काठमाडाैं : भक्तपुरबाट अवैध हतियार र लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
बिहीबार सुर्यविनायक- १० नलिन्चोक एरियामा अवैध हतियार तथा लागूऔषधको ओसारपसार तथा कारोबार हुँदै छ भन्ने गोप्य सूचनाका आधारमा प्राप्त भए पश्चात् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चिरन्जीवी सिन्चुरी र लेख बहादुर कार्कीलाई संका लागि सोधपुछ गर्ने क्रममा उनीहरूको साथमा केएफ ७.६५ लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल थान १- ऐ पेस्तोलमा लाग्ने खाली म्याग्जीन थान १ र लागूऔषध खैरो हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पारी पक्राउ पक्राउ गरिएको हो।
शुक्रबार उनीहरूलाई लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box