Author: महेन्द्रनगर पोष्ट

धनगढी : जिल्ला समन्वय समिति बझाङले चालु आर्थिक वर्षमा गरेको वित्तीय सुशासन जोखिम मूल्यांकनमा छबिसपाथिभेरा गाउँपालिका पहिलो भएको छ । विभिन्न १०० वटा सूचकका आधारमा गरिएको अध्ययनमा छबिसपाथिभेराले ६७ अंक पाउँदै शीर्ष स्थान कायम गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा जिल्लाको बुगंल नगरपालिका भने सबैभन्दा कम अंक पाउँदै पुछारमा परेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनमा बुगंलले जम्मा ४६.५ अंक प्राप्त गरेको छ । बझाङमा दुई नगरपालिका सहित १२ स्थानीय तह छन् । छबिसपाथिभेरा पहिलो बन्द ६५ अंक सहित केदारस्युँ गाउँपालिका दोस्रो र ६४.२५ अंक सहित थलारा गाउँपालिका तेस्रो स्थानमा रहेको छ । कुल १०० पूर्णांकको सो परीक्षणमा स्थानीय तहको…

Read More

धनगढी : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको सल्लाहकारबाट सात जनाले राजीनामा दिएका छन् । अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणमा नेतृत्वले नैतिकता नदेखाएको भन्दै सल्लाहकारका राजीनामा दिएका हुन । सल्लाहकार सह संयोजक धना देबी चोखालसहित अन्य ६ जनाले राजीनामा दिएका हुन् । यस्तै राजीनामा दिनेहरुमा सल्लाहकार सदस्य टिकाराम आचार्य , आनन्द भट्ट ,गणेश बोगटी, धर्मसिँ कुँवर, राम सापकोटा र नैनसिँ कार्की रहेका छन् । महोत्सवमा २८ वटा ठेली नक्कली टिकट भेटीएका थिए । एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको पाइएको हो।आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो। दुर्गालक्ष्मकी…

Read More

काठमाडौं : नेपाल प्रहरीका सात प्रहरी नायब निरीक्षक (सई) र १२५ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा भएको छ। गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रबार सरुवा गरेको हो। उनीहरुलाई अर्को आदेश नभएसम्मको लागि देहाय अनुसार लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा निजहरुलाई खटिएको स्थानमा हाजिर हुन पठाउन हुन निदेशन दिइएको छ। सूचीः यहाँ क्लिक गर्नुस् Download

Read More

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ। सिँचाइ आयोजना पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो।  आयोजनाका लागि संरचना निर्माण गरिए पनि किसानको खेतमा भने पानी पुग्न सकेको छैन। वि.सं.२०७२ मा निर्माण प्रारम्भ गरिएको आयोजनाको काम वि.सं २०७३ मङ्सिरमा सम्पन्न भएको जनाइएको छ। सिँचाइ आयोजनाका लागि पाइपलाइन बिच्छ्याउने काम पूरा नगरीकनै निर्माण व्यवसायीले भुक्तानी लिएर गएपछि आयोजना सञ्चालनमा आउन नसकेको स्थानीय उपभोक्ताको भनाइ छ। नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)को संयुक्त लगानीमा सामुदायिक सिँचाइ आयोजना (सिआइपी) कञ्चनपुर अन्तर्गत ४४ लाख ६१ हजार नौ सय ७२ को लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजना निर्माण गरिएको हो।…

Read More

कञ्चनपुरः कञ्चनपुरमा अवैधरुपमा मेडिकल सञ्चालन गर्ने एक जना पक्राउ परेका छन्। औषधी व्यवस्था विभागको ईजाजत पत्रविना सञ्चालनमा रहेको कृष्णपुर  नगरपालिका–२ बंकमा रहेको कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक सोहि पालिकाको–१ नम्बरका देवसिंह धामी पक्राउ परेका हुन्। जोखिमयुक्त औषधीहरू ६ थान बोरासहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। धामी भीमदत्त नगरपालिका–१२ पक्कीपुलबाट पक्राउ परेका हुन्। शुक्लाफाटा र कृष्णपुर नगरपालिका अन्तर्गतका झलारी, वाणी, वंक र कलुवापुरमा रहेका मेडिकलहरू अनाधिकृतरुपमा सञ्चालन भएका भन्दै प्रहरी कार्यालयमा जनगुनासो आएका थिए। शुक्रबार इलाका प्रहरी कार्यालय झलारीले उक्त क्षेत्रमा रहेका नौ वटा मेडिकलहरु चेकजाँच गरेको थियो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजीले मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन्। डीआईजी रवीन्द्र केसीले हिजो (शुक्रवार) मातहतका हाकिमहरुलाई आवश्यक निर्देशन दिएका हुन्। उनले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिएको बताइएको छ। जसमा हिजो ७ वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङमार्फत निर्देशन दिइएको हो। सो क्रममा डीआइजी केसीले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा छलफल गरेको बुझिएको छ। यस्तै सो सम्बन्धना मातहत कार्यालयमा कार्यरत प्रहरी जनशक्तिलाई आवश्यक निर्देशन दिइएको छ।

Read More

धनगढी : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा स्थान बनाएको नेपालले अब भारत र बंगलादेशसँग खेल्ने भएको छ । नेपाल समूह डी को निर्णायक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो । समूह डी बाट नेपाल, पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् । शनिबार हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलपछि समूहको शीर्ष र दोस्रो टोली निर्धारण गर्नेछ । यी तीन टोली समूह ए बाट आउने तीन टोलीसँग सुपर सिक्समा हुनेछन् । समूह ए बाट भारत, बंगलादेशले शीर्ष २ मा रहँदै सुपरसिक्समा स्थान पक्का गरेका छन् र नेपालले यी दुई टोलीसँगै सुपर सिक्समा खेल्ने छ…

Read More

धनगढी : कैलालीको गौरीगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाले आव २०८०/०८१ मा ७२ करोड ३१ लाख १३ हजार ४०० अनुमानित बजेट ल्याएको थियो । यसमा चालु ६ महिनामा कुल बजेटको ३०.५० प्रतिशत खर्च भएको छ । चालुतर्फ ४०.०३ प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगततर्फ ११.३६ प्रतिशत खर्च भएको सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको…

Read More

धनगढी : कैलालीको बर्दगोरीया गाउँपालिकाको माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका निरञ्जना मल्ल नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएकी छन् । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले शुक्रवार उनलाई दोषी ठहर गरेको हो । मल्ललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालविकास शिक्षिका मल्लले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अभियोगसहित विशेष अदालतमा मंसिर १५ गते मुद्दा दायर गरेको थियो । मल्लले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाई–स्कूल परीक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको ठहर भएको छ ।

Read More

धनगढी : ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्दले शानदार प्रदर्शन गर्दा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको हो। अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्यो। अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्यो। नेपालले ४५ औं ओभरको चौथो बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। टोलीलाई १९ रन आवश्यक हुँदा देव ३७ औं ओभरको तेस्रो बलमा ५८ रनमा आउट हुन…

Read More