Author: महेन्द्रनगर पोष्ट

धनगढी: दार्चुलामा  हाइस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। आज बिहान जिल्लाको शैल्यशिखर नगरपालिका-९ पडालमा १७ जना यात्रु सवार हाइस दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार दार्चुलाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आइरहेको बा ५ ख ५२६५ नम्बरको हाइस  पल्टिएको हो। दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका-६ का १४ वर्षीय जस्मिन धामी, शैल्यशिखर नगरपालिका-७ का ८० वर्षीय विष्णुदत्त जोशी, उनका नाति १० वर्षीय हिमांशु जोशी, कञ्चनपुरको वेदकोट नगरपालिका-७ की ४० वर्षीया बसन्ती विष्ट र सहचालक कैलालीको बर्दगोरिया गाउँपालिका-१ का २१ वर्षीय रोहित स्वाँर घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य छ। गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको…

Read More

धनगढी: धनगढीमा फेला परेको बम डिस्पोजल गरिएको छ। हिजो (शुक्रवार) धनगढी उपमहानगरपालिका ३ बिशालनगरस्थित क्षेत्रमा फेला परेको बम शनिबार बिहानै डिस्पोजल गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिशालनगर क्षेत्रमा निर्माणाधीन सिद्धार्थ होटलको जग खन्ने क्रमका सकेट बम फेला परेको थियो। त्यसपछि सो क्षेत्रमा जान निषेध गरिएको थियो। भने सो बम जनयुद्ध कालको हुनसक्ने अनुमान गरिएको थियो। उक्त क्षेत्र धनगढी चौराहबाट ५० मिटर भित्र पर्दछ। सो बमलाई आज बिहानै पड्काएर डिस्पोजल गरिएको बताइन्छ।

Read More

धनगढी: धनगढीबाट त्रिनगर-गौरिफन्टा नाका हुँदै भारत जाने क्रममा एक बालकसहित भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज (शुक्रबार) बेलुका त्रिनगर प्रहरीले भारतीयलाई बालकसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक सलिम खान रहेका छन्। उनी धनगढी उपमहानगरपालिका ३ का एक बालकलाई ट्याक्सीमा राखेर नाका क्रस हुन खोज्दा समातिएका हुन्। धनगढी मनहेराका ३ कक्षामा पढ्ने ती बालकलाई खानले भारत लैजान लागेका थिए। बेचविखनको आशङ्कामा उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालिएको जनाइएको छ। ती बालक धनगढीमा आफ्नो काकासँग बस्दै आएकाकोमा उनले दुख दिएकाले भारत लैजान लागिएको खानले बताएको स्रोतको दाबी छ। उनले भारतमा…

Read More

काठमाडौं: सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन्। संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो। प्रस्तावित न्यायाधीशहरूबारे शुक्रबार सुनुवाइ भएको थियो। सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र पाण्डेले जबाफ दिए।

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि आन्तरिक तथा बाह्य हवाई भाडादर अचाक्ली बढेको छ। विमानस्थल लामो समय बन्द हुने भएपछि उडान संख्या कटौती हुँदा भाडादर बृद्धि भएको बताइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवे विस्तारसहित विमानस्थलको स्तरोन्नतिका लागि उडान अवधि कटौती गरेको जनाएको छ। प्राधिकरणका अनुसार अन्तर्राष्ट्रियतर्फ करिब २९ र आन्तरिक उडान ३५ प्रतिशतले कटौती भएको छ। आजदेखि दैनिक १० घण्टा उडान ठप्पको नाममा भाडादर ह्वात्तै बढाइएपछि यात्रु मर्कामा परेका हुन्। यसअघि काठमाडौं–दिल्लीको भाडादर औसत १२ हजार रुपैयाँ रहेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघ बागमतीका अध्यक्ष विष्णु कार्कीले बताए।   भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाईसमेत मर्का…

Read More

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित रानी–जमरा–कुलरिया सिँचाई आयोजनाको नहरमा बेपत्ता धनगढी घर भएका एक युवक भारतमा मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–६ मट्यारी घर भएका २१ वर्षीय प्रदिप चन्द शनिवार बेपत्ता भएका थिए। बेपत्ता चन्द शुक्रबार भारतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शवलाई भारतबाट नेपाल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: धनगढीमा बम फेला परेको छ। आज (शुक्रवार) धनगढी उपमहानगरपालिका ३ बिशालनगरस्थित क्षेत्रमा बम फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो क्षेत्रमा निर्माणाधीन सिद्धार्थ होटलको जग खन्ने क्रमका सकेट बम फेला परेको हो। अहिले सो क्षेत्रमा जान निषेध गरिएको छ भने सो बम जनयुद्ध कालको हुनसक्ने अनुमान गरिएको छ। उक्त क्षेत्र धनगढी चौराहबाट ५० मिटर भित्र पर्दछ।

Read More

धनगढी : धनगढीसँग नाका जोडिएको गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका एक युवकबाट दुई जना अटो चालकले नेपाली सुरक्षाकर्मीलाई दिने भन्दै पैसा मागेपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अटो चालक धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षका मानबहादुर बयाडी र धनगढी-२ चौराह बस्ने ३१ वर्षका करन बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुले शुक्रबार गौरीफन्टा नाकाबाट नेपाल आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षका लोकेन्द्र ओझाबाट दुई हजार भारतीय रुपैयाँ मागेका थिए। नेपालका सुरक्षाकर्मीलाई दिनुपर्छ भन्दै पैसा मागेको पाइएपछि दुबै जनालाई सशस्त्र प्रहरी त्रिनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएर कैलाली प्रहरीको जिम्मा लगाइएको जनाइएको छ। सुरक्षा संगठनलाई नै बदनाम…

Read More

धनगढी: धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन। घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन्। डिपोका कारण सधैं त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ। स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्छन्। पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्‍क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ। ‘घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ,’ माधवीले भनिन्, ‘डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ।’ केही वर्ष पहिले जङ्‍गल…

Read More

काठमाडौँ: सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालद्वारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ। गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ। गीतको भिडियोमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ। त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियङ्का कार्की, जीवन कुमार ज्ञवाली, शिव शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ। गीतलाई ओएस आर डिजिटल युट्युब च्यानलले सार्वजनिक गरेको हो। https://youtu.be/AP-sD_x1Rtc?si=CdmFyHYDvnJ7D-do

Read More