काठमाडौं : नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले प्यालेस्टिनी आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइका निम्ति कुटनीतिक प्रयासलाई दोब्बर बनाउने बताएकी छन्।
परराष्ट्र मन्त्रालयमा आज शुक्रवार पदबहाली गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र सचिव लम्सालले यस्ताे बताएकी हुन्।
नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उनले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने बताइन्।
रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भ कोट्याउँदै उनले अनुमतिपत्र प्रदान गरिने बताइन्।
ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनले सुझाव दिइन्।
Facebook Comments Box