Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः महेन्द्रनगरमा नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ। शनिवार भएको अधिवेशनबाट अध्यक्षमा गजेन्द्रदेव लेखक सर्वसम्मत चयन भएका छन्। दोश्रो अधिवेशनले लेखकको अध्यक्षतामा सचीव बाहेक १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। सचीव एक पदमा भने निर्वाचन भएको थियो। संघको वरिष्ठ उपाध्यक्षमा जनकराज जोशी, थोक उपाध्यक्षमा टेक नारायण पौडेल, खुद्रा उपाध्यक्षमा कैलाशचन्द्र भट्ट, महासचिवमा केशव ओझा, कोषाध्यक्षमा खेमराज भट्ट र सह–कोषाध्यक्षमा वंशीधर कलौनी चयन भएको मुख्य निर्वाचन अधिकृत शिवराज पाण्डेयले बताए। सचीवमा ३७ मतका साथ मधुकर कुश्मी निर्वाचित भएका छन्। सचीवका प्रत्यासी प्रीतिधर भण्डारीले २१ मत प्राप्त गरेकी छन्। ६० मत खसेकोमा २ मत बदर भएको…

Read More

धनगढीः कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–८ जोनापुरका दिल बहादुर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन। उनको घरबाटै २९० मिलिग्राम लागुऔषध र घर बाहिर राखेको प्लाष्टिकको बोरामा २ किलो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

धनगढी : धनगढीमा स्थानीय युवा नीति सम्बन्धी युवासँग छलफल सम्पन्न भएको छ । एकाउन्टविलीटी ल्याबले शनिवार गरेको कार्यक्रममा सहभागीले युवा नीति आवश्यक रहेको बताएका छन् । स्थानीय तहमा पनि युवा नीति आवश्यक रहेको युवाहरूले बताएका छन् । धनगढीमा भएका समस्यालाई समेटेर युवा नीति बनाउनुपर्नेमा युवाहरूको जोड छ । युवाको रुचि र क्षमता अनुसार कार्यक्रमहरू ल्याउनुपर्नेमा उनीहरूको जोड छ । धनगढी १८ फूलवारीका प्रीति नेपालीले स्थानीय तहमा पनि युवा नीति आवश्यक रहेको बताइन् । यस्तै उनले अभिभावक शिक्षामा पनि जोड दिइनुपर्ने बताइन् । उनले कुलतमा धेरै युवा फस्दै गएको प्रति चिन्ता व्यक्त गरिन् । युवा नीति बनेर कार्यान्वयनमा जोड दिइन सके…

Read More

धनगढी : अखिल क्रान्तिकारी विद्यार्थी संगठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन कैलालीको अत्तरियामा हुने भएको छ। सम्मेलन यही भदौ २४ र २५ गते अत्तरियास्थित नमस्ते हलमा आयोजना हुनेछ। ूसंविधान कार्यान्वयन र समाजवादी शिक्षाको पक्षमा हाम्रो आन्दोलन, सुदृढ समाज निर्माणका लागि दोस्रो प्रदेश सम्मेलनू मूल नाराका साथ अखिल क्रान्तिकारीले प्रदेशको दोस्रो सम्मेलन आयोजना गर्न लागेको हो। आज (शनिबार) नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै संगठनले दोस्रो सम्मेलनबारे जानकारी दिएको हो। क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष दीपक डिसीले दोस्रो सम्मेलनको तयारीस्वरूप विभिन्न उपसमिति समेत गठन गरिसकेको बताए। दोस्रो सम्मेलनको लोगो समेत सार्वजनिक भइसकेको छ। दोस्रो सम्मेलनपछि ५१ देखि ९९…

Read More

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत नै छ । नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने छ । यस्तै पेट्रोल र मट्टितेलको मुल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको…

Read More

काठमाडौँ : अमेरिकाको भर्जिनियास्थित मनासस पार्कस्थित घरबाट एक महिना (जुलाई ३१) देखि बेपत्ता नेपाली नर्स २८ वर्षीया ममता काफ्ले भट्ट अझै भेटिएकी छैनन्। त्यसो त उनको हत्या भइसकेको र शव लुकाएको अभियोगमा उनका श्रीमान् ३१ वर्षीय नरेश भट्टलाई यही भदौ ६ (अगस्ट २२) मा मनासस पार्क प्रहरीले पक्राउ गरिसकेको छ। तर उनीविरुद्ध अहिले हत्याको अभियोग लगाइएको छैन। हाल उनी शव लुकाएको अभियोगमा प्रहरीको हिरासतमा छन्। योसँगै प्रहरीले ममताको शव खोजी पनि जारी राखेको छ। यसै क्रममा प्रहरीले शुक्रबार सिग्नल हिल पार्क बन्द गरेर दिनभर शव खोजी गरेको छ। मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोका अनुसार गुप्तचरहरूले सूचना दिएपछि प्रहरीसहितको टोली…

Read More

कर्णाली : चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौं मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन् । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् । कालीकोट शुभकालिका गाउँपालिका १ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । उनले भने, ‘पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ ।…

Read More

धनगढी : ‘ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो । गोली हान्न हुँदैनथ्यो’, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार भने । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमा कांग्रेस सभापति देउवालाई लक्षित गरेर गोली प्रहार गरेको घटना विस्तृत रुपमा उल्लेख छ । पुस्तक विमोचन गर्दै कांग्रेस सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटना स्मरण गरेका थिए । पुस्तकका विषयमा बोल्दै एमाले सचिव लेखराज भट्टले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री देउवामाथि आक्रमण गर्ने कुनै पनि योजना नभएको जिकिर गरे । ‘त्यो समयमा उपयुक्त रूपमा सही सूचना सञ्चार नहुँदा गलत सन्देश फैलिएको देखिन्छ’, उनले भने । तत्कालीन विद्रोही पक्ष माओवादीले…

Read More

धनगढी : १७ माघ २०७८ मा शिलान्यास गरिएको धनगढी उप–महानगरपालिका– ४ को वडा भवनको उद्घाटन बुधवार परराष्ट्र मन्त्री आरजु राणा देउवाले गरिन् । शिलालेख अनावरण र रिबन काटेर मन्त्री देउवाले वडा कार्यालयको उद्घाटन गरेकी हुन् । कार्यक्रममा कैलाली ५ का सङ्घीय सांसद, प्रदेशका मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्य, नगरप्रमुख, उप–प्रमुख सहितको सहभागिता थियो । भवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने निवर्तमान वडाध्यक्षलगायत तत्कालीन जनप्रतिनिधिहरूलाई भने खबर नगरिएको आरोप लागेको छ । उद्घाटनमा नबोलाएपछि निवर्तमान वडाध्यक्ष दीपक थापाले शुक्रवार पत्रकार सम्मेलनको आयोजनागरी आक्रोश पोखे । वर्तमान वडाध्यक्ष बुद्धि खड्काले भवन शिलान्यासको शिलालेख नराखेको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘वडा भवन कार्यक्रममा…

Read More

धनगढी : कैलालीमा साढे चार किलो चरेससहित एक जना पक्राउ परेका छन् । शनिबार धनगढी उपमहानगरपालिका ८, क्याम्पस चोकनजिकबाट साढे चार किलो चरेससहित बझाङको केदारस्युँ गाउँपालिका ७ का ४२ वर्षीय जनक धामी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो । धामी सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा रहेको साढे चार किलो चरेस र उनको साथबाट नगद ७५ हजर बरामद गरिएको छ । धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको भइरहेको डीएसपी…

Read More