धनगढी: नेपाल चिकित्सक संघको सुदूरपश्चिम शाखा धनगढीले सेती अस्पतालमा नवजात शिशुको मृत्युु भएको घटनामा पीडितले नै माफी मागेको दाबी गरेको छ। महेन्द्रनगरपोष्ट डटकमको समाचारलाई खण्डन गर्दै संघले सो घटनामा अस्पताल र चिकित्सकको कमजोरी नरहेको पनि जनाएको छ।
घटनाका सवालमा चिकित्सकको कुनै कमजोरी नरहेको र मृतक शिशुका आफन्तका आरोपहरु निराधार रहेको संघले स्पष्ट पारेको छ। यस्तै पीडकहरुसँग अस्पताल प्रशासनले सहमति गरिसकेको बताइएको छ। यहीँ महिनाको ६ गते सेती अस्पतालमा उपचारका क्रममा नवजात शिशुको मृत्यु भएको थियो। सोही क्रममा महेन्द्रनगरपोष्टले सो समाचार सम्प्रेषण गरेको थियो।
र, यो पनिः सेती अस्पतालमा नवजात शिशुको मृत्यु, आमाको पेटमा टाँका नलगाएरै डाक्टर भागे
Facebook Comments Box