Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन्।हिजो(शुक्रबार) एक कार्यक्रमका बीच पाँच जना राष्ट्र सेवक कर्मचारीलाई  सम्मान गरिएको हो।  सम्मानित हुनेमा महिला तथा बालबालिका विभागका उपसचिव नीरा अधिकारी, जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृत प्रतिक राई, मनमैजु माध्यमिक विद्यालय तारकेश्वर काठमाडौंका प्रधानाध्यापक, रिबना महर्जन, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङका बागवानी विकास अधिकृत पद्मनाथ आत्रेय र नारायणी अस्पताल बीरगञ्जका अस्पताल नर्सिङ निरीक्षक हेमा थापा रहेका छन्।  पाँच जना आइकन सार्वजनिक भइसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुकासाथै जिल्ला स्थीत सञ्जाल पनि परिचालन…

Read More

कैलाली : कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। लम्की चुहा नगरपालिका-१ लम्कीबाट ४०० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ वस्ने २० वर्षीय कमल शाही शुक्रवार साँझ पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेपछि उनकी कान्छी पत्नीले बधाई दिएकी छिन् । कान्छी पत्नी आशा चौधरीले फेसबुकमा दुवैको फोटो राख्दै लेखीए छिन्- ‘धेरै धेरै बधाई छ हजुर।’ धनगढी उपमहानगरपालिका-६ स्थित जालीमा माइत रहेकी आशासँग रेशमले टीकापुर घटना हुनुभन्दा बिहे गरेका थिए। अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन्। उता कान्छीले बधाई दिइरहँदा यताकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी भने रेशमसँग रिसाएकी छिन्। नाउपाकी निवर्तमान अध्यक्ष रञ्जिता पार्टीको महाधिवेशनले चयन गरेको कार्यसमितिप्रति रुष्ट भएको बताइएको छ। महाधिवेशनले आफ्नो बारेमा कुनै निर्णय नगरेपछि रञ्जिताले असन्तुष्ट भएर महाधिवेशनस्थल छाडेर गएकी थिइन्। स्रोतका अनुसार उनले अध्यक्षमा…

Read More

काठमाडौं : अब नेपाल प्रहरीका अधिकारीले कुनै पनि सार्वजनिक कार्यक्रममा बोल्न अनुमति लिनुपर्ने भएको छ । सार्वजनिक कार्यक्रमहरूमा संगठनको धारणाविपरीत बोल्दा समस्या बढ्न थालेपछि प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई परिपत्र गरेर अनुमतिबिना कार्यक्रममा गएर नबोल्न निर्देशन दिएको हो । कार्यक्रममा निमन्त्रणा भएका सम्बन्धित प्रहरी अधिकृतहरूले कार्यक्रमको विषयवस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा रायसुझाव के-कस्ता हुन सक्छन् भन्ने नजरअन्दाज गरी प्रहरी महानिरीक्षकको सचिवालयमा कुनै जानकारी नदिई आफूखुसी सहभागी हुने र अभिव्यक्ति पनि दिने गरेको देखिएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Read More

कैलाली : नागरिक उन्मुक्ति पार्टीको महासचिवमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी निर्विरोध निर्वाचित भएका छन्। निकै लामो टसलका बिच महासचिवमा चौधरी निर्विरोध निर्वाचित भएका हुन्। कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा यसअघि महासचिव टुङ्गो नलाग्दै अध्यक्षसहित २४ पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए। तर महासचिवमा गङ्गाराम चौधरी, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्म चौधरी, नेता ठाकुरसिंह थारुले दाबी गरेका थिए। अन्तिममा थारुले उम्मेदवारी फिर्ता लिए पनि भौतिक पूर्वाधार मन्त्री रहेका चौधरीले फिर्ता लिन मानेका थिएनन् । उनलाई अन्य जिम्मेवारी दिने सर्तमा महासचिवको जिम्मेवारी गङ्गाराम चौधरीलाई दिइएको पार्टीका अध्यक्ष रेशमलाल चौधरीले बताए ।

Read More

काठमाडौँ : हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ ।  चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More

दाङ : दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ । भने, मृत्यु भएका ८ जनाको सनाखत भएको छ । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतकमध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०/३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन,…

Read More

काठमाडौँ : बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । मापन केन्द्रका अनुसार राति ११:३२ मा बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

Read More

कैलाली : दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दाङको भालुबाङ नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए । भे १ ख ३९१२ नम्बरको रात्री बस राप्ती गाउँपालिका भालुवाङस्थित शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको हो । दुर्घटनामा कम्तिमा २० जना घाइते भएको बताइएको छ । दुर्घटनामा घाइते हुनेहरूलाई लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ । अहिले प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतको टोलीले उद्धारको काम गरिरहेको छ ।

Read More

धनगढी : दीपायल सिलगढी नगरपालिका ९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीवार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए। गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन। पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा. निराजन श्रेष्ठको टोली अपरेसनको तयारीमा जुट्यो । यता अस्पतालबाटै आमाले बुहारीको अपरेसन गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन्। छोराले लागदोष (देउता, भूतप्रेत) लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन्। तत्काल अपरेसन नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै…

Read More