Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको  पाइएपछि पुलको डिजाइन नै फेरिएको छ । “पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने । विसं २०७८ साउनमा…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने…

Read More

काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बहुलियामा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बहुलियामा मङ्गलवार अटो र मोटरसाइकल आपसमा ठोकिएका हुन्। प्रहरीका अनुसार कैलारी गाउँपालिका वडा नम्बर ९ का सञ्जु चौधरीले चलाएको से २ प २५७१ नम्बरको मोटरसाइकल र धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अमर विकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ ह १८३१ नम्बरको अटो ठोकिएका हुन्। दुर्घटनामा ६९ वर्षीया कल्पन्ना परियार घाइते भएकी छन्। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भईरहेको छ ।

Read More

भक्तपुर : नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा उनले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताए । पूर्व मन्त्री पाण्डेले भने, “डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिद बिक्रीको रकम रु. ६ अर्ब मात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ, सरकारी अभिलेख हेर्दा पनि एनसेलले रु. छ अर्ब मुनाफाको अंश विदेश लगेको देखिन्छ, यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ छानबिन समितिले निष्पक्ष छानबिन त्यसलाई राष्ट्रियकरण गरिनुपर्छ ।” फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानी काठमाडौँ बासीलाई…

Read More

महेन्द्रनगर : मानव बेचबिखन तथा ओसार पसारका बिरुद्धमा काम गर्दै आएको एक संस्थालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गर्न निर्देशन गरेको छ । कञ्चनपुरको गड्डाचौकीमा हेल्प डेस्क स्थापना गरेर महिला तथा बालबालिकाको हकहित एवं मानव बेचबिखन तथा ओसार पसारको बिरुद्धमा काम गर्दै आएको थ्री एन्जल नेपाल नामक संस्थालाई मापदण्ड अनुसार नरहेको भन्दै जिल्ला पशासन कार्यालय कञ्चनपुरले तत्काल बन्द गर्न निर्देशन गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको नेतृत्वमा एसपी कमल थापा सहितको टोलीले अनुगमन गर्दा थ्री एन्जल नेपाल, गड्डाचौकीको आश्रयस्थल मापदण्ड अनुरुप नरहेको हुँदा प्रशासनले तत्काल बन्द गर्न निर्देशन गरेको हो । मापदण्ड पुर्याएर अर्को आश्रयस्थल बनाएमा…

Read More

ओखलढुंगा : मध्यपहाडी संकल्प यात्राका क्रममा ओखलढुंगाका दुई माओवादी नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार कोशी प्रदेश प्रवेश गरेको एमालेको संकल्प यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित जनसभाबाट उनीहरु पार्टी प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा लिखु गाउँपालिका- २ का वडाध्यक्ष उम्मेदवार युवा नेता शिवराम खड्का र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सुरेश खड्का छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

Read More

धनगढी: बैतडीको सुर्नया गाउँपालिका-३ मा एक महिलाको हत्या गरिएको छ। सुर्नया गाउँपालिका-३ को बिजुल भन्ने ठाउँका अन्दाजी २९ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी ५६ वर्षीया हरिना बिष्टको बीभत्स हत्या गरेका हुन्। प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको घरमै गएर मंगलबार दिउँसो धारिलो हतियार प्रयोग बीभत्स हत्या गरेका हुन्। घरमा महिला एक्लै भएको मौका छोपेका चन्दले ती महिलालाई लखेटेका थिए। त्यसपछि ती महिला घरभित्र पसेकी थिइन्। चन्दले सब्बलको प्रयोग गरी ढोका फोडेर भित्रै गई सब्बल र हसिया प्रयोग गरी हत्या गरको स्थानीय भुवन भट्टले जानकारी दिए। चन्दले २ बाख्रा पनि काटिदिएको उनले बताए।आरोपित चन्द अहिले पक्राउ परेको जिल्ला प्रहरी…

Read More

धनगढी : कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् । शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्यो । आज सम्पन्न पहिलो खेलमा शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्यो । समुह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफांटाले समुह एु बाट सेमीफाइनल सम्भावना जिवितै राखेको छ । दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसंग पराजित भएको खण्डमा शुक्लाफांटा र धनगढी मध्ये नेट रन रेटमा अघि हुने टिम…

Read More

काठमाडौँ: विशेष अदालत काठमाडौँले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार कसुर ठहर गरेको हो। कोइरालाको मुद्दामा कसुर ठहर भएको र सजाय निर्धारणका लागि पुस ११ मा इजलासमा पेश गर्ने आदेश भएको विशेष अदालते जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकमा कार्यरत कोइरालालाई बैङ्कको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै २०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो। नेपाल बैंक लिमिटेडको काठमाडौँको बैङ्किङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहेका कोइरालाले बैङ्किङ…

Read More