Author: महेन्द्रनगर पोष्ट

धनगढी : सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार यो आदेश गरेको हो। २०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले हत्या गरेको थियो। त्यसबेलाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। अभियुक्तहरू जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी…

Read More

काठमाडौं : आईसीसी पुरुष यू–१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाली टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरे। क्यानले दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ सम्म चल्नेछ। यस्तो छ नेपाली टोली :देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। शुक्रबार अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन्। अध्यक्ष ओली र सभापति लामिछानेबिच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ। उक्त मुद्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते दर्ता गरेका थिए। मुद्दाको पेसी न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ। तत्कालीन समयमा प्रचण्डले अदालतले समेत आफूहरुलाई घेराबन्दी पारिरहेको र षडयन्त्रमा अदालतको पनि हात रहेको अभिव्यक्ति दिएका थिए। शुक्रबार न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको मात्र पेसी तोकिएकाले फैसला हुने सम्भावना छ।

Read More

डडेल्धुरा: नेपाल सरकारले देशका विभिन्न १० वटा सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुरूप सदरमुकाम अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन भएको छ । अमरगढी सहरभित्रका सडक स्तरोन्नतिका लागि नयाँ सहर आयोजना समन्वय कार्यालयमार्फत ९१ करोड रुपियाँ बजेट विनियोजन भएको हो। २०७५ सालमा अमरगढी स्मार्ट सिटी निर्माण गुरु योजना (मास्टर प्लान) तयार गरिएको थियो। नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौँले अमरगढी स्मार्ट सिटी अन्तर्गत बागबजार–टुँडिखेल–हस्पिटल–रिङ रोड र लिङ्क रोडहरू गरेर १६.८४४ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्य भइरहेको कार्यालयका इन्जिनियर मोनिका महर्जनले जानकारी दिइन्। पर्यटकीय, व्यापारिक र कृषि उत्पादनका लागि प्रख्यात ठाउँहरूलार्ई थप व्यवस्थित बनाइ स्मार्ट सिटीको परिकल्पना…

Read More

काडमाडौं : भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। जयशङ्करले ट्वीट गरी नेपाली क्रिकेट टोलीका पदाधिकारी तथा सदस्यसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको र नेपालमा क्रिकेटको विकासका लागि पनि सहयोग गर्ने बताएका छन्। उनले हिजो बेलुका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र खेलाडीलाई भेटेका थिए। नेपालले यसैवर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्दैछ।

Read More

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं : नेकपा एमालेका नेता डा भीम रावलले भारतीय दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको विरोध गरेका छन्। नेता रावलले सामाजिक सञ्जालमा लेख्दै दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको भर्त्सना गरेका हुन्। उनले नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सशक्त रूपमा निन्दा र विरोध गर्न सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफुखुशी २० करोडका आयोजना संचालन गर्नपाउने कुकृत्य भारतीय विदेशमन्त्री एस् जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदांग…

Read More

धनगढीः कैलालीमा पार्किङ गरेर राखेको मोटरसाइकलमा आगलागी भएको छ। जिल्लाको कैलारी गाउँपालिका–३ रानामुडाँका हरिप्रसाद चौधरीको मोटरसाइकलमा बुधवार आगलागी भएको हो। घरको आगनमा पार्किङ गरेर राखेको से २ प २९९४ नम्बरको मोटसाइकलमा एक्कासी आगलागी भई जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा भन्सार छलिका सामानसहित डोटीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ ब्यारेल अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको सामानसहित डोटी शिखर नगरपालिका-१ का ३० वर्षीय पदमबहादुर साउँद बिहीवार साँझ पक्राउ परेका हुन्। उक्त मूल्य बराबरका गाडीका पार्टपुर्जा (ब्लकहोल्डर, ग्लयान्डर मेसिन, गाडीको हर्न, रेगुलेटर, फोर पिन रिले, टर्मिनल, बेरिङ्ग लगायत सामानसहित साउँद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए। यस्तै धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अन्दाजी २४ हजार ४ सय १० मूल्य बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामान बरामद गरिएको छ।…

Read More