Author: महेन्द्रनगर पोष्ट

धनगढी : वीरगन्जको कृषि औजार कारखानाका लागि खर्च जुटाउन ‘महावीर पुन’ नामक आत्मकथा बेच्दै हिँडेका डा.महावीर पुनले २ करोड ५५ लाखको पुस्तक बिक्री गरेका छन्। शनिबार बैतडी सदरमुकाम गोठालापानी, गढी र साहिलेक बजारमा पुस्तक बिक्री गर्ने क्रममा उनले हालसम्म ३४ हजारप्रति पुस्तक बेचिएको बताए। सात सय ५० मूल्य पर्ने उक्त पुस्तकबाट २ करोड ५५ लाख रकम संकलन भएको उनले बताए। डा. पुनले गत पुस २४ गते काठमाडौंबाट मध्यपहाडी लोकमार्ग पुस्तक बेच्दै पश्चिम लागेका थिए। २६औँ दिनमा बैतडी पुग्दासम्म पुस्तक बिक्रीबापत भएको आम्दानीबाट आफू उत्साहित भएको उनले बताए। ‘तीन लाख पुस्तक बेचेर १५ करोड रकम संकलन गर्ने सोच बनाएको छु,’ बैतडी…

Read More

धनगढी : आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर पर्नेछैन…

Read More

धनगढी : नेकपा एमालेका नेता भीम रावलले राजनीति स्वार्थ केन्द्रित भए मुलुकमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उनले नेताहरुको ध्यान सरकार फेरबदल, प्रधानमन्त्री तथा मन्त्री को बन्ने भन्नेमा मात्र हुन नहुने टिप्पणी गरे । छिमेकी भारत र चीन तीब्र विकास भइरहेका बेला नेपाल आफ्नै कारणले भूराजनीतिमा पछि परेको उनको बुझाइ छ । ‘दुई देशबीच अत्यन्त संवेदनशील भूराजनीति भएको नेपाल यदि कमजोर भयो भने शासन प्रणाली व्यक्तिगत स्वार्थका लागि केन्द्रित भए खेलकुद, कृषि, स्वास्थ्य, अर्थतन्त्रको विकास कहिले गर्ने ? युवालाई रोजगारी कहिले दिने ?’ रावलले भने, ‘सरकार कहिले…

Read More

धनगढी : कैलालीको गौरीगङ्गामा नगरपालिका ६ वनबेहडामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बास नेपाल कैलाली शाखाको आयोजना तथा सीपी अस्पताल प्रा.लि. धनगढीको सहयोगमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ७५८ जना बिरामी निशुल्क स्वास्थ्य सेवा लिएका छन् । जसमा ४ सय ५५ जना पुरुष र ३ सय तीन जना महिला रहेका छन् । भने ५९ जना बिरामीको निशुल्क भिडियो एक्सरे गरिएको अस्पतालका प्रशासन प्रमुख हेमराज जोशीले जानकारी दिए । शिविरमा सेवा लिएका विरामीलाई भिडियो एक्सरे,औषधी,चेक,जाँच निशुल्क गरिएको थियो । यस्तै शिविरमा आएका बिरामीहरुलाई चार लाख बढीको औषधी निशुल्क वितरण गरिएको जोशीले बताए…

Read More

धनगढी : महेन्द्रनगरमा सम्पन्न तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन समारोहमा अतिथिहरुको दृष्य रोचक देखीयो । कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका पुर्व उपाध्यक्ष तथा गृहमन्त्री भीम रावल थिए । कार्यक्रममा विशिष्ट अतिथि अतिथि पूर्व सासंद प्रकाश रावल रहेका थिए । जिल्ला बाहिरका सभासमारोहमा खासै नदेखिने रावल एकाएक मुख्यमन्त्री कप प्रतियोगितामा प्रमुख अतिथिको रुपमा देखिए । एमालेमा निष्क्रियजस्तै रहेका रावल उनी गृह जिल्लाका कार्यक्रमहरुमा भने व्यस्त थिए । एमालेको झुलाघाट चिवाभञ्ज्याङ विशेष अभियानपछि गृहजिल्ला पुगेका रावल नेता कार्यकर्ता भेट्नमा भने व्यस्त थिए। पार्टीको गृह प्रदेशको अधिवेशनमा एमालेको बोलावटमा नपरेका उनलाई अहिले भैरहेका जिल्ला अधिवेशनमा पनि स्पेस दिइएको देखिदैन। रावलले…

Read More

धनगढी : धनगढीमा पहिलो कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। आज (शनिवार) बोलन्या थलीको आयोजना,अमेरिकन कर्नर धनगढीको सहकार्यमा र डेनोभो इन्स्टिच्युट अफ ल को प्रायोजनमा धनगढीमा पहिलो कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगिताको प्रथम धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) भएको छ भने द्वितिय सिसिएस ं२ र तृतीय एक्सिस स्कुल भएको हो। कानुनी हाजिरी जवाफ प्रतियोगितामा धनगढीका ११ स्कुलको सहभागिता रहेको थियो। प्रतियोगिताका प्रथम, द्वितिय र तृतीयलाई प्रमाण पत्र , ट्रफी र कानुन सम्बन्धी पुस्तक प्रदान गरिएको आयोजकले जनाएको छ। नेपालको संविधान र संवैधानिक विकास क्रम, विधि शास्त्र,मुलुकी देवानी संहिता र अपराध संहिता २०७४, कक्षा ११ र १२ का…

Read More

धनगढी : स्थगित भएको नेकपा एमाले बझाङ जिल्लाको अधिवेशनको मिति फेरि तोकिएको छ । आज बसेको जिल्ला कमिटिको बैठ्कले आगामी फागुन १ र २ गते झोतामा गर्ने निर्णय गरेको हो । माघ १९ र २० गते हुने भनिएको आठौँ जिल्ला अधिवेशन अन्तिम अवस्थामा नेताहरुले स्थगित गरेका थिए । माघ १८ गते सामान्य बर्षाभएपछि नेताहरुले मौसम प्रतिकुल भएको कारण भन्दै अधिवेशन स्थगित गरेका थिए । तर उनिहरुले गरेको निर्णय आलोकाँचो साबित भएको छ । माघ १९ र २० गते अर्थात हिजो र आज मौसममा कुनै खराबी देखीएन्, दिनभर मौसम सफा रह्यो । जसको कारण नेताहरुले सामाजिक सञ्जालमा निकै आलोचना खेप्नु पर्यो…

Read More

धनगढी : नेपाल पुलिस क्लबलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बधाई दिएका छन् । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि महानिरीक्षक कुँवरले बधाई दिएका हुन्। प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब छैटौं सस्करणको च्याम्पियन बनेको छ। कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो।

Read More

धनगढी : मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३/१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधिसँगै एपीएफले चार लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ । उपविजेता गण्डकीले दुई लाख नगद प्राप्त गर्‍यो । यस्तै, पुलिस क्लब तेस्रो भएको छ । आजै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस तेस्रो भएको हो । पुलिसले आर्मीलाई ३–१ ले पराजित गर्‍यो । तेस्रो भएको पुलिसले एक लाख प्राप्त गर्‍यो ।​ सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिता माघ १४ गतेदेखि शुरू भएको थियो । प्रतियोगितामा…

Read More

धनगढी : डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । शनिवार दिउँसो करिब ३ः४५ बजेतिर भालुले आक्रमण गर्दा आदर्श गाउँपालिकाका–२ कुचेडाकी २४ वर्षीया देउसरा बोहरा घाइते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार घर नजिकैको जङ्गलमा घाँस काटिरहेका बेला बोहरालाई भालुले आक्रमण गरेको हो । बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । घाइते बोहरालाई मौवा स्वास्थ्य चौकीमा सामान्य उपचारपछि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।

Read More