काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। असोज १० देखि १२ गतेसम्म परेको वर्षाले काठमाडौँ उपत्यकासहितका जिल्लामा जनधनको ठुलो क्षति भएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत राहत प्याकेज घोषणा गर्न लागेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरणसमेत सार्वजनिक गर्ने र राहत प्याकेज घोषणा गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो। प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र सूचना वा उजुरी दर्ता गराइसक्नुपर्नेछ। उजुरी समितिको सचिवालयमा वा सिधै इमेलमा र जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गराउन सकिनेछ।
काठमाडौँः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। १८ मध्ये सुदूरपश्चिमका भने तीन वटा निर्माण कम्पनी छन्। कालोसूचीमा परेका कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी कारबाही गरिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी विभिन्न २१ निर्माण व्यवसायी तथा आपूर्ति कर्तासँग कुनै कारोबार नगर्न सूचनामार्फत आग्रह गरिएको हो।
काठमाडौंः नेपाल प्रहरीमा एक एआईजी र पाँच डिआईजीको पद रिक्त भएको छ। हालै नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली अवकाशमा गएका थिए। उनी अवकाशप्राप्त भएपछि बढुवा हुन सकेको छैन। सोही कारण अहिले एक एआईजीको पद रिक्त छ। यस्तै, डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन्। निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सोमबार उनको बिदाई गरेका छन्। पोखरेल खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेका थिए। सोही कारण दुई साताअघि उनलाई मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो। उनको अवकाशसँगै नेपाल प्रहरीका एआइजीको एक र डिआइजीको पाँच पद रिक्त भएका छन्। असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि…
धनगढीः कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। तीनै जनालाई सोमबार नियन्त्रणमा लिइएको हो। कञ्चनपुर प्रहरीका अनुसार एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लखिमपुर जिल्ला पलिया बस्ने २८ वर्षीय बलराम सिंह रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीलेभीभमदत्त नगरपालिका वडा नम्बर ३ भासीबाट पक्राउ गरिएको हो। उनको साथबाट १.८२ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ भने ८ हजार एक सय नगद पनि बरामद गरिएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेदकोट…
धनगढी: भारतसँग जोडिएका कैलाली र कञ्चनपुरका नाकाबाट हुने आवागमनलाई सहज बनाउने सहमति भएको छ। दुई जिल्लामा रहेका त्रिनगर, खक्रौला र गड्डाचौकी नाकामा आवागमनलाई सहज पार्ने सहमति दुई देशका सुरक्षा अधिकारीबीच भएको हो। भारतको गौरीफन्टामा बसको दुवै देशका सुरक्षा अधिकारीको समन्वयात्मक बैठकले यस्ताे सहमति गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले आवागमनमा सहजीकरण गर्ने सहमति भएको जानकारी दिए । ‘विगतमा चाडपर्वको समयमा नेपालीहरू सीमा नाकामा लुटिने समस्या थियो,’ एसपी पाण्डेले भने, ‘यसपटक सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा सुरक्षा बलले सहजीकरण गर्ने सहमति भएको…
धनगढी: कैलालीमा दुई वटा माेटरसाइकल एकआपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत गाैरीगंगा नगरपालिका -१ काे गप्कामा दुई मोटरसाइकल ठोक्किदा कैलालीको जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चाैधरी र कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लकाे मृत्युु भएकाे हो। कैलाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहाेराले पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल चौधरी र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको माेटरसाइकल मल्लले चलाएका थिए। `दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई राति नै धनगढीकाे नवजीवन अस्पताल पुगाइएकाे थियाे,´ डिएसपी बोहराले भने, `तर चिकित्सकले मृत घाेषणा गरे। शव परीक्षणका लागि सेती प्रादेशिक…
काठमाडौं: नेपाल प्रहरीका डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन्। निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सोमबार उनको बिदाई गरेका छन्। बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे। यद्यपी पोखरेल खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेका थिए। त्यसपछि उनलाई जिम्मेवारीमुक्त गरेर हेडक्वाटर तानिएको थियो। त्यसक्रममा उनीमाथि छानबिन पनि थालिएकोमा अहिलेसम्म छानबिन सकिएको छैन। छानबिनकै क्रममा उनलाई दुई साताअघि मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो। २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल उमेरहदका कारण अवकाश…
धनगढीः नेकपा माओवादी बझाङमा समस्या देखिएको छ। पार्टीका नेताहरू २ कित्तामा विभाजन भएपछि समस्या भएको हो। जसमा मुल नेतृत्वबाटै गैरजिम्मेवारी काम हुन थालेको भन्दै समानान्तर कमिटी नै गठन गरिएको छ। नन्दलाल धामी संयोजक र अम्मरराज भण्डारी सचिव रहने गरी समान्तन्तर कमिटी गठन गरिएको हो। एक पदमा एक जना मात्र रहने पार्टी निर्णय हो। तर बझाङमा यस विपरीत काम हुन थालेपछि विरोधमा उत्रिएको सोमबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समान्तर कमिटीका संयोजक नन्दलाल धामीले बताए। पार्टीमा जिम्मेवारी दिने विषयले विवाद सुरु भएको पाइएको छ।
काठमाडौं: बझाङको जयपृथ्वी नगरपालिका–१ चिउरीका नवीन सिंह। जो काठमाडौं बस्दै आएका थिए। उनै नवीनको कलिलै उमेरमा मृत्यु भएको छ। रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो। अन्तिम वर्षको पढाइ सकेपछि डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए। नवीनका एक आफन्तका अनुसार आइतबार साँझ उ चढेको गाडी पहिरोमा पुरिएको हो। पढाइमा जेहेन्दार नवीन पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका थिए। मिलनसार र मिजासिलो व्यवहारले गाउँमा पनि सबैको प्यारो नवीनको मृत्युको खबरले वडा नै शोकमग्न भएको छ। बीएस्सीको अध्ययन सकिएकोले दुई वर्ष विदेश गएर पढ्ने र भविष्यमा कृषि विज्ञ बन्ने सपना बुनेका नवीनको मृत्युले…