Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिममा सशस्त्र प्रहरीले एक वर्षमा ८ करोड ३६ लाख ३३ हजार मूल्यका अबैध सामान बरामद गरेको छ। एक वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गर्दै सशस्त्र प्रहरील उक्त जानकारी दिएको हो। सोही क्रममा तीनवटा हतियार र तीन दशमलव ५ किलोग्राम ब्राउन सुगर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका बाहिनीपति कुमार न्यौपानेले बताए। उनका अनुसार सशस्त्र प्रहरीले मानव बेचिविखन सम्बन्धी ३१ वटा घटनाहरु निराकरण गरेको छ। गत वर्षको माघदेखि सशस्त्र प्रहरी बल नेपाल बैद्यनाथ बाहिनी र मातहतका कार्यालयहरुबाट २० हजार २०१ वटा एकल र ६२५ वटा संयुक्त गस्तीहरु गरिएको प्रगति विवरणमा उल्लेख छ। १६९ वटा सीमा स्तम्भ मर्मत, २४९…

Read More

धनगढीः अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रहरीलाई बुझाइएको छ। अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाएको हो। संघको बुधबार विहान बसेको कार्यसमिति बैठकले नक्कली टिकट ठेली प्रहरीलाई बुझाउने निर्णय गरे अनुसार प्रहरीलाई बुझाइएको संघका अध्यक्ष कल्याण सिह बोहराले बताए। उनका अनुसार २८ वटा नक्कली टिकट ठेली भेटिएकोमा एक टिकट ठेली जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाइएको र बाँकी २७ ठेली मालाखेती प्रहरीलाई बुझाएको हो। ‘प्रहरीलाई बुझाइएका सबै टिकट ठेली सिल गरेर बुझाएका छौं। दुबै पक्षको रहोबरमा बुझाइएको हो,’ उनले भने। हिजो (मंगलबार) नक्कली टिकट प्रकरणको छानबिनको माग गर्दै अत्तरिया उद्योग वाणिज्य…

Read More

धनगढी : कैलालीका ५३ वर्षीय व्यापारी सन्तोष अग्रवालले घरको छतबाट हाम फाल्नुको अन्तर्य बाहिरिएको छ। अग्रवालले छोरासँग अशंबण्डा विवादका कारण ज्यान दिएको बताइएको हो। प्रहरी स्रोतकाअनुसार उनको लामो समयदेखि छोरासँग अशंबण्डा विवाद चर्किदै आएको थियो। ‘उनको छोराको सम्पत्तीको अंशबण्डा सम्बन्धी विवाद रहेछ। पुरानै, पहिलेदेखि नै। त्यहीँ दिनदेखि घरमा पनि विवाद हुँदै आएको थियो। के मोड चलेछ, आज विहान आफ्नै घरको पाँचौ तलाबाट हाम फालेछन,’ प्रहरी स्रोतले भन्यो। उनले आज (बुधबार) बिहान साढे ११ बजेको समयमा उनले आफ्नै घरको पाँचौ तलाबाट हाम फालेका थिए। अग्रवाल धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक हुन्। छतबाट हाम फालेका उनलाई वेहोस अवस्थामै नवजीवन अस्पताल पुर्‍याइएको…

Read More

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ सम्म एसईई सञ्चालन गर्दैछ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले चैत १५ देखि २७ गतेसम्म नियमित तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको जानकारी दिँदै कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सार्वजनिक हुने बताए। यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् १०० पूर्णाङ्क रहेका विषयमा ३५ अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको उनले जानकारी दिए। अब उच्च…

Read More

धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन्। धनगढीमा आज (बुधबार) बिहान पत्रकारहरूसँगको भेटघाटमा नेता महरले १५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको १२ अर्ब ९९ करोड ६४ लाख अपचलन भएको पाइएकाले समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्। ‘सरकारद्वारा गठित काशीराज दाहाल नेतृत्वको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’को कार्यालयले कृषि, सहकारी तथा प्रकृति स्रोत समितिमा आइतबार गरेको बिफ्रिङमा १५ वटा समस्याग्रस्त सहकारीबाट २८ हजार १०८ जना बचतकर्ताहरूको १२ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ बराबरको बचत अपचलन भएको देखाएको छ। १५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिए पनि ३१ हजार बढी सहकारी संघ…

Read More

अछाम: जिल्लाकै चर्चित विद्यामन्दिर नमुना मावि विनायकमा तालाबन्दी भएको छ। जिल्लामा नमुना विद्यालयका रूपमा रहेको मावि अन्तर्गत कृषि सङ्काय तर्फका शिक्षक तथा कर्मचारीलाई विद्यालय व्यवस्थापन समितिले हटाउने निर्णय गरे सँगै कर्मचारीहरू आन्दोलित भएर तालाबन्दी गरेको प्रधानाध्यापक पहल सिंह नेपालीले जानकारी दिए। बुधवार बिहानै अतिरिक्त कक्षा अध्ययन गर्न गएका विद्यार्थीहरू तालाबन्दी भएपछि गेटबाटै घर फर्किएका छन्। तालाबन्दीका कारण विद्यार्थीहरुकाे पठनपाठन प्रभावित भएको छ। प्राविधिक सङ्कायतर्फ कृषि जेटिए र आइएसीएजी तर्फका कक्षाहरूमा विद्यार्थी भर्ना दर न्यून रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिले शिक्षक तथा कर्मचारी हटाउने निर्णय गरेको हो । विद्यालयका प्रधानाध्यापक पहल सिंह नेपालीका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय विरुद्ध विद्यालयमा कार्यरत…

Read More

धनगढी : मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ। आज (बुधबार) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धनगढी उपमहानगर समीतीले मेयर हमालको घरमा घरमा कालो ब्यानर टाँसेको हो। सामेबार मात्रै धनगढीमा पार्टीले पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। क्रान्तिकारी कम्युनिस्ट पार्टीले धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको थियो। यस्तो छ संघर्षका कार्यक्रम :

Read More

धनगढी : कैलालीमा घरको छतबाट हाम फालेका एक व्यवसायीको मृत्युु भएको छ। धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममम नवजीवन अस्पतालमा मृत्युु भएको कैलाली प्रहरीले जनाएको छ। घरायसी विवाद हुँदा आज (बुधबार) बिहान ११:२० बजे उनले आफ्नै घरको ५ तलाबाट हाम फालेका थिए। छतबाट हाम फालेका उनी वेहोस थिए भने अवस्था गम्भीर थियो। तत्काल उनलाई नवजीवन अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालमा उनको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी :कैलालीको धनगढीमा एक व्यवसायीले आफ्नै घरको छतबाट हाम फालेका छन्। धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन्। घटना आज (बुधवार) विहान करिब ११ः२० को हो।घरायसी विवादका कारण घरको छतबाट हाम फालेका उनको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। बेहास अवस्थामा रहेका अग्रवाललाई उपचारका लागी नवजीवन अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढी: कैलालीमा वन्यजन्तुलाई पासो थाप्न गएका पूर्व सशस्त्र प्रहरी हवल्दारको आफैं पासोमा परेर ज्यान गएको छ। घोडाघोडी नगरपालिका-१० का ४० वर्षीय धनबहादुर शाहको मंगलबार ज्यान गएको हो। उनीसँगै गएका मोहन्याल गाउँपालिका-३ का ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन्। मंगलबार राति २ बजे स्थानीय तुल्सिपुर सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न विद्युतीय धराप थाप्ने क्रममा विद्दुत तार सर्ट भई शाहको ज्यान गएको इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए। उपरीक्षक विश्वकर्माका अनुसार करेन्ट लागेर घाइते भएका खत्रीलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ।

Read More