Author: महेन्द्रनगर पोष्ट

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न लागिपरेको बताएका छन् । नेपाल प्रेस युनियनले डोटीको दीपायलमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले भने– “सुशासन र भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता हुँदैन”, मुख्यमन्त्री शाहले भने, “चाहे तल्लो तहको हुन् वा माथिल्लो तहका हुन् । सबैलाई समान व्यवहार गरिनेछ ।” मुख्यमन्त्री शाहले प्रदेश संरचना कुनै व्यक्तिले चाहेर नबनेको बताए । प्रदेश संरचना खर्चिलो भयो भन्ने प्रश्नमा मुख्यमन्त्री शाहले भने, “हिजो पनि कुनै न कुनै रूपमा यस्ता किसिमका सरकार निर्माण गर्ने, अधिकार दिने, कार्यान्वयन गर्ने कुरा भएका थिए, त्यतापट्टि फर्किएर हेर्नुभयो भने यो कुरा…

Read More

कैलाली : कैलालीको भजनी नगरपालिका–७  स्थित ऐतिहासिक पुरैनाताल सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ ।   तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताए । उनले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व सङ्कटमा परेपछि तालको इतिहास नै हराउने अवस्थामा पुगेको बताए । “यहाँ बाहै्र महिना सारस पाइन्थ्यो, अन्य प्रजातिका चराले तालको महत्वलाई अझै ऐतिहासिक बनाएको थियो”, उनले भने, “त्यो अवस्थामा देखेको तालको आज अस्तित्व खोज्नुपर्ने बेला आएको छ ।” करिब पाँच सय बिघा क्षेत्रफलमा फैलिएको तालमा माछा,…

Read More

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका ५ क्यामरा चोरी तथा तोडफोड भएका छन् । निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी भएका हुन् ।  निकुञ्जमा क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना तथा अनुगमनका लागि मंसिर अन्तिम साता ९२ जोडी स्वचालित क्यामरा जडान गरिएका थिए । तिनैमध्ये बेलडाँडी क्षेत्रमा ५ वटा क्यामरा चोरी भएको बताइएको छ। मालुबेला क्षेत्रमा एक क्यामरा हात्तीले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए। निकुञ्ज कार्यालयले मंसिर २४ देखि बाघ गणना सुरु गरेको हो। त्यसका लागि ९२ क्यामरा जडान गरिएको थियो । पुस १८ मा सबै क्यामरा संकलन गरिएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको  विज्ञापन रद्द गरिएको छ। गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ।  उपकुलपति छनोट समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि प्रधानमन्त्रीले शुक्रबार नै सच्याउन भनेका थिए।

Read More

कैलाली : कैलालीको चुरे गाउँपालिकाको खानीडाँडाबाट लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन्। चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट पाँच किलो चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। हिजो (शनिबार) ५० वर्षीय होटल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको…

Read More

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे पक्राउ परेका छन्। शनिबार साँझ ३३ वर्षीय भवानी सिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो। उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको छ।   प्रहरीले घटनामा थप अनुसन्धान गर्दैछ।

Read More

कैलाली : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नेपाली सेनाले अत्तरियाको बसपार्क क्षेत्र  छोड्नेपर्ने बताएका छन् । हिजो(शनिबार) गोदावरी नगरपालिका–८ स्याउलेमा रहेको जयलक्ष्मी ग्रामीण विद्युत सहकारीको १९औं वार्षिक साधारणसभामा बोल्दै नगरप्रमुख भट्टले यस्तो बताएका हुन्। उनले अत्तरियामा राम्रो बसपार्क निर्माण गर्नसके वार्षिक १५ देखि २० करोड आम्दानी हुने जिकिर गरे । तर, हाल उक्त क्षेत्र नेपाली सेनाले दाबी गरेको उल्लेख गर्दै उनले भने, ‘यो जग्गा आर्मीले मेरो हो भन्छ । लामिताल आर्मीले मेरो हो भन्छ । दक्षिण तर्फ सशस्त्रले मेरो जग्गा भन्छ । हामीले केही गर्न चाहेर पनि काम गर्न नसकिरहेको अवस्था छ।’ नगर प्रमुख भट्टले नेपाली सेना अत्तरियाको विकासको बाधक होइन…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

धनगढी: कैलालीको पथरैया र मोहना नदीमा हिउँदमा दुर्लभ डल्फिन पहिलो पटक देखा परेका छन्। टीकापुर नगरपालिका–७ बैदीस्थित डल्फिन संरक्षित क्षेत्रमा हिउँदमा पहिलो पटक डल्फिन देखा परेका हुन्। जलपन्छी गणनाको अवसर पारेर आज नदीमा जलपन्छी अवलोकन गर्न जाँदा मोहना नदीका र पथरैयाको दोभान र पथरैया नदीमा दुई वटा डल्फिन देखा परेको संरक्षणकर्मी एवम् डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए।

Read More

बैतडी: बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका –६ थलालगाउँका पुष्कर थलालको घरमा शनिबार साँझ साढे ६ बजेतिर विद्युतको तार सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निरीक्षक खेमविक्रम केसीले बताए। थलालको दुई तले चारकोठे कच्ची घरमा आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँका साथै १ तोला आठ आना सुन जलेर नष्ट भएको छ। यस्तै घरभित्र रहेका ३५ हजार बराबरका कपडा जलेका छन् भने खाद्यान्न सामग्री समेत जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति नभएपनि घरको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरी निरीक्षक केसीले बताए। घरमा लागेको आगो…

Read More