डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा दुना टपरी बनाउने सीप विकास तालिम सुरु भएको छ।
आज (आइतबार) देखि वडा नम्बर ५ मा दुना टपरी बनाउने सीप विकास तालिम सुरु भएको हो।
वडा कार्यालयको साझेदारी र घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा ७ दिने तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए।
वडाध्यक्ष राजबहादुर पालका अनुसार, तालिममा ६ जना पुरुष र १२ जना महिला गरि १८ जना सहभागी भएका छन्।
प्रत्येक टोलबाट समेटिने गरी विपन्न, गरीब, दलित र सीप सिक्न चाहना भएका इच्छुक व्यक्तिलाई समावेश गरिएको उनले जानकारी दिए।
गाउँघरम पाइने कच्चा पर्दाथबाट सामग्रीबाट उत्पादन गरी व्यवसाय तथा रोजगारी सिर्जना गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको हो।
Facebook Comments Box