Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित एकैदिन ७ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ पुस्पलाल चोकस्थित साधारण माविबाट १.८६ ग्राम चरेश र अवैध लागुऔषध प्रिगाबालिन ट्याब्लेट ५ थानसहित भीमदत्त नगरपालिका-१४ पलिया बस्ने २२ वर्षीय पारस चन्दसहित तिन जना आईतवार दिउँसो पक्राउ परेका हुन्। अस्थाई प्रहरी बिट पुष्पलाल चोक कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ। यस्तै पुर्नबास नगरपालिका-११ भिम बस्तिबाट ८०५ मिलिग्राम लागूऔषध (खैरो हिरोइन) र अवैध लागूऔषध निटकोर-१० (निट्राजिपाम) लेखेको ट्याब्लेट १५ थानसहित सोही वडा नम्बर-५ बस्ने २९ वर्षीय कृष्ण बडुसहित चार जना आइतबार दिउँसो पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More

काठमाडौँ : उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुव्रmबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुुला गरेको हो । सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागीले पुस १६ देखि १८ सम्म आवेदन दिन सक्ने छन् । शाखाका अनुसार सिप बिल्डिङको भाषा परीक्षाका लागि ३५ हजार ७०८ वटा आवेदन परेका थिए ।…

Read More

काठमाडौँ : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार राती १० बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको लिसटिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। थप विवरण आउन बाँकी छ ।

Read More

डडेल्धुरा : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले डडेल्धुरा अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने बताएका छन् । आइतबार डडेल्धुरा अस्पतालको अनुगमन गरेपछि उनले हाल एक सय शय्यामा संचालित अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने तयारी भएको बताउदै २ करोड बजेटसमेत विनियोजन गरिएको बताए । हाल अस्पताललाई स्तरोन्नति गर्न आवश्यक ओएनएमको फाइल अर्थ मन्त्रालयमा रहेको बताउदै उनले त्यो स्वीकृत गरेर अस्पताललाई पाँच सय शय्यामा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको समेत जानकारी दिए । त्यस्तै स्वास्थ्य मन्त्रालयका सचीव रोशन पोखरेलले आगामी ३ वर्षपछि डडेल्धुरा मेडिकल कलेजमा एमबीबीएसको अध्यापन सुरुवात हुनेसमेत जानकारी दिए । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयल उपकुलपति अम्मराज जोशीले डडेल्धुरा मेडिकल…

Read More

काठमाडौं : इण्डियन आयल कर्पोरसनबाट नेपाल आयल निगमलाई नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट न्यून दरमा मात्रै मूल्य घटबढ आएकोले इन्धनको भाउ यथावत राखिएकोे छ । निगमलाई १५ पुसमा प्राप्त भएको नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा शून्य दशमलव ४१ पैसा बढेको छ भने डिजेलमा शून्य दशमलव १२ पैसा घटेर आएको छ । पेट्रोलमा बढेको र डिजेलमा थोरै घटेको भएपनि निगमले भने हालकै मूल्यमा नै इन्धन बिक्री वितरण हुने जानकारी दिएको छ । हाल काठमाडौमां पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल १५७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । भारतबाट खाना पकाउने ग्यासमा पनि २० पैसाले…

Read More

कास्की : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिबार बिहान ४ बजे होटेलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। मिचल एक्लै पदयात्रामा गएका थिए । पदमार्गको लो क्याम्पमा माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको पर्यटक सूचना केन्द्रमा गत शुक्रबार उनले आफ्नो नाम दर्ता गराएका थिए ।…

Read More

दार्चुला : दार्चुलामा घरको छतबाट खसेर घाइते भएका एक जनाको ज्यान गएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा १ बिण बस्ने वर्ष ४५का रघुबिर सिह बोहरालाई उपचारका लागि धनगढी लैजाने बेला विच बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुहुँ गाउँपालिका वडा १ बिण बस्ने बोहरा हाल महाकाली नगरपालिका वडा नं.४ आफनै घरबाट लडेर घाइते भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा मालिकार्जुन गाउँपालिका वडा नं.१ मेलखेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए । आज दिउसो आफनै घरको छतमा खानेपानीको पाइप मिलाउने क्रममा उनी लडेर घाइते भएका थिए । बोहराको घरसंगै…

Read More

बझाङ : आज पुस १५ गते उत्तरायणको सुरुआत । यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ । वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन् । पुसे पन्ध्रको रूपमा चर्चित यो पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ । केही स्थानमा घरमा १५ परिकार पकाएर खाने चलन पनि छ । संस्कृतिका जानकार विष्णुभक्त जोशी भन्छन्, “आजको दिनलाई सुदूरपश्चिमवासीले विभिन्न कोणबाट नयाँ यामको सुरुआत भएको कुरालाई अर्थ्याउने गर्दछन् ।” लामो दिनहरू सुरु हुने, वसन्त ऋतुको आगमन हुने, आकाशे…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत १३ प्रहरी वरिष्ठ हवल्दारको बढुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाले बढुवा गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले एक समारोहकाबिच बढुवा भएका प्रहरी हवल्दारलाई दर्जानी चिन्ह वितरण गरेको हो । कार्यालयकाअनुसार जनपद समुह तर्फका प्रहरी बरिष्ठ हवल्दार पदबाट सोही समुह तर्फको प्रहरी सहायक निरीक्षक पदमा बढुवा गरिएको थियो । बढुवा हुनेमा प्रहरी सहायक निरिक्षक प्रेम सिंह कठायत, राम बहादुर चन्द, विक्रम बहादुर रोकाया, टेक बहादुर खड्का, धन बहादुर देउवा, लोक बहादुर बोहरा, जनक राज पाण्डेय, टेक बहादुर साउद, कृष्ण बहादुर पाण्डे, चन्द्र बहादुर साउद,…

Read More