धनगढी : मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ।
आज (बुधबार) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धनगढी उपमहानगर समीतीले मेयर हमालको घरमा घरमा कालो ब्यानर टाँसेको हो।
सामेबार मात्रै धनगढीमा पार्टीले पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको थियो।
यस्तो छ संघर्षका कार्यक्रम :
Facebook Comments Box