। २५ सय क्विन्टल चामल ढुवानी हुनुपर्नेमा साइपालमा ५ सय क्विन्टल चामल मात्रै पुग्दा अभाव भएको हो। ठेकेदारहरुको लापर्वाहीका कारण चामल कम ढुवानी भएको साइपाल-१ का वडाध्यक्ष नरेन्द्र धामीले बताए। जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी खाद्य व्यापार तथा कम्पनीमा पत्राचार गर्दा पनि कुनै पहल नभएको उनले बताए। खाद्य संस्थानमा चामल अभाव भएपछि महंगोमा चामल किनेर खानुपर्ने अवस्था आएको वडाध्यक्ष धामीले बताए।

Read More

कैलाली : हिजो(बुधबार) कैलालीको धनगढीमा न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री मापन गरिएको थियो। जुन यो वर्षको हालसम्मकै कम रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले जनाएको छ। पछिल्लो केही दिनयता अत्यन्तै चिसो हुन थालेपछि कैलाली र कञ्चनपुरका ४ पालिकाले विद्यालयमा दुई दिन जाडो बिदा दिएका छन्। कैलालीको गौरीगंगा, कञ्चनपुरका बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले दुई दिन बिदा दिएका हुन्। चिसोले नियमित पठनपाठन प्रभावित भएको भन्दै ती पालिकामा माघ ४ र ५ गते विद्यालयहरुमा जाडो विदा दिइएको हो। विदाको समयमा विद्यालयको प्रशासनिक काम भने सुचारु रहने जनाइएको छ।

Read More

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ ।

Read More

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ। देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ। कोशी,…

Read More

काठमाडौँ : १५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग  टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो।   उनलाई घुस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

Read More

कैलाली : कैलालीको गोदावरी नगरपालिकाको कार्यालय फेरि उद्घाटन गर्ने तयारी गरिएको भन्दै नेकपा एमालेले गोदावरी कमिटीले विरोध जनाएको छ । बुधबार नगर पार्टी कार्यालय अत्तरिया पत्रकार सम्मेलन गर्दै पुनः उद्घाटन गर्ने कार्य तत्काल माग गरेको छ । एमाले नेताहरूले गोदावरीका मेयर जन जीविकाका विषयमा गम्भीर हुनुपर्नेमा उद्घाटन भइसकेको कार्यालय फेरि उद्घाटन गरेर गैर राजनैतिक चरित्र देखाउन थालेको बताए । पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका उप नेता सन्तोष शर्माले उद्घाटन भैसकेको भवन पुनः उद्घाटन गर्नु गैर राजनीतिक चरित्र हुने बताइन् । यसको नजिर पनि गलत बस्ने र दूरगामी प्रभाव पार्नेमा उनले जोड दिइन् । ‘एउटा…

Read More

काठमाडौं : नेपालकै सबैभन्दा बढी धनी, कर छल्ने र राजनीतिक आडमा बचिरहने नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य समेत रहेका व्यापारी विनोद चौधरी सहितले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा गिद्धे नजर लगाएको पाइएको छ। निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहितको लगानी गर्ने भन्दै चौधरीले चलखेल गरिरहेको पाइएको हो । चौधरीसहित विमानस्थलबाट सुन तस्करी तथा अन्य अपराधमा समेत नाम जोडिएर विवादित बनेका व्यापारी दिपक मलहोत्राले पनि सो चलखेलमा साथ दिएको बुझिएको छ । स्रोतका अनुसार सोही क्रममा उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खासमान्छे एसियाकै धनाढ्य गौतम अदानीको ‘अदानी ग्रुप’का प्रतिनिधिसँग डील गरेका छन्। सोही डीलकै लागि नेपाल बोलाएर भारतमा ठूला पूर्वाधारमा लगानी…

Read More

धनगढी : नेपालगन्ज उपमहानगरपालिका–१८ की रिता लक्ष्मी आचार्यले सामाजिक अभियान सुरु गरेकी छिन । “स्वच्छ सफा समृद्ध समाज निर्माण” अभियान अन्तर्गत आचार्यले फोहोरमैला व्यवस्थापन गर्दै अभियानको सुरुवात गरेकी हुन् । उनले कञ्चन नेपाल नामक संस्था मार्फत महान अभियानको सुरु गरेकी छिन् । संस्थाकी अध्यक्ष रहेकी आचार्य समाज सेवामा सदैव सक्रिय देखिन्छन् । समाजमा पर्ने हरेक समस्यामा अग्र पंक्तिमा देखीने आचार्यले फोहोर ब्यबस्थापन अभियान सुरु गरेको बताइन् । उपमहानगरपालिका–१८ को वडा कार्यालयको सहकार्यमा कञ्चन नेपालद्वारा फोहोर ब्यबस्थापन कार्य प्रारम्भ गरिएको हो । कञ्चन नेपालका पदाधिकारी सहित अभियानमा सहभागि रहेका थिए । पहिलो र दोस्रो दिन वडा विभिन्न टोलमा फोहोर ब्यबस्थापन ड्राम…

Read More

काठमाडौं : सरकारले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने र समायोजनमा गएकाहरुलाई पनि डीआईजी बन्ने बाटो खोल्ने तयारी गरेको छ । यसले प्रहरी समायोजनलाई सहज बनाउने गृह मन्त्रालयको दाबी छ । संविधानमा शान्ति सुरक्षालाई प्रदेशको एकल अधिकार सूचीमा राखिएको छ । तर प्रदेश सरकार बनेको ६ वर्षसम्म प्रहरी समायोजन हुन सकेको छैन । प्रदेश सरकारहरुले प्रहरी ऐन ल्याएपनि केन्द्र सरकारले समायोजन नगरेका कारण प्रदेशसँग प्रहरी छैन । प्रदेश सरकारहरुले प्रहरी समायोजन गर्न ताकेता गर्दै आएका छन् । १३ पुसमा हेटौंडामा भेला गरेका मुख्यमन्त्रीहरुले भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेका थिए । नभए आन्दोलन…

Read More