Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीको सामानसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको लखिमपुर ग्राम सम्पुर्णानगरका २१ वर्षीय रिसु कस्यब भन्सार छलिका सामानसहित पक्राउ परेका हुन्। उनलाई कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाबाट एक थान मोटरसाइकल, अन्दाजी ८ हजार मुल्य बराबरका प्याज आलुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। मानिससँगै बरामद गरेको सामान कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

धनगढी : पोखराको फूलबारी व्यारेकमा नेपाली सेनाका कर्णेल र मेजरबीच कुटाकुट भएको घटना बाहिरीएको छ । गत शुक्रबार भएको घटना हो यो । नेपाली सेनाको नियमित भर्नाबाट पदोन्नती पाउँदै कर्णेल भएका हाकिम र माओवादी लडाकूलाई समायोजन गरेपछि बढुवा हुँदै शान्ति सेना गएर आउनुका अलावा मेजरसम्म भैसकेका हाकिमबीच भएको सामान्य भनाभनले अन्ततः हानाहानको रुप लिएको हो । समायोजन भएका लडाकूलाई सेनाभित्र ४३ बेसिकभन्दा सिनियर मानिन्छ । अहिले ४८ बेसिकसम्मका अधिकृतहरु कर्णेल भइसकेका छन् । दर्जाले आफूभन्दा सानो भए पनि ‘सर’ को सट्टा ‘दाइ’ भनेर संबोधन गर्नुलाई फौजमा अपमानका रुपमा लिइन्छ । ४६ बेसिकका एकजना कर्णेलले समायोजन भएर आएका मेजरलाई ‘दाइ’ या…

Read More

काठमाडौँ : सशस्त्र प्रहरीको नयाँ ऐन ल्याउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । सशस्त्र प्रहरी ऐन–२०५८ लाई प्रस्तिस्थापन गर्ने गरी नयाँ ऐन ल्याउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । मन्त्रिपरिषद्ले ऐन ल्याउन सहमति दिएसँगै गृह मन्त्रालयले त्यसबारे ‘ड्राफ्ट’ तयार गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयलाई भनेको छ । गृह मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्– ‘मन्त्रिपरिषद्को निर्णयअनुसार ड्राफ्ट बनाउन भनेको छौँ ।’ नयाँ ऐनमा ३० वर्षे सेवा अवधि हटाएर उमेर हद लागू गर्ने गरी ऐनको मस्यौदा ड्राफ्ट गर्न छलफल सुरु भएको छ । अरू सुरक्षा निकाय सरह सुविधा पाउने गरी ऐनको मस्यौदा बनाउनुपर्ने सशस्त्र प्रहरीका…

Read More

धनगढी : नेपाल क्रिकेट संघले यही साता क्यानडासँग खेलिने एकदिवसीय सिरिज र अर्को साता हुने आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। प्रशिक्षक मोन्टी देशाईले रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका हुन्। देशाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवर दिएका छन्। यी दुवै खेलका लागि १५ सदस्यीय टोली सार्वजनिक भएको हो। नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्ने भएपछि टोली घोषणा गरिएको हो। उता आगामी फेब्रुअरी १५ देखि २४ सम्म नामिबिया र नेदरल्यान्ड्ससँग लिग २ को पहिलो त्रिकोणात्मक सिरिज खेल्नेछ। क्यानडाविरुद्धको सिरिजबाट यू १९ विश्वकपमा…

Read More

धनगढी : डडेल्धुराको आलितालमा प्रहरीले १५ पेटी सुकुटी नामको मदिरा नष्ट गरेको छ । डोटीको गैरा बजारबाट आलितालको मदिरा निषेधित क्षेत्र गांखेत तर्फ लैजादै गरेको १५ पेटी मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो । गैरा गांखेत सडक खण्डको चपरचानीमा लु १ च ४२०२ नम्बरको जिपलाई चेकजांच गर्ने क्रममा हेम प्रकास बोगटीले लैजादै गरेको १५ पेटी सुकुटी नामको मदिरा बरामद गरिएको प्रहरी हवल्दार दिलिप चन्दले जानकारी दिए । चन्दका अनुसार गत १६ गते नै मदिरा बरामद गरिएता पनि जनप्रतिनिधि र मदिरा नियन्त्रण समितिको समयमा उपस्थित नहुदा नष्ट गर्न ढिलाई भएको बताए । निषेधित क्षेत्रमा मदिरा ओसार पोसार तथा बेचविखन गर्ने…

Read More

धनगढी : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी गरिएको छ । आज आइतबार दिउँसो वडा कार्यालयको भवन अर्कै स्थानमा सार्ने भन्ने विषयमा विवाद हुँदा स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हाल वडा कार्यालय काँकडतोलामा रहेको छ । तर वडाका जनप्रतिनिधि लगाएतले वडा कार्यालयको भवन सुमरीखाली भन्ने स्थानमा सार्ने कुरा अघि बढाएका छन् । उक्त बिषयमा सहमती नहुँदा स्थानिय केहि ब्यक्तीहरुले वडा कार्यालय भवनमा तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।

Read More

धनगढी : कैलाली गोदावरी नगरपालिकाका तीन वटा नदीमा वातावरणलाई नै प्रभाव पार्ने गरि प्राकृतिक स्रोतको दोहन गरेपछि प्रशासनले हस्तक्षेप गरेको छ । जिल्लास्तरीय अनुगमन समितिको बैठकले आज ती नदी अनुगमन गरेर ढुवानी साधन कब्जा गरेको हो । जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुसालले १९ सवारी साधन नियन्त्रणमा लिएको बताए । उनका अनुसार १० टिपर, ३/३ वटा टेक्टर, जेसीबी र स्काभेटर नियन्त्रमा लिएको हो । ‘मापदण्ड विपरीत उत्खनन गरेको पाइएपछि हामीले नियन्त्रणमा लिएका हौ’, उनले भने । नदीबाटै नियन्त्रणमा लिएका ती साधन स्थानीय प्रशासनको जिम्मा लगाइएको उनले बताए । गोदावरी नगरपालिकाको खुटीया, खैराना र गोदावरी नदीको ढुंगा गिट्टी बालुवाको…

Read More

काठमाडौं : विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै…

Read More

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिका ८ रातो गुराँस रिर्सोट नजिक अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार तुफानडाँडाबाट पोखरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ह ६०६४ नम्बरको अटो तिव्र गतिका कारण अनियन्त्रित भई सडक किनारामा पल्टीएको डडेल्धुरा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । अटोमा सवार एक जना प्रहरी जवान सहित छ जना घाइते भएको प्रहरी जनाएको छ । घाइते भएकाहरूमध्ये दुई जनाको अवस्था मध्यम रहेको र अन्य सामान्यको अवस्था रहेको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा दुना टपरी बनाउने सीप विकास तालिम सुरु भएको छ। आज (आइतबार) देखि वडा नम्बर ५ मा दुना टपरी बनाउने सीप विकास तालिम सुरु भएको हो। वडा कार्यालयको साझेदारी र घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा ७ दिने तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। वडाध्यक्ष राजबहादुर पालका अनुसार, तालिममा ६ जना पुरुष र १२ जना महिला गरि १८ जना सहभागी भएका छन्। प्रत्येक टोलबाट समेटिने गरी विपन्न, गरीब, दलित र सीप सिक्न चाहना भएका इच्छुक व्यक्तिलाई समावेश गरिएको उनले जानकारी दिए। गाउँघरम पाइने कच्चा पर्दाथबाट सामग्रीबाट उत्पादन गरी व्यवसाय तथा रोजगारी सिर्जना…

Read More