Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाएकाे छ । सत्ता गठबन्धनमा भएकाे सहमतिअनुसार एसले दुई सिटमा भाग पाएकाे छ ।  आफूले पाएकाे दुई सिटमध्ये एसले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनाेनयन दर्ता हुँदैछ ।

Read More

धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। आइतबार धनगढी उपमहानगरपालिका-१३ शिबटोलबाट १२० मिलिग्राम खैरो हेरोइनसहित सोहि ठाउँका २२ वर्षीय शंकर रानासहित दुई जना पक्राउ परेका हुन्। प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा ५ किलो बढी चरेससहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-३ तिलकपुरबाट ५ किलो १०४ ग्राम चरेशसहित बझाङको केदास्युँ गाउँपालिका ६ का ६३ वर्षीय नरबहादुर धामी आइतवार राति पक्राउ परेका हुन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धामीले बोकी राखेको झोलाबाट चरेस फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

Read More

धनगढी: अस्ति शनिबार सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भीम भण्डारीसहित ७ जना नेकपा माओवादी केन्द्रका सांसद प्रधानमन्त्री कार्यालय छिरे। उनीहरुले त्यहाँ आफ्ना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे। सभामुखसहितको टोलीले अचानक प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई भेटेपछि तरंग नै पैदा भयो। सुदूरपश्चिम माओवादीभित्र अनेकन चर्चा र बहस छेडिएको छ। उसो त भेटमा पनि माओवादी सुदूरपश्चिमभित्रको विवाद छताछुल्ल भएको नै बताइन्छ। स्रोतका अनुसार भेटमा सभामुखले नै सरकारको खेदो खनेका थिए भने सरकारले प्रदेश सभालाई बिजनेस दिन नसकेको पीएमलाई जानकारी गराएका थिए। रोचक कुरा त के थियो भने, त्यहीँ टोलीमा गएकी एक महिला मन्त्रीले भने आफ्नै सरकारका मन्त्री बदल्न भनेको बुझिएको छ।…

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि पहिलो पटक आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत विभिन्न मापदण्ड तोकिएको थियो । चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुुलपति पुुष्पकमल दाहाल प्रचण्डले विज्ञापनमा कसैलाई पनि बन्देज नहुनेगरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।

Read More

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ। सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्ने छन्। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।

Read More

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो । कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ । लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन् । गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाएकी हुन् । कर्णालीमा प्रदेश महामन्त्री…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जान सक्ने  मौसम पूर्वानुमान महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

धनगढी : भारतको अयोध्यास्थित श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको विशेष पूजा नेपाली पूजारीले गर्ने भएका छन्। श्रीराम जन्भूमि तीर्थ क्षेत्रले विशेष पूजाका लागि नेपालका विशेष पूजारीलाई निम्ता गरेको बताएको छ। श्रीराम जन्भूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले विशेष पूजाका लागि नेपाली पूजारी आचार्य दुर्गाप्रसाद गौतमलाई निम्ता गरेको बताए। आचार्य गौतम झापाको मेचीनगर निवासी हुन्। महामन्त्री रायका अनुसार विशेष पूजा जनवरी १६ (माघ २)मा सुरू हुँदैछ। उक्त विशेष पूजा २२ जनवरी (माघ ८) सम्म चल्नेछ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसको कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने तय भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर झापा फर्किएका छन् । पार्टी कार्यालयबाट बाहिरिनु अघि उनले शेखर कोइरालालाई भेटेर बाहिरिएका छन् । त्यस्तै, मधेस प्रदेशमा आनन्द ढुङ्गानाको नाममा लगभग सहमति जुटिसकेको छ । बागमती प्रदेशमा भने उम्मेदवार टुङ्ग्याउन केही विवाद देखिएको छ । तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेत कि काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई उम्मेदवार बनाउने विषयमा नेताहरूबिच विवाद देखिएको छ । संस्थापन बस्नेतको पक्षमा…

Read More