धनगढीः सुदूरपश्चिममा सशस्त्र प्रहरीले एक वर्षमा ८ करोड ३६ लाख ३३ हजार मूल्यका अबैध सामान बरामद गरेको छ।
एक वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गर्दै सशस्त्र प्रहरील उक्त जानकारी दिएको हो।
सोही क्रममा तीनवटा हतियार र तीन दशमलव ५ किलोग्राम ब्राउन सुगर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका बाहिनीपति कुमार न्यौपानेले बताए।
उनका अनुसार सशस्त्र प्रहरीले मानव बेचिविखन सम्बन्धी ३१ वटा घटनाहरु निराकरण गरेको छ।
गत वर्षको माघदेखि सशस्त्र प्रहरी बल नेपाल बैद्यनाथ बाहिनी र मातहतका कार्यालयहरुबाट २० हजार २०१ वटा एकल र ६२५ वटा संयुक्त गस्तीहरु गरिएको प्रगति विवरणमा उल्लेख छ।
१६९ वटा सीमा स्तम्भ मर्मत, २४९ वटा जनचेतनामुलक कार्यक्रम र २७७ वटा सरसफाई सम्बन्धी कार्यक्रम सशस्त्र प्रहरीले गरेको छ।
सशस्त्र प्रहरीले सो अवधिसम्म ३७३ जीवित व्यक्तिहरुको उद्धार गरेको छ।