Author: महेन्द्रनगर पोष्ट

कैलाली : टीकापुर नगरपालिकाले नियम मिचेर १८ जना कर्मचारी नियुक्त गरेको खुलासा भएको छ । नगर कार्यपालिकाको निर्णय अनुसार कार्यविधि उलङ्घन गरेर यसरी सिधै कर्मचारी भर्ना गरिएको हो । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका मेयर रामलाल डगौरा थारुले १५ थारु सहित १८ जनालाई ठाडो नियुक्ति दिएका हुन । कार्यपालिकाको पौष २५ गतेको बैठकले ११ जना श्रेणिविहीन कर्मचारी नियुक्त गरिएको हो ।यसरी नियुक्त हुनेमा कालुराम ड थारु, विवश चौधरी, श्रीराम चौधरी, सञ्चराम चौधरी, राम प्रसाद चौधरी, रञ्जित चौधरी, सञ्चु चौधरी, जय प्रकाश थारु, रमेश चौधरी, खेम विष्ट र बेचलाल चौधरी रहेका छन् । यस्तै २१ गते भर्ना गरिएका कर्मचारीहरूमा पाँचौं तहमा…

Read More

विराटनर : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । मोटरसाइकलमा चढेर एक्लै गएका साम्पाङले कार्कीको कार्यकक्षमा आफैंले ताला लगाएका हुन । बीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै उनले प्रतिष्ठानमा गएर ताला लगाएका हुन् । प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन् । उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ । बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगर्न साम्पाङले चेतावनी दिएका छन् । उनले आवश्यक परेका बेला म आफैं आएर खोल्ने बताए…

Read More

धनगढी : दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दोलखाको बिगु गाउँपालिका वडा नम्बर–१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खम पहिरो खसेको थियो । लामाबगरबाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर बिगु गाउँपालिका वडा नम्बर–१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरोमा पुरिएर सोही स्थान बस्ने ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएका छन् । लामावगर– लप्चि सडक खन्ने क्रममा देउराली भन्ने स्थानमा दिउँसो करिब ३ बजे नासा हाइड्रो पावरमा कार्यरत उनीहरु माथि…

Read More

काठमाडौं : असल चालचलन भएका र दुई तिहाइ सजाय काटेका कैदीलाई जेलबाहिरै राख्ने प्रोवेशन तथा प्यारोल कार्यान्वयन सुरू भएको छ। पुस २५ गते बसेको प्यारोलको बोर्डको बैठकले पहिलो चरणमा एक सय ४३ कैदीलाई यो सुविधा प्रदान गर्न सिफारिस गरेको हो। महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले मापदण्ड पूरा भएका कैदीलाई यो सुविधा प्रदान गर्न सिफारिस गरेको हो। दुई तिहाइ कैद सजाय भुक्तानी गरिसकेका, असल आचरण देखाएका व्यक्तिलाई समाजमै बसेर सजाय पूरा गर्ने पद्धति प्यारोल हो। यसमा कैदीले पूर्ण स्वतन्त्रता भने पाउँदैनन्। उनीहरू प्यारोल अधिकृतको नियन्त्रण र निगरानीमा बस्नुपर्छ। कैदीले सजाय काट्ने सुधारात्मक वा समाजमा नै राखेर दण्ड भोगाउने यो आधुनिक पद्धति हो।…

Read More

डडेलधुरा । डडेलधुरा सदरमुकाम अमरगढी नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी बढेका छन् । चालु आर्थिक वर्षमा मात्रै यस नगरपालिकाबाट सञ्चालित योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरमा ३० वटा उजुरी परेका छन् । अख्तियारमा उजुरी बढ्दै जाँदा कर्मचारीको मनोबल घट्दै जाने अवस्था आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले बताए । उनले यो प्रवृत्ति ठिक नभएको गुनासो गरे । चालु आवका तीन महिना अख्तियारमा परेका उजुरीका कागजात मिलानमै बित्यो, उनले भने, ‘अमरगढीका अधिकांश योजनाविरुद्ध अख्तियारमा उजुरी परेका छन् । उजुरीको छानबिन गर्न अख्तियारले ताकिता गरिरहन्छ । काम गर्ने वातावरण नै बन्दैन । अख्तियारलाई कागजात मिलाउनमै समय जान्छ ।’ कसविरुद्ध कति उजुरी परे भन्नेबारे ठ्याक्कै भन्न सकिने अवस्था नरहेको अख्तियार कञ्चनपुर…

Read More

धनगढी : कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई कारबाही गरेकोप्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएका बेला सर्लाहीको बरहथवामा एक जनाको ज्यान जाने गरी भएको घट्नामा जुनियर प्रहरीलाई कारबाहीको सिफारिस गरेर सिनियर प्रहरी अधिकृतलाई जोगाइएको छ। पुस २० मा सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको घट्नामा गोली चलाउने प्रहरी कर्मचारीलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरेर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई भने कुनै पनि कारबाहीको सिफारिस गरिएको छैन। प्रहरी कर्मचारीले आन्दोलनको बेला प्रतिरक्षाका लागि गोली चलाएकोमा एक जनालाई मात्र दोषी देखाएर कारबाहीको सिफारिस गरिएको हो। प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो।बरहथवा घट्नाको छानबिन गर्न…

Read More

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) कुसुम नायक पुरस्कृत भएका छन्। कर्तव्यनिष्ठ तवरले आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै नायकलाई पुरस्कृत गरिएको हो। प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरूप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अडर आदेशको पालना गरिको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक नायकसहित प्रहरी अधिकृत र जवान गरि ११ जनालाई नगदसहित पुरस्कृत गरेको हो। उनीहरुको अभिलेख किताबमा जनाइने गरी पुरस्कृत गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ।  सोमबार भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले घरेलु टिम लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो। लुम्बिनीले दिएको १५९ रन लक्ष्य सुदूरले २९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमका लागि शेर मल्लले नटआउट ४२ रन र नारायण जोशीले नटआउट २८ रन जोडे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १५८ रनमा अलआउट भयो। लुम्बनीका लागि प्रज्वल थापाले सबैभन्दा बढी ४२ रन जोडे। बलिङमा सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए भने भोजराज भट्ट र नरेश साउदले २-२ विकेट लिए।

Read More

काठमाडौँ : एपीएफ क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । कोशीले दिएको १३६ रनको लक्ष्य पछाएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको शानदार पारी खेलेका थिए । रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाएर आउट भएका थिए । एपीएफका लागि प्रज्वल शाहीले २२ तथा सुमित महर्जनले अविजित २० रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४४.३ ओभरमा अल आउट हुँदै १३५ रन बनाएको थियो ।…

Read More

काठमाडौँ :आजदेखि पुन : मेलम्चीको पानी वितरण गरिएको छ । सिंहदरबार भित्रैको कार्यालयको धारा खोलेर  प्रधानमन्त्री पुष्पकमल दाहालले पानी पुनर्वितरणको उद्घाटन गरे । एउटै परियोजनाको उद्घाटन धेरै पटक भएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री दाहाललाई छेड हानेका छन् । एउटै परियोजना धेरै पटक उद्घाटन गरेर विश्व रेकर्ड राखेको बताउँदै बालेन्द्र सामाजिक सञ्जालमा लेख्छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार ।’ साथै शाहले प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौंमा ल्याएको टिप्पणी समेत गरेका छन् । उनी अगाडि लेखेका छन्, ‘प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान…

Read More