Author: महेन्द्रनगर पोष्ट

अछाम : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली–चिसापानी–जङ्गलघाट–बडिमालिका–गैरिटाँड–कमलबजार–बास्काँडा सडकअन्तर्गत (गैरिटाँड–कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गरेका छन्। डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअनुसार आज अछाम पुगेका मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना उक्त सडकको शिलान्यास गरेका हुन्। उनले उक्त आयोजना अछामका बासिन्दाको समृद्धिसँग जोडिएको बताउँदै आयोजना निर्धारित समयभित्रै पूरा गर्न सम्बन्धित निकायलाई आग्रह गरे। गैरिटाँड–कमलबजार–बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ। उक्त आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार छ।

Read More

धनगढी : सुदूरपश्चिमका एक मन्त्रीका प्रमुख स्वकीय सचिवको अश्लील भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माको अश्लील भिडियो भाइरल भएको हो। सो भाइरल भिडिओ एक मिनेट ५० सेकेन्डको रहेको छ। उक्त भिडिओमा शर्मा भिडिओ कल गरेर अश्लील गतिविधि गरेको देखिन्छ। तर, उक्त भिडिओ हेर्दा शर्मालाई स्क्यामरले फसाएको जस्तो देखिन्छ। पछिल्लो समय स्क्यामरले भिडिओ कलले गर्दा थुप्रैको जीवन उजाडिएको छ। स्क्यामरले विभिन्न प्रलोभनमा पारेर कल गर्दा अश्‍लील गतिविधि गर्न लगाइ भिडिओ रेकर्ड गरेर ब्ल्याकमेल गरी पैसा नदिए भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिँदै आइरहेका छन्। यसबारे बुझ्न शर्मालाई…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताएका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका थिए । पीडित परिवारजनसँग…

Read More

काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौँको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन । ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र…

Read More

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । पूर्व राजा शाहले कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाको पहलमा खैरेन्द्रपुर चोकमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् । थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित मेयर हुन् । शालिक अनावरण गर्न पूर्व राजा शाह र नाति हृदयेन्द्रसहित कपिलवस्तु पुगेका थिए ।

Read More

काठमाडौं : सरकारले ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो।

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ स्थित भगवती सामुदायिक वनले अपाङ्गता भएका व्यक्तिलाई भत्ता रकम उपलब्ध गराउँदै आएको छ । सामुदायिक वनले आन्तरिक आयबाट केही रकम अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको हो । पाँच वर्षदेखि आठ जना अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा रु एक हजारका दरले भत्ताबापतको रकम उपलब्ध गराइँदै आइएको सामुदायिक वनका अध्यक्ष केशव सिंह धामीले बताए । “आवश्यक कागजपत्र जुटाउन नसक्ने अवस्थाका, सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित रहेका अपाङ्गता भएका व्यक्तिलाई छनौट गरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेका छौँ”, उनले भने, “आयआर्जनसँग जोडिने इच्छा भएका दुई जनालाई बाख्रापाला र कुखुरा पालनका लागि अनुदान रकम…

Read More

धनगढी : प्रधानमन्त्री कप राष्ट्रिय कृकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा दोश्रो चरणको पहिलो खेलमा कंचनपुरले विजयी शुरूवात गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा कंचनपुर १ विकेटले विजयी भएको हो । कैलालीले दिएको १८६ रनको लक्ष्य पछ्याएको कंचनपुरले निर्धारित ओभरको एक बल अगाबै अर्थात ३४.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । कंचनपुरका लागि प्रकाश पाण्डेयले उत्कृष्ट अर्धशतक प्रहार गर्ने ६९ बलको सामना गरेका पाण्डेयले ७ चौकाको मद्दतले ५० रन बनाए । त्यस्तै किरण कुमार ठगुन्नाले पनि उत्कृष्ट पारी खेले । ३८ बल सामना गरेका ठगुन्नाले १ चौका र ३ छक्काको मद्दतले ४२ रन जोडे । कंचनपुरका लागि कप्तान अभिषेक…

Read More

धनगढी : नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारण सभा सम्पन्न भएको छ ।शनिबार धनगढीमा आयोजना गरिएको सहकारीको साधारण सभाको सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले उद्घाटन गरेका हुन् । सो अवसरमा नागरिक बचत तथा ऋण सहकारीका अध्यक्ष दिप्ती शाहीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।अध्यक्ष शाहीका अनुसार सो सहकारीले गत आर्थिक वर्षमा पाँच करोड, ४९ लाख ३७ हजार १६६ रुपियाँ निक्षेप संकलन गरेकोमा सात करोड, ४२ लाख २९ हजार ९११ रुपियाँ लगानी गरेको बताइन । नागरिक बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा १८ लाख ९ हजार ५६ रुपियाँ खुद नाफा गरेको छ । सो संस्थाको…

Read More

बैतडी : बैतडीमा शुरू प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात इलाइट च्याम्पियनसिपको खेलमा बैतडीले विजयी शुरूवात गरेको छ। सुखद शुरूवात गर्ने क्रममा बैतडीले बझाङमाथि १८१ रनको विशाल जित निकाल्यो । जितका लागि पाएको २८१ रनको लक्ष्य पन्छाएको बझाङ १७।५ ओभरमा ९९ रनमा अलआउट भयो। उसका सनम बुढाथोकीले सर्वाधिक २६ रन बनाए। बैतडीका कप्तान रिसिकेश बोहराले ४,हिक्मत महराले ३,सन्तोश चन्दले २ विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८० रन बनायो ।जसमा प्रदीप चन्द र आयुश चन्दले अर्धशतक हिर्काए। प्रदीप ८३ र आयुश ५९…

Read More