Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीमा गौरा पर्वको मेलामा दुईपक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा दोगडाकेदार गाउँपालिका-४ श्रीकेदार घर भइ नेपाली सेनाको गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र बिष्ट र दोगडाकेदार ४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना रहेका छन्। बिहिवार  दोगडाकेदार गाउँपालिका–४ लटैनाथ मन्दिरमा लागेको गौरा पर्वको मेलामा झडप भएकाे थियाे। झडपमा परेर बिष्टको टाउकोमा चोट लागेको छ। उनको टाउको ११ टाँका लागेको वडाध्यक्ष तर्कराज भट्टले बताए। यस्तै सुरजको मुखमा चोट लागेको छ। दुवै जनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धनगढी पठाइएकाे वडा अध्यक्ष भट्टले जानकारी दिए। घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय महामन्त्री मुकुल ढकाल बर्खास्त भएलगत्तै सो पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुन पनि बर्खास्त भएका छन्। रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जानकारी  गराएका हुन्। उनलाई बिहीबार पदमुक्त गरिएको हो।  बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले जानकारी दिए। ‘यहाँले पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई असहज : असफल बनाउने विविध क्रियाकलापहरू गर्नु भएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८…

Read More

काठमाडौं: अस्ति नै हुने भनिएको सिडिओ र नेपाल प्रहरीका इन्सपेक्टरहरुको सरुवा अलपत्र बनेको छ। गृहमन्त्री निकट बिचौलिया हाबी हुँदा सरुवा अलपत्र बनेको बताइएको छ। त्यसमाथि प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीका प्रमुख आइजीपीको इन्ट्रेस्ट समेत नमिल्दा सरुवामा ढिलाई भएको हो। यस अगाडि गत शुक्रबार नै गृहले सरुवाको अन्तिम तयारी थालेको थियो। तर, त्यसबेला रोकिएको सरुवा अहिले पनि हुन सकेको छैन। हाल दुई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिल्दा विभिन्न सरुवा बढुवा अल्झिने गरेका छन्। समयमा सरुवा नहुँदा गृह मन्त्रालयमा अहिले सात सहसचिव र २० उपसचिव लामो समयदेखि जिम्मेवारीविहीन छन्। विभिन्न जिल्लामा सिडिओ तथा सहायक सिडिओको पद रिक्त छन्।…

Read More

धनगढी: सुदूरपश्चिमको बाजुरासहित पहाडी जिल्लामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ। बझाङको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङ केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ। भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन।

Read More

काठमाडौं: सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। साँझ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयमा बसेको क्याबिनेट बैठकले अर्याललाई मुख्य सचिवको जिम्मेवारी दिएको छ।  गत साउन १० गते मुख्य सचिवमा नियुक्त लिलादेवी गड्तौला उमेर हदका कारण पर्सिदेखि अनिवार्य अवकाशमा जाने भएकाले अर्याललाई पर्सिदेखि लागु हुनेगरी जिम्मेवारी दिइएको हो। आजैको बैठकले कलाकार दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।

Read More

धनगढी: कैलालीकाे चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन् । बिहीबार अन्दाजी ३ बजे कर्णाली पुलबाट परिचय नखुलेकी महिलाले नदीमा हाम फालेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ। अहिले उनकाे खाेजीका लागि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा ५ जना प्रहरी टोली खटिएको बताइएकाे छ। यस्तै उता बझाङमा बुुधवार राति सेती नदीमा बगेका एक युवकको उद्धार गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गालका ३६ वर्षीय करन गिरी सुख्खा पहिरो आएपछि घरसहित सेती नदीमा बगेका थिए। करनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै दायर रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले रिट निवेदक प्रहरी अधिकारीले मागे अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो। त्यसैगरी अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ। दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डिआइजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरू पद अनुसारको उमेरहदका कारण उनीहरू अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी किताबखानाले उनीहरूलाई अवकाशको पत्र समेत पठाइसकेको छ।आफूहरूलाई…

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्।  आफूसमक्ष प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई राष्ट्रपतिले आज लालमोहर लगाएका हुन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।  सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई सो विधेयक राष्ट्रपतिसमक्ष पेस भएको थियो।

Read More

काठमाडौं: नेपाल प्रहरीको ३० बर्षे सेवा अवधिको मुद्दाको टुङ्गो चाँडै लाग्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र विनोद शर्माको इजलासले शुक्रबारका लागि पेसी तोकेका हुन्। मुद्दाको प्रकृति र गाम्भीर्यतालाई मध्यनजर गर्दै अदालतले भोलीका लागि पेसी तोकिएको हो। एसएसपी जीवन श्रेष्ठसहितका प्रहरी अधिकृतहरुले दिएको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश हरि फुँयालले दिएको आदेशको विरुद्धमा सरकार भ्याकेटमा गएको थियो। महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेटमा गएको गृहमन्त्रालयले उक्त फैसलाको खारेजको माग गर्दै भ्याकेटमा गएको हो। ऐन बनाउने प्रक्रियामै रहेका बेला सर्वोच्चले दिएको आदेश नमिलेको, त्यसले प्रहरीको ‘चेन अफ कमान्ड’ भत्काएको भन्दै सरकारले आदेश पुनरवलोकनका निम्ति निवेदन दिएको थियो। सेवाहदका आधारमा अवकाशको पत्र पाउँदा एक…

Read More

काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बुधबार रुपन्देहीमा भाषण गरे। उनले गरेको भाषणले अहिले प्रहरीमा खैलाबैला भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उद्घाटन कार्यक्रममा उनले सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एक डीआईजी छिट्टै फस्ने बताएका थिए। उनले भाषणमै डीआईजी फस्न लागेको बताएपछि यो विषय अझ धेरै चर्चामा छ। आइजी निकट स्रोतका अनुसार मधेस प्रदेशका डीआईजी यज्ञबिनोद पोखरेलमाथि छानविन भइरहेको छ। उनको खातामा केही अस्वभाविक कारोबार भेटिएको छ। सोही विषयमा विस्तृत छानविन भइरहेको हो। पोखरेलले तराईमा खटाएका केही घुमुवालाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ गरिरहेको छ। जसक्रममा जितेन्द्र कर्ण नामक बिचौलियामार्फत उनले तस्करीको लाइन खुलाएर…

Read More