Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : विशेष अदालतले शुक्रबार घुस लिएको सम्बन्धी तीनवटा फरक मुद्दामा प्रतिवादीलाई दोषी ठहर गरेको छ । २ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका लेखापाल विनोद विष्ट, २० हजार रुपैयाँ घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका सहायक हवल्दार नगेन्द्र सेन र २ लाख रुपैयाँ घुससहित पक्राउ परेका जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय बसुन्धराका सब-इन्जिनियर दीपेन्द्रकुमार केसी दोषी ठहर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई गत असार २० गते काठमाडौँबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल रहेका नायब निरीक्षक-सई विष्टले भवन निर्माणको म्याद थप तथा सहजीकरणका लागि घुस लिएको आरोप लागेको थियो । यस्तै, सुरक्षा…

Read More

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी गेटा मेडिकल कलेज, धनगढीमा आमरण अनसन बस्ने भएका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी ५ बजेदेखि तीनदिन अनसनमा बस्ने घोषणा गरेका थिए ।अनसनस्थल भने खुलाएका थिएनन् । उनले गेटा मेडिकल कलेज, धनगढीमा रोजेका छन् । यी हुन् डा. केसीको माग ?डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन्। गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज…

Read More

काठमाडाैं :  भक्तपुरबाट अवैध हतियार र लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। बिहीबार सुर्यविनायक- १० नलिन्चोक एरियामा अवैध हतियार तथा लागूऔषधको ओसारपसार तथा कारोबार हुँदै छ भन्ने गोप्य सूचनाका आधारमा प्राप्त भए पश्चात् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चिरन्जीवी सिन्चुरी र लेख बहादुर कार्कीलाई संका लागि सोधपुछ गर्ने क्रममा उनीहरूको साथमा केएफ ७.६५ लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल थान १- ऐ पेस्तोलमा लाग्ने खाली म्याग्जीन थान १ र लागूऔषध खैरो हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पारी पक्राउ पक्राउ गरिएको हो। शुक्रबार उनीहरूलाई लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक…

Read More

काठमाडौं : नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले प्यालेस्टिनी आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइका निम्ति कुटनीतिक प्रयासलाई दोब्बर बनाउने बताएकी छन्। परराष्ट्र मन्त्रालयमा आज शुक्रवार पदबहाली गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र सचिव लम्सालले यस्ताे बताएकी हुन्। नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उनले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने बताइन्। रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भ कोट्याउँदै उनले अनुमतिपत्र प्रदान गरिने बताइन्। ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनले सुझाव दिइन्।

Read More

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कम्तीमा १० सिट दाबी गर्ने भएको छ।  शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कम्तीमा पनि १० सिट दाबी गर्ने निर्णय गरेको एक नेताले बताए। माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ। त्यसका लागि कांग्रेसले सातै प्रदेश कार्यसमितिलाई आकांक्षीहरू सिफारिस गर्न आग्रह गरेको समिति सदस्य आनन्द ढुंगानाले बताए। एक प्रदेशले तीन जना आकांक्षीहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ।

Read More

काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले शुक्रबार काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएका छन्। धरौटी बुझाएर अदालतबाट छुटे पनि खाण प्रहरी नियन्त्रणमै छन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियारमा उपस्थित गराइँदै छ। विभाग र अख्तियारले पनि बयानपछि धरौटीमा छोड्यो भने मात्र खाण प्रहरी नियन्त्रणबाट बाहिर हुनेछन्। उच्च अदालत पाटनले बिहीबार पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ।

Read More

धनगढी: नेपाल चिकित्सक संघको सुदूरपश्चिम शाखा धनगढीले सेती अस्पतालमा नवजात शिशुको मृत्युु भएको घटनामा पीडितले नै माफी मागेको दाबी गरेको छ। महेन्द्रनगरपोष्ट डटकमको समाचारलाई खण्डन गर्दै संघले सो घटनामा अस्पताल र चिकित्सकको कमजोरी नरहेको पनि जनाएको छ। घटनाका सवालमा चिकित्सकको कुनै कमजोरी नरहेको र मृतक शिशुका आफन्तका आरोपहरु निराधार रहेको संघले स्पष्ट पारेको छ। यस्तै पीडकहरुसँग अस्पताल प्रशासनले सहमति गरिसकेको बताइएको छ। यहीँ महिनाको ६ गते सेती अस्पतालमा उपचारका क्रममा नवजात शिशुको मृत्यु भएको थियो। सोही क्रममा महेन्द्रनगरपोष्टले सो समाचार सम्प्रेषण गरेको थियो। र, यो पनिः सेती अस्पतालमा नवजात शिशुको मृत्यु, आमाको पेटमा टाँका नलगाएरै डाक्टर भागे

Read More

काठमाडौं : नेपाली कांग्रेसको पुस १६ देखि १९ सम्म हुने भनिएको महासमिति बैठक सर्ने निश्चित भएको छ। अहिले जारी कार्यसम्पादन समितिको बैठकमा महासमिति बैठक सार्ने प्रस्ताव पेस भएको छ। फागुन ७ देखि १० सम्म बैठक गर्ने प्रस्ताव भएको छ। कार्यसम्पादनको बैठकअघि सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारीको बैठक बसेको थियो। पदाधिकारी बैठकमा महासमिति बैठक सार्ने सहमतिपछि कार्यसम्पादनमा प्रस्ताव पेस भएको हो। यो प्रस्ताव पारित हुने सम्भावन बलियो छ । फागुन ७ देखि १० सम्म प्रस्ताव गरिएको विमलेन्द्र निधिले जानकारी दिए।

Read More

काठमाडौं: धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक शुक्रबार विवाह बन्धनमा बाँधिएकी छन् । प्रतिभाको गोरखाका विज्ञानबाबु रेग्मीसँग विवाह हुन लागेको हो। गोकर्ण फरेस्ट रिसोर्टमा अहिले विवाहको भव्य तयारी भइरहेको छ। मंसिर १२ गते उनीहरूबीच ‘इन्गेजमेन्ट’ अर्थात टीकाटालो भएको थियो। विवाह समारोहमा प्रचण्डका पारिवारिक सदस्य, सरकारका मन्त्रीहरू, उच्च तहका कर्मचारीहरू, संवैधानिक प्रमुख, पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलका शीर्ष नेताहरू लगायतलाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए। रेनु प्रचण्डकी माइली छोरी हुन्। प्रतिभाले बेलायतबाट उच्चशिक्षा लिएकी छिन्। अर्थशास्त्री बिज्ञानबाबुले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन्। विवाहमा जन्ती आउनेक्रम जारी…

Read More

दार्चुला : ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु भएको छ। छोरा भेट्न दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी दुहुँ गाउँपालिका–४ की करिब ५५ वर्षीया शान्तीदेवी बमको ट्रकको ठक्करबाट मृत्यु भएको हो। बिहीबार बिहान दार्चुलाबाट महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा चढेकी बमलाई शुक्रबार बिहान बागमती प्रदेश ०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएको हो। कपिलवस्तुको शिवपुर नगरपालिका–५ मा बस रोकिराखेको अवस्थामा शान्तिदेवी बाहिर निस्केकी थिइन्। उनलाई सोही बेला विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते बमलाई उपचारका लागि चौराह अस्पातल बुटबल लगिएको र उपचारकै क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रहरी…

Read More